अध्याय ७-१०: एज्राको सेवाकाइ
बाबेलबाट यरूशलेमसम्मको यात्रा; एज्राको वंश र उनका मित्रहरू
7
अब यी घटनाहरूपछि फारसका राजा अर्तक्जर्जेसको शासनकालमा एज्रा थिए, जो सरायाहका छोरा थिए, जो अजर्याहका छोरा थिए, जो हिल्कियाहका छोरा थिए; 2 जो शल्लूमका छोरा थिए, जो सादोकका छोरा थिए, जो अहितूबका छोरा थिए, 3 जो अमर्याहका छोरा थिए, जो अजर्याहका छोरा थिए, जो मरायोतका छोरा थिए, 4 जो जरहयाहका छोरा थिए, जो उज्जीका छोरा थिए, जो बुक्कीका छोरा थिए, 5 जो अबिशूअका छोरा थिए, जो पीनहासका छोरा थिए, जो एलाजारका छोरा थिए, जो प्रधान पूजाहारी हारूनका छोरा थिए। 6 यिनै एज्रा बाबेलबाट माथि गए; अनि उनी मोशाको व्यवस्थाका निपुण शास्त्री थिए, जुन व्यवस्था परमप्रभु इस्राएलका परमेश्वरले दिनुभएको थियो। अनि उनका परमेश्वरको हात उनीमाथि रहेअनुसार राजाले उनले मागेको सबै कुराक दिए। 7 अनि राजा अर्तक्जर्जेसको सातौं वर्षमा इस्राएलीहरूको बीचबाट अनि पूजाहारीहरू, लेवीहरू, गायकहरू, द्वारपालहरू र नेतिनिमहरूको बीचबाट कोही-कोही मानिसहरू माथि यरूशलेममा गए। 8 अनि पाँचौं महिनामा एज्राख यरूशलेममा आइपुगे; यो राजाको सातौं वर्ष थियो। 9 किनभने पहिलो महिनाको पहिलो दिनमा उनी बाबेलबाट माथि जान शुरु गरे, र परमेश्वरको भलो हात उनीमाथि रहेअनुसार पाँचौं महिनाको पहिलो दिनमा उनी यरूशलेममा आइपुगे। 10 किनकि एज्राले परमप्रभुको व्यवस्थाको खोजी गर्न, त्यसलाई पालन गर्न अनि इस्राएलमा त्यसका नियमहरू र न्याय-वचनहरू सिकाउनलाई आफ्नो हृदय तयार पारेका थिए।11 अनि राजा अर्तक्जर्जेसले शास्त्री, पूजाहारी एज्रालाई दिएको पत्रको नकल यो हो; उनी परमप्रभुका आज्ञाहरूरूपी वचनहरू र इस्राएललाई दिइएका उहाँका नियमहरूको विषयमा शास्त्री थिए। 12 ‘राजाहरूका राजा अर्तक्जर्जेसबाट पूजाहारी एज्रालाई, स्वर्गका परमेश्वरको व्यवस्थाको शास्त्रीलाई पूर्णतया शान्ति! अनि अब 13 म यो हुकुम दिँदछुङ: मेरो राज्यभित्र भएको इस्राएली जातिबाट अनि त्यसका पूजाहारीहरू र लेवीहरूबाट जो-जो माथि यरूशलेम जान इच्छुक छन्, तिनीहरू सबै तिमीसँग जाऊन्! 14 किनभने तिम्रो हातमा भएको तिम्रा परमेश्वरको व्यवस्थाअनुसार यहूदा र यरूशलेमको विषयमा सोधखोज गर्न भनी तिमी राजा र तिनका सातजना सल्लाहकारहरूद्वारा पठाइएका छौ; 15 साथै त्यो चाँदी र सुन पनि लैजान तिमी पठाइएका छौ, जुन चाँदी र सुन राजा र तिनका सल्लाहकारहरूले इस्राएलका परमेश्वरलाई, जसको वासस्थान यरूशलेममा छ, स्वेच्छापूर्वक चढ़ाएका छन्; 16 साथै सबै चाँदी र सुन पनि, जो तिमीले बाबेलको सम्पूर्ण प्रान्तमा ती मानिसहरूको र ती पूजाहारीहरूको स्वेच्छा-दानको साथमा पाउन सक्छौ, जसले यरूशलेममा भएको आफ्ना परमेश्वरको भवनका निम्ति स्वेच्छापूर्वक चढ़ाउँछन्; 17 यस हेतुले कि तिमीले यस पैसाले झट्टै बहरहरू, भेड़ाहरू, भेड़ाका पाठाहरू तिनीहरूका अन्नबलिहरू र तिनीहरूका अर्घबलिहरूको साथमा किन्न सक, र तिनलाई यरूशलेममा भएको तिमीहरूका परमेश्वरको भवनको वेदीमा चढ़ाउन सक। 18 अनि तिमीलाई र तिम्रा दाजुभाइहरूलाई बाँकी चाँदी र सुनसित जे गर्न असल लाग्नेछ, त्यो तिमीहरूका परमेश्वरको इच्छाअनुसार गर! 19 अनि ती पात्रहरू पनि, जुन पात्रहरू तिम्रा परमेश्वरको भवनको सेवाका निम्ति तिमीलाई दिइएका छन्, तिनलाई यरूशलेमका परमेश्वरको सामु पूरा रूपले बुझाइदेऊ! 20 अनि तिम्रा परमेश्वरको भवनका निम्ति तिमीले दिनुपर्ने अरू जे पनि खाँचो छच, त्यो राजाको भण्डार-गृहबाट देऊ! 21 अनि म, अँ, म राजा अर्तक्जर्जेस नदीपारि भएका सबै खजान्चीहरूलाई यो हुकुम गर्दछुङ: स्वर्गका परमेश्वरको व्यवस्थाका शास्त्री, पूजाहारी एज्राले तिमीहरूबाट जे माग्छन्, त्यो तुरुन्तै गरियोस्; 22 चाँदी एक सय किक्करसम्मछ, गहुँ एक सय कोरसम्मज, दाखमद्य एक सय बतसम्मझ र तेल एक सय बतसम्म, अनि नुनचाहिँ विनाहिसाब दिइयोस्! 23 स्वर्गका परमेश्वरद्वारा जे आज्ञा गरिन्छ, त्यो सबै स्वर्गका परमेश्वरको भवनका निम्ति यत्नसित गरियोस्! किनकि राजाको राज्य र तिनका छोराहरूमाथि किन क्रोध आइपरोस्? 24 अनि हामी तिमीहरूलाई सबै पूजाहारीहरू, लेवीहरू, गायकहरू, द्वारपालहरू, नेतिनिमहरू र परमेश्वरको यस भवनका सेवकहरूको सम्बन्धमा यो जानकारी पनि दिन्छौं, कि तिनीहरूमाथि महसुल, कर वा भन्सार लगाउन उचितञ हुनेछैन। 25 अनि हे एज्रा, तिम्रा परमेश्वरको बुद्धिअनुसार, जुन बुद्धि तिम्रो हातमा छ, तिमीले शासकहरू र न्यायकर्ताहरूलाई अर्थात् तिम्रा परमेश्वरका नियमहरू जान्ने ती सबैजनालाई नियुक्त गर, जसले नदीपारिका सबै मानिसहरूको न्याय गरून्! अनि तिमीहरूले तिनीहरूलाई सिकाओ, जसले ती नियमहरू जान्दैनन्! 26 अनि हरेक जसले तिम्रा परमेश्वरको व्यवस्था र राजाको व्यवस्था पालन गर्दैन, त्यसको झट्टै न्याय गरियोस्, चाहे त्यो मृत्युदण्ड होस्, चाहे देश निकाला, चाहे सम्पत्तिहरण होस्, चाहे कैदट!’
एज्राको धन्यवाद ज्ञापन
27 “परमप्रभु हाम्रा पितापुर्खाहरूका परमेश्वर धन्यका होऊन्, जसले यरूशलेममा भएको परमप्रभुको भवन सिँगार्नलाई योजस्तो कुरा राजाको हृदयमा हालिदिनुभयो; 28 र जसले राजा, तिनका सल्लाहकारहरू र राजाका सबै शक्तिशाली शासकहरूको सामु ममाथि दया देखाउनुभएको छ। अनि परमप्रभु मेरा परमेश्वरको हात ममाथि रहेको हुनालेठ म बलियो भएँ; अनि मसँग माथि जानलाई मैले इस्राएलबाट मुख्य मानिसहरूलाई भेला गरें।”