पूजाहारीहरू र लेवीहरूको नामावली
12
अनि शाल्तिएलका छोरा जरूबाबेल र येशूअसँग माथि गएका पूजाहारीहरू र लेवीहरू यिनीहरू हुन्: सरायाह, यिर्मयाह, एज्रा, 2 अमर्याह, मल्लूक, हत्तूश, 3 शकन्याह, रहूम, मरेमोत, 4 इद्दो, गिन्नोत, अबियाह, 5 मियामिन, माद्याह, बिल्गा, 6 शमायाह, र योयारिब, यदायाह, 7 सल्लू, आमोक, हिल्कियाह, यदायाह। यिनीहरू येशूअका दिनहरूमा पूजाहारीहरू र उनीहरूका दाजुभाइहरूका प्रधान थिए।8 अनि लेवीहरू: येशूअ, बिन्नूइ, कद्मिएल, शेरेब्याह, यहूदा र मत्तन्याह थिए; यिनीहरूचाहिँ धन्यवाद चढ़ाउने कामका अधिकारी थिए – तिनी र तिनका दाजुभाइहरू। 9 अनि बक्बुक्याह र उन्नी, तिनीहरूका दाजुभाइहरूचाहिँ आ-आफ्ना कार्यभारहरू सम्हाल्दै तिनीहरूको सामु बसेका थिए।
10 अनि येशूअले योयाकीमलाई जन्माए; अनि योयाकीमले एल्याशिबलाई जन्माए; अनि एल्याशिबले योयादालाई जन्माए; 11 अनि योयादाले योनातानलाई जन्माए; अनि योनातानले यद्दूअलाई जन्माए। 12 अनि योयाकीमका दिनहरूमा यी पूजाहारीहरू पितापुर्खाहरूका प्रधानहरू थिए: सरायाहका मरायाह थिए; यिर्मयाहका हनन्याह थिए;
13 एज्राका मशुल्लाम, अमर्याहका यहोहानान; 14 मलूकीकाक योनातान, शबन्याहका यूसुफ, 15 हारिमका अद्ना, मरायोतका हल्कै; 16 इद्दोका जकर्याह, गिन्नोतका मशुल्लाम; 17 अबियाहका जिक्री, मिन्यामिनका, मोअद्याहका पिल्तै; 18 बिल्गाका शम्मूअ, शमायाहका यहोनातान; 19 अनि योयारिबका मत्तनै, यदायाहका उज्जी, 20 सल्लैकाख कल्लै; आमोकका एबेर; 21 हिल्कियाहका हशब्याह, यदायाहका नतनेल थिए। 22 एल्याशिब, योयादा, योहानान र यद्दूअका दिनहरूमा ती लेवीहरूका नाम लेखिएका थिए, जो पितापुर्खाहरूका प्रधानहरू थिए, अनि पूजाहारीहरूका नाम पनि लेखिएका थिए – फारसका राजा दाराको शासनकालसम्म। 23 लेवीका छोराहरू, जो पितापुर्खाहरूका प्रधानहरू थिए, एल्याशिबका छोरा योहानानका दिनहरूसम्मै इतिहासको पुस्तकमा लेखिएका थिए। 24 अनि लेवीहरूका प्रधानहरू हशब्याह, शेरेब्याह र कद्मिएलका छोरा येशूअ थिए, जो आफ्ना दाजुभाइहरूको साथमा पालो-पालो गरेर परमेश्वरका जन दाऊदको आज्ञाअनुसार स्तुति-प्रशंसा गर्न र धन्यवाद चढ़ाउनलाई आमुन्ने-सामुन्ने रहन्थे। 25 मत्तन्याह, अनि बक्बुक्याह, ओबद्याह, मशुल्लाम, तल्मोन र अक्कूबचाहिँ मूलढोकाहरूका भण्डारहरूमा पहरा दिने द्वारपालहरू थिए। 26 यिनीहरू येशूअका छोरा, योसादाकका नाति योयाकीमका दिनहरूमा, अनि राज्यपाल नहेम्याह र शास्त्री-पूजाहारी एज्राका दिनहरूमा थिए।
यरूशलेमको पर्खालको समर्पण
27 अनि यरूशलेमको पर्खालको समर्पणको बेलामा धन्यवाद चढ़ाउँदै, र गीत गाउँदै, झ्यालीहरू, सितारहरू र वीणाहरू बजाउँदै हर्षसाथ समर्पणको सेवा गर्नलाई तिनीहरूले लेवीहरूलाई उनीहरूका सबै ठाउँहरूबाट खोजे र उनीहरूलाई यरूशलेममा ल्याए। 28 अनि गायकहरूका सन्तानहरू यरूशलेमको चारैतिरको मैदानबाटग र नतोपातीका गाउँहरूबाट भेला भए; 29 साथै बेत-गिल्गालबाट, गेबा र अज्मावेतका इलाकाहरूबाट पनि उनीहरू भेला भए; किनकि गायकहरूले यरूशलेमको चारैतिर आफ्ना निम्ति गाउँहरू बनाएका थिए। 30 अनि पूजाहारीहरू र लेवीहरूले आफूलाई पवित्र पारे, साथै मानिसहरूलाई, मूलढोकाहरू र पर्खाललाई पवित्र पारे।
