परमप्रभुसित पक्‍का वाचामा सही-छाप लाउनेहरूका नामावली
10
अनि त्यसमा सही-छाप लाउनेहरू यिनीहरू हुन्: हकल्याहका छोरा नहेम्याह, जो तिर्शाता थिए, अनि सिद्कियाह, 2 सरायाह, अजर्याह, यिर्मयाह, 3 पश्हूर, अमर्याह, मल्कियाह, 4 हत्तूश, शबन्याह, मल्‍लूक, 5 हारिम, मरेमोत, ओबद्याह, 6 दानियल, गिन्‍नोत, बारूक, 7 मशुल्‍लाम, अबियाह, मियामिन, 8 माज्याह, बिल्गै र शमायाह; यिनीहरूचाहिँ पूजाहारीहरू थिए। 9 अनि लेवीहरू: अँ, अजन्याहका छोरा येशूअ, हेनादादका छोराहरूबाट बिन्‍नूइ, कद्‍मिएल, 10 र उनीहरूका दाजुभाइहरू शबन्याह, होदियाह, कलिता, पलायाह, हानान, 11 मीका, रहोब, हशब्याह, 12 जक्‍कूर, शेरेब्याह, शबन्याह, 13 होदियाह, बानी, बनिनू।
14 मानिसहरूका प्रधानहरू: परोश, पहत-मोआब, एलाम, जत्तू, बानी, 15 बुन्‍नी, अज्गाद, बेबै, 16 अदोनियाह, बिग्वै, आदिन, 17 आतेर, हिजकियाह, अज्जूर, 18 होदियाह, हाशूम, बेजै, 19 हारिप, अनातोत, नेबै, 20 मग्पिआश, मशुल्‍लाम, हेजीर, 21 मशेजबेल, सादोक, जद्दूअ, 22 पलत्याह, हानान, अनायाह, 23 होशेअ, हनन्याह, हश्शूब, 24 हल्‍लोहेश, पिल्हा, शोबेक, 25 रहूम, हशब्‍ना, मासेयाह, 26 र अहियाह, हानान, आनान, 27 मल्‍लूक, हारिम, बाना;
28 साथै बाँकी मानिसहरू, पूजाहारीहरू, लेवीहरू, द्वारपालहरू, गायकहरू, नीतिनिमहरू र तिनीहरू सबै, जसले आफूलाई यस देशका मानिसहरूबाट परमेश्‍वरको व्यवस्थाका निम्ति अलग राखेका थिए – तिनीहरूका पत्‍नीहरू, तिनीहरूका छोराहरू र तिनीहरूका छोरीहरू – ज्ञान भएका र समझ भएकाहरू सबै। 29 तिनीहरू आफ्ना दाजुभाइहरू अर्थात् आफ्ना भारदारहरूसित टाँसिए, अनि आफूलाई एउटा श्रापमा बाँधे र एउटा शपथमा बाँधे: “हामी परमेश्‍वरका दास मोशाद्वारा दिइएको परमेश्‍वरको व्यवस्थामा हिँड़्‍नेछौं, अनि परमप्रभु हाम्रा प्रभुका सबै आज्ञाहरू, उहाँका न्‍याय-वचनहरू र उहाँका नियमहरू होशियारसाथ पालन गर्नेछौं; 30 अनि हामी आफ्ना छोरीहरू यस देशका मानिसहरूलाई दिनेछैनौं, र तिनीहरूका छोरीहरू हाम्रा छोराहरूका निम्ति ल्याउनेछैनौं; 31 अनि यस देशका मानिसहरूले विश्रामदिनमा व्यापारको माल वा कुनै अन्‍न बेच्‍न ल्याए भने हामी विश्रामदिनमा वा अरू कुनै पवित्र दिनमा तिनीहरूबाट त्यो किन्‍नेछैनौं; र हामी सातौं वर्षलाई छोड़िदिनेछौं, र हरेकको ऋण माफी गरिदिनेछौं।
32 अनि हामीले हाम्रा परमेश्‍वरको भवनको सेवाका निम्ति वर्षैपिच्छे शेकेलको एक तिहाइ दिने नियमहरू पनि आफ्ना निम्ति बनायौं; 33 अर्थात् भेटीका रोटीहरूका निम्ति; विश्रामदिनहरू, औंसीहरू र तोकिएका चाड़हरूका लागि नित्य अन्‍नबलि र नित्य होमबलिका निम्ति; अनि पवित्र वस्तुहरूका निम्ति, साथै इस्राएलको प्रायश्‍चित गर्ने पापबलिहरूका निम्ति, अँ, हाम्रा परमेश्‍वरको भवनको सम्पूर्ण कामका निम्ति। 34 अनि व्यवस्थामा लेखिएअनुसार परमप्रभु हाम्रा परमेश्‍वरको वेदीमाथि जलाउनलाई वर्षैपिच्छे ठहराइएका समयहरूमा हाम्रा पितापुर्खाहरूका घरानाहरूअनुसार हाम्रा परमेश्‍वरको भवनमा ल्याउनुपर्ने काठको भेटीको विषयमा हामीले पूजाहारीहरू, लेवीहरू र मानिसहरूको बीचमा चिट्ठाहरू हाल्यौं; 35 अनि वर्षैपिच्छे हाम्रा जमिनका पहिलो फलहरू र सबै रूखहरूका जम्मै फलका पहिलोफलहरू परमप्रभुको भवनमा ल्याउनेछौं; 36 र व्यवस्थामा लेखिएअनुसार हाम्रा छोराहरू र हाम्रा पशुहरूका पहिले जन्मेकाहरूलाई, अनि हाम्रा गाईबस्तुहरू र हाम्रा भेड़ाबाख्राहरूका पहिले जन्मेकाहरूलाई परमेश्‍वरको भवनमा ती पूजाहारीहरूकहाँ ल्याउनेछौं, जसले परमेश्‍वरको भवनमा सेवा गर्दछन्। 37 र हामीले मुछेको पीठोको ढिको, हाम्रा भेटीहरू, र सबै किसिमका रूखहरूको फल, अँ, दाखमद्य र तेलका पहिलोफलहरू पनि हाम्रा परमेश्‍वरको भवनका भण्डार-कोठाहरूमा पूजाहारीहरूकहाँ ल्याउनेछौं; साथै हाम्रा जमिनको दसौं अंशहरू हामी लेवीहरूकहाँ ल्याउनेछौं; किनकि हाम्रा खनजोत गरिएका सबै शहरहरूमा ती लेवीहरूले दसौं अंशहरू पाउनैपर्छ। 38 अनि लेवीहरूले दसौं अंश उठाउँदा हारूनवंशी पूजाहारीचाहिँ लेवीहरूको साथमा हुनेछन्; अनि लेवीहरूले दसौं अंशहरूको दसौं अंश हाम्रा परमेश्‍वरको भवनमा, भण्डार-कोठाहरूमा ल्याउनेछन्। 39 किनकि इस्राएलीहरूले र लेवीहरूले अन्‍न, नयाँ दाखमद्य र तेलको भेटी यी कोठाहरूमा ल्याउनेछन्, जहाँ पवित्रस्थानका पात्रहरू छन्, साथै सेवा गर्ने पूजाहारीहरू, द्वारपालहरू र गायकहरू रहन्छन्; अनि हामी आफ्ना परमेश्‍वरको भवनलाई त्‍याग्‍नेछैनौं।”