एज्रासँग फर्केर जानेहरूको गन्ती
8
अनि उनीहरूका पितापुर्खाहरूका प्रधानहरू यिनै हुन्, अनि जो-जो राजा अर्तक्जर्जेसको शासनकालमा मसँग बाबेलबाट माथि गए, उनीहरूको वंशावली यो हो: 2 पीनहासका सन्तानहरूबाट गेर्शोम; इतामारका सन्तानहरूबाट दानियल; दाऊदका सन्तानहरूबाट हत्तूश। 3 शकन्याहका सन्तानहरूबाट, परोशका सन्तानहरूबाट जकर्याह; अनि तिनीसँग वंशावलीअनुसार एक सय पचास पुरुष गन्ती गरिएका थिए। 4 पहत-मोआबका सन्तानहरूबाट, जरह्याहका छोरा एलिहोएनै, र तिनीसँग दुई सय पुरुषहरू। 5 शकन्याहका सन्तानहरूबाट यहजिएलका छोरा, अनि तिनीसँग तीन सय पुरुषहरू। 6 अनि आदिनका सन्तानहरूबाट योनातानका छोरा एबेद, अनि तिनीसँग पचासजना पुरुषहरू। 7 अनि एलामका सन्तानहरूबाट अतल्याहका छोरा यशायाह, अनि तिनीसँग सत्तरी पुरुषहरू। 8 अनि शपत्याहका सन्तानहरूबाट मिकाएलका छोरा जबद्याह, अनि तिनीसँग अस्सी पुरुषहरू। 9 योआबका सन्तानहरूबाट यहिएलका छोरा ओबद्याह, अनि तिनीसँग दुई सय अठार पुरुषहरू। 10 अनि शलोमितका सन्तानहरूबाट योसिप्याहका छोरा, अनि तिनीसँग एक सय साठी पुरुषहरू। 11 अनि बेबैका सन्तानहरूबाट बेबैका छोरा जकर्याह, अनि तिनीसँग अठाइस पुरुषहरू। 12 अनि अज्गादका सन्तानहरूबाट हक्कातानको छोरा योहानान, अनि तिनीसँग एक सय दस पुरुषहरू। 13 अनि अदोनिकामका अन्तिम छोराहरूबाट, जसका नामहरू यी हुन्: एलिपेलेत, यइएल र शमायाह; अनि तिनीहरूसँग साठी पुरुषहरू। 14 अनि बिग्वैका सन्तानहरूबाट उतै र जब्बूद, अनि तिनीहरूसँग सत्तरी पुरुषहरू।15 “अनि मैले उनीहरूलाई त्यस नदीमा भेला गरें, जुन नदी अहवातिर बग्छ; अनि त्यहाँ हामी तीन दिन छाउनी हालेर बस्यौं। अनि मैले मानिसहरू र पूजाहारीहरूलाई निरीक्षण गरें, र त्यहाँ लेवीको कुनै सन्तान पाइनँ। 16 तब मैले मुख्य मानिसहरू एलाजार, अरिएल, शमायाह, एल-नातान, यारिब, एल-नातान, नातान, जकर्याह र मशल्लूमलाई, साथै समझदार मानिसहरू योयारिब र एल-नातानलाई पनि बोलाइपठाएँ। 17 अनि मैले तिनीहरूलाई कासिपिया नामक ठाउँमा प्रधान इद्दोकहाँ पठाएँ। अनि तिनीहरूले कासिपिया भन्ने ठाउँका इद्दो र उनका नतिनिम दाजुभाइहरूलाई के भन्नुपर्छ, सो कुरा मैले तिनीहरूको मुखमा हालिदिएको थिएँ, अर्थात् उनीहरूले हामीकहाँ हाम्रा परमेश्वरको भवनका निम्ति सेवकहरू ल्याइदिऊन् भनी भनेको थिएँ। 18 अनि हाम्रा परमेश्वरको भलो हात हामीमाथि रहेको हुनालेक उनीहरूले इस्राएलका छोरा लेवीका छोरा महलीका सन्तानहरूबाट एक समझदार मानिस, अँ, शेरेब्याहलाई तिनका छोराहरू र तिनका दाजुभाइहरूसित अठारजनालाई हामीकहाँ ल्याए; 19 साथै हशब्याहलाई र तिनीसँग मरारीका सन्तानहरूबाट यशायाह, तिनका दाजुभाइहरू र तिनीहरूका छोराहरूलाई – बीसजनालाई; 20 र नतिनिमबाट पनि, जसलाई दाऊद र शासकहरूले लेवीहरूको सेवा गर्नका निम्ति नियुक्त गरेकाख थिए, दुई सय बीस नतिनिमहरूलाई ल्याए; ती सबैजनाका नाम तोकिएका थिए।”
यरूशलेममा फर्कन एज्राले यात्रा तयार गर्छन्
