यरूशलेममा बस्‍नेहरूको नामहरू र बही
11
अनि मानिसहरूका शासकहरूचाहिँ यरूशलेममा बस्थे; अनि दसजनामा एकजनालाई पवित्र शहर यरूशलेममा ल्याउने, र रहेका नौ भागहरूचाहिँ अन्य शहरहरूमा बस्‍ने सम्बन्धमा बाँकी मानिसहरूले चिट्ठाहरू हाले। 2 अनि मानिसहरूले यरूशलेममा बस्‍नलाई इच्छापूर्वक आफैलाई अर्पण गर्ने सबै पुरुषहरूलाई आशीर्वाद दिए।
3 अनि यरूशलेममा बस्‍ने प्रान्तका प्रधानहरू यिनीहरू हुन्; (तर यहूदाका शहरहरूमा हरेक आ-आफ्नो अधिकारको भागमा तिनीहरूका शहरहरूमा बसे, अँ, इस्राएल, ती पूजाहारीहरू, ती लेवीहरू, ती नतिनिमहरू र सुलेमानका सेवकहरूका सन्तानहरू)। 4 अनि यरूशलेममा चाहिँ कुनै-कुनै यहूदाका सन्तानहरू र कुनै-कुनै बिन्यामिनका सन्तानहरू बसे। यहूदाका सन्तानहरूबाट अर्थात् पेरेसका सन्तानहरूबाट – अतायाह, जो उज्जियाहका छोरा, जो जकर्याहका छोरा, जो अमर्याहका छोरा, जो शपत्याहका छोरा, जो महललेलका छोरा थिए; 5 अनि मासेयाह, जो बारूकका छोरा, जो कोल-होजेका छोरा, जो हजायाहका छोरा, जो अदायाहका छोरा, जो योयारिबका छोरा, जो जकर्याहका छोरा, जो शीलोनीका छोरा थिए। 6 यरूशलेममा बस्‍ने पेरेसका सबै सन्तानहरू जम्मा चार सय अठसट्ठी शूरवीर मानिसहरू थिए। 7 अनि बिन्यामिनका सन्तानहरू यिनीहरू हुन्: सल्‍लू, जो मशुल्‍लामका छोरा, जो योएदका छोरा, जो पदायाहका छोरा, जो कोलायाहका छोरा, जो मासेयाहका छोरा, जो इतिएलका छोरा, जो यशायाहका छोरा थिए। 8 अनि तिनको पछि गब्बै, र सल्‍लै – जम्मा नौ सय अट्ठाइसजना। 9 अनि जिक्रीका छोरा योएलचाहिँ तिनीहरूका अधिकारी थिए; अनि सनुअहका छोरा यहूदा शहरका दोस्रा अधिकारी थिए।
10 पूजाहारीहरूबाट – योयारिबका छोरा यदायाह, याकीन, 11 र सरायाह, जो हिल्कियाहका छोरा, जो मशुल्‍लामका छोरा, जो सादोकका छोरा, जो मरायोतका छोरा, जो अहितूबका छोरा थिए, जो परमेश्‍वरको भवनका शासक थिए। 12 अनि उनीहरूका दाजुभाइहरू आठ सय बाइसजना थिए, जसले भवनको काम गरे; अनि अदायाह, जो यरोहामका छोरा, जो पलल्याहका छोरा, जो अम्सीका छोरा, जो जकर्याहका छोरा, जो पश्हूरका छोरा, जो मल्कियाहका छोरा थिए; 13 अनि तिनका दाजुभाइहरू, जो पितापुर्खाहरूका प्रधानहरू थिए – दुई सय बयालीसजना; अनि अमासै, जो अजरेलका छोरा, जो मशिल्‍लेमोतका छोरा, जो इम्मेरका छोरा थिए; 14 र उनीहरूका दाजुभाइहरू, जो एक सय अट्ठाइस शूरवीरहरू थिए; अनि जब्दिएल उनीहरूका अधिकारी थिए, जो महान् व्यक्तिहरूमध्ये एकजनाका छोरा थिए।
15 अनि लेवीहरूबाट – शमायाह, जो हश्शूबका छोरा, जो अज्रिकामका छोरा, जो हशब्याहका छोरा, जो बुन्‍नीका छोरा थिए; 16 अनि लेवीहरूका प्रधानहरूबाट शब्बत्तै र योजाबाद थिए, जो परमेश्‍वरको भवनको बाहिरी कामका अधिकारी थिए। 17 अनि मत्तन्याह, जो मीकाका छोरा , जो जब्दीका छोरा, जो आसाफका छोरा थिए; तिनी प्रार्थनामा धन्यवाद चढ़ाउन शुरु गर्ने प्रधान थिए; अनि आफ्ना दाजुभाइहरूमध्ये बक्बुक्याहचाहिँ दोस्रा प्रधान थिए; साथै अब्दा, जो शम्मूअका छोरा, जो गालालका छोरा, जो यदूतूनका छोरा थिए। 18 पवित्र शहरमा बस्‍ने सबै लेवीहरू जम्मा दुई सय चौरासीजना थिए। 19 अनि द्वारपालहरू: अक्‍कूब, तल्मोन र तिनीहरूका दाजुभाइहरू, जो मूलढोकाहरूमा पहरा दिन्थे, एक सय बहत्तरजना थिए। 20 अनि इस्राएलको बाँकी भाग – ती पूजाहारीहरू र ती लेवीहरू यहूदाका सबै शहरहरूमा, हरेक आ-आफ्नो पैतृक सम्पत्तिमा बसेका थिए। 21 तर नतिनिमहरू ओपेलामा बसे; अनि जिहा र गिश्पा नतिनिमहरूमाथि अधिकारी थिए। 22 यरूशलेममा रहेका लेवीहरूका अधिकारी उज्जी थिए, जो बानीका छोरा, जो हशब्याहका छोरा, जो मत्तन्याहका छोरा, जो मीकाका छोरा थिए; आसाफका छोराहरूबाट यी गायकहरू परमेश्‍वरको भवनको काममाथि अधिकारी थिए। 23 किनकि उनीहरूको विषयमा राजाको आज्ञा थियो कि हरेक दिनको आवश्यकताअनुसार गायकहरूका निम्ति कुनै निश्‍चित भाग हुनुपर्थ्यो। 24 अनि मानिसहरूका सबै कामकुराहरूको सम्बन्धमा राजाको पक्षमा यहूदाका छोरा जेरहका सन्तानहरूबाट मशेजबेलका छोरा पतह्‍याह थिए।
अरू शहरहरूमा बस्‍नेहरूको नामवली
25 अनि गाउँहरू र तिनका खेतबारीहरूको विषयमा, यहूदाका सन्तानहरूबाट कोही किर्यत-अर्बा र त्यसका गाउँहरूमा, दीबोन र त्यसका गाउँहरूमा, अनि यकब्सेल र त्यसका गाउँहरूमा बसे। 26 अनि येशूअ, मोलादा र बेत-पेलेतमा; 27 र हसर-शूआल, अनि बेरशेबा र त्यसका गाउँहरूमा; 28 र सिक्लग अनि मकोना र त्यसका गाउँहरूमा; 29 र एन-रिम्मोन, सोरा, यर्मूत, 30 जानोह, अदुल्‍लाम र तिनका गाउँहरूमा; साथै लाकीश र त्यसका खेतबारीहरूमा, अजेका र त्यसका गाउँहरूमा; अनि तिनीहरू बेरशेबादेखि लिएर हिन्‍नोमको बेंसीसम्म बसे। 31 अनि गेबाबाटका बिन्यामिनका सन्तानहरू मिक्मास, अय्या, अनि बेतएल र त्यसका गाउँहरूमा बसे; 32 साथै अनातोत, नोब, हनन्याह, 33 हासोर, रामा, गित्तैम, 34 हादिद, जबोइम, नबल्‍लात, 35 लोद, र ओनो, कारिगरहरूको बेंसीमा बसे। 36 अनि लेवीहरूबाट यहूदाका कति दलहरू बिनयामिनमा बसेका थिए।