31 त्यसपछि मैले यहूदाका शासकहरूलाई पर्खालमाथि ल्याएँ, र धन्यवाद चढ़ाउनेहरूका दुईवटा ठूला दलहरू नियुक्त गरें; तीमध्ये एउटा दलचाहिँ पर्खालमाथि-माथि दाहिनेपट्टिबाट भएर घुरानको मूलढोकातिर गयो। 32 अनि होशायाह र यहूदाका आधा शासकहरू तिनीहरूको पछि-पछि हिँड़े, 33 साथै अजर्याह, एज्रा र मशुल्लाम, 34 यहूदा, बिन्यामिन, शमायाह र यिर्मयाह; 35 अनि तुरहीहरूको साथमा कति पूजाहारीहरूका छोराहरू, अर्थात् जकर्याह, जो योनातानका छोरा, जो शमायाहका छोरा, जो मत्तन्याहका छोरा, जो मिकायाहका छोरा, जो जक्कूरका छोरा, जो आसाफका छोरा थिए; 36 र तिनका दाजुभाइहरू: शमायाह, अजरेल, मिललै, गिललै, माअइ, नतनेल, यहूदा र हनानी, जसको साथमा परमेश्वरका जन दाऊदका बाजाहरू थिए; अनि शास्त्री एज्राचाहिँ तिनीहरूको अघि-अघि हिँड़े। 37 अनि तिनीहरूको सामु भएको मुहानको मूलढोकामा तिनीहरू दाऊदको शहरको सिँढ़ीबाटघ पर्खालको उकालो चढ़ेर दाऊदको घरको मास्तिर भएर पूर्वतिर पानीको मूलढोकासम्म गए।
38 अनि धन्यवाद चढ़ाउनेहरूको अर्को दलचाहिँ तिनीहरूको विपरीत दिशामा गयो; अनि उनीहरूको पछि-पछि म, र आधा मानिसहरू पर्खालमाथि-माथि भट्टीहरूको धरहराको मास्तिर भएर चौड़ा पर्खालसम्म गयौं; 39 अनि एप्रैमको मूलढोका, पुरानो मूलढोका, माछाको मूलढोका, हननेलको धरहरा र मेआको धरहराबाट भएर हामी भेड़ाको मूलढोकासम्म गयौं; अनि उनीहरू झ्यालखानाको मूलढोकामा अड़िए।
40 अनि धन्यवाद चढ़ाउनेहरूका दुवै दलहरू म र मेरो साथमा भएका आधा शासकहरूसित परमेश्वरको भवनमा उभिए; 41 अनि पूजाहारीहरू एल्याकिम, मासेयाह, मिन्यामिन, मिकायाह, एलियोएनै, जकर्याह र हनन्याह तुरहीहरू लिएर उभिए। 42 अनि मासेयाह, शमायाह, एलाजार, उज्जी, यहोहानान, मल्कियाह, एलाम र एजेर पनि थिए। अनि गायकहरूले आफ्नो अधिकारी यिज्रह्याहको साथमा ठूलो सोरले गाए। 43 अनि त्यस दिन तिनीहरूले ठूला-ठूला बलिदानहरू चढ़ाए, र आनन्द मनाए; किनकि परमेश्वरले तिनीहरूलाई ठूलो हर्षसाथ रमाउने तुल्याउनुभएको थियो; पत्नीहरू र केटाकेटीहरूले पनि आनन्द मनाए; अनि यरूशलेमको आनन्दको ध्वनि टाढ़ासम्म सुनियो।
44 अनि त्यसै बेलामा भेटीहरूका निम्ति, पहिलोफलहरूका निम्ति र दसौं अंशहरूका निम्ति भण्डारहरूका कोठाहरूको देखरेखका निम्तिङ कति मानिसहरू नियुक्त गरिए, जसले शहरहरूका खेतबारीहरूबाट पूजाहारीहरू र लेवीहरूका निम्ति व्यवस्थाअनुसार भागहरू जम्मा गर्नुपर्थ्यो; किनकि सेवा गर्ने पूजाहारीहरू र लेवीहरूको कारणले यहूदा आनन्दित थियो। 45 अनि गायकहरू र द्वारपालहरूले पनि दाऊद र उनका छोरा सुलेमानको आज्ञाअनुसार आफ्ना परमेश्वरको जिम्मेवारी र शुद्धिकरणको जिम्मेवारी कायम राखे। 46 किनकि उहिले दाऊद र आसाफको समयमा गायकहरूका प्रधानहरू थिए, अनि परमेश्वरलाई प्रशंसाका गीतहरू र धन्यवाद चढ़ाइन्थे। 47 अनि जरूबाबेलको समयमा र नहेम्याहको समयमा सारा इस्राएलले हरेक दिनको आवश्यकताअनुसार गायकहरू र द्वारपालहरूका भागहरू दिन्थे; अनि तिनीहरूले लेवीहरूका निम्ति हुने भाग अलग गर्थे; अनि लेवीहरूले हारूनका सन्तानहरूका निम्ति हुने भाग अलग गर्थे।