21 “तब हाम्रा निम्ति, हाम्रा बालबच्चाहरूका निम्ति र हाम्रो सबै सम्पत्तिका निम्ति हाम्रा परमेश्वरबाट ठीक बाटो देखाइमाग्नलाई उहाँको सामु आफूलाई नम्र तुल्याउन सकौं भन्ने उद्देश्यले मैले त्यहाँ अहवा नदीमा उपवासको घोषणा गरें। 22 किनभने बाटोमा शत्रुको विरोधमा हामीलाई सहायता गर्नलाई राजाबाट एक दल सिपाहीहरू र घोड़चढ़ीहरू माग्न मलाई शर्म लाग्यो; किनकि हामीले राजालाई यसो भनेका थियौं: ‘हाम्रा परमेश्वरको हात भलाइ गर्नलाई उहाँको खोजी गर्ने सबैमाथि रहन्छ; तर उहाँको शक्ति र उहाँको क्रोध उहाँलाई त्याग्ने सबैको विरोधमा रहन्छन्।’ 23 यसैले हामी उपवास बस्यौं र यस विषयमा हाम्रा परमेश्वरलाई विन्ती गर्यौं; अनि उहाँले हाम्रो विन्ती सुनिदिनुभयो।
24 तब मैले पूजाहारीहरूका प्रधानहरूबाट बाह्रजनालाई अर्थात् शेरेब्याह र हशब्याहलाई, अनि तिनीहरूको साथमा तिनीहरूका दाजुभाइहरूबाट दसजनालाई अलग गरें; 25 अनि तिनीहरूका निम्ति चाँदी, सुन र पात्रहरू अर्थात् हाम्रा परमेश्वरको भवनको भेटी तौलिदिएँ, जुन भेटी राजा, तिनका सल्लाहकारहरू र तिनका शासकहरूले, साथै त्यहाँ उपस्थित भएका सारा इस्राएलले चढ़ाएका थिए। 26 अनि मैले तिनीहरूको हातमा छ सय पचास किक्करग चाँदी, एक सय किक्करग चाँदीका पात्रहरू र एक सय किक्करग सुन; 27 अनि एक-एक हजार ड्राख्माकोघ बीसवटा सुनका बटुकाहरू, र सुनजस्तै बहुमूल्य, उत्तम टलक्क टल्किने पित्तलका दुईवटा पात्रहरू तौलिदिएँ। 28 अनि मैले तिनीहरूलाई भनें: ‘तिमीहरू परमेश्वरका निम्ति पवित्र छौ; अनि यी पात्रहरू पनि पवित्र छन्; अनि यो चाँदी र यो सुन परमप्रभु तिमीहरूका पितापुर्खाहरूका परमेश्वरका निम्ति स्वेच्छा-दान हुन्। 29 जागा रहो, र जबसम्म तिमीहरूले तिनलाई यरूशलेममा पूजाहारीहरू र लेवीहरूका प्रधानहरू र इस्राएलका पितापुर्खाहरूका प्रधानहरूको सामु परमेश्वरको भवनका कोठाहरूमा तौलिँदैनौ, तबसम्म तिनलाई रक्षा गर!’ 30 तब तिनलाई यरूशलेममा हाम्रा परमेश्वरको भवनमा पुर्याउनलाई ती पूजाहारीहरू र लेवीहरूले त्यो चाँदी, त्यो सुन र ती पात्रहरूको तौल लिए। 31 तब पहिलो महिनाको बाह्रौं दिनमा यरूशलेम जानलाई हामी अहवा नदीबाट हिँड्यौं; अनि हाम्रा परमेश्वरको हात हामीमाथि थियो; अनि उहाँले हामीलाई शत्रुको हातबाट र बाटोमा ढुकेर बस्नेहरूबाट छुटाउनुभयो। 32 अनि हामी यरूशलेममा पुग्यौं, र त्यहाँ तीन दिन बस्यौं। 33 अनि चौथो दिनमा पूजाहारी ऊरियाहका छोरा मरेमोतको हातद्वारा हाम्रा परमेश्वरको भवनमा त्यो चाँदी, त्यो सुन र ती पात्रहरू तौलिइए; अनि तिनीसँग पीनहासका छोरा एलाजार थिए; अनि तिनीहरूसँग ती लेवीहरू येशूअका छोरा योजाबाद र बिन्नूइका छोरा नोअद्याह थिए; 34 ती सबैको हिसाब संख्याअनुसार र वजनअनुसार भयो; अनि त्यस समयमा सबै वजन लेखियो। 35 ती कैदमा लगिएकाहरूका सन्तानहरूले, जो कैदबाट फर्केर आएका थिए, इस्राएलका परमेश्वरका निम्ति होमबलिहरू, अर्थात् सारा इस्राएलका निम्ति बाह्रवटा बहर, छयान्नब्बे भेड़ाहरू र सतहत्तर भेड़ाका पाठाहरू र पापबलिको रूपमा बाह्रवटा बोकाहरू चढ़ाए; यो सबै परमप्रभुका निम्ति होमबलि थियो। 36 अनि उनीहरूले राजाका प्रान्तपतिहरूलाई र नदीवारिका राज्यपालहरूलाई राजाका आज्ञा-पत्रहरू सुम्पिदिए; अनि तिनीहरूले यस जातिलाई र परमेश्वरको भवनलाई सहायता गरे।”