यहूदामा हिजकियाहको शासन
29
राज्य गर्न शुरु गर्दा हिजकियाह पच्चीस वर्षका थिए; अनि तिनले यरूशलेममा उनन्तीस वर्ष राज्य गरे। अनि तिनकी आमाको नाम अबियाहक थियो, जो जकर्याहकी छोरी थिइन्। 2 अनि तिनले सबै कुरामा आफ्ना पिता दाऊदले गरेजस्तै परमप्रभुको दृष्टिमा जे ठीक थियो, त्यही गरे।राजा हिजकियाह परमप्रभुको भवनलाई शुद्ध पार्छन्
3 तिनले आफ्नो शासनकालको पहिलो वर्षको पहिलो महिनामा परमप्रभुको भवनका ढोकाहरू खोले, र तिनलाई मर्मत गरे। 4 अनि तिनले पूजाहारीहरू र लेवीहरूलाई ल्याएर उनीहरूलाई पूर्वको चोकमा भेला गरे, 5 र उनीहरूलाई भने: “हे लेवीहरूहो, मेरो कुरा सुन! अहिले नै आफूलाई पवित्र गर, र परमप्रभु आफ्ना पितापुर्खाहरूका परमेश्वरको भवनलाई पवित्र पार! अनि पवित्रस्थानबाट फोहोर मैला निकाल! 6 किनभने हाम्रा पितापुर्खाहरूले अपराधख गरे, र परमप्रभु हाम्रा परमेश्वरको दृष्टिमा खराबी मात्र गरे, र उहाँलाई त्यागे, अनि परमप्रभुको निवासस्थानबाट आफ्नो मुख फर्काएर पिठ्यूँ देखाए। 7 अझ उनीहरूले दलानका ढोकाहरू बन्द गरे, र दियाहरू निभाए, अनि पवित्रस्थानमा इस्राएलका परमेश्वरका निम्ति न धूप बाले, न ता होमबलि नै चढ़ाए। 8 यसैकारण यहूदा र यरूशलेममाथि परमप्रभुको क्रोध पर्यो, र उहाँले उनीहरूलाई कष्टग, अत्यास र खिसीमा सुम्पिदिनुभएको छ, जसरी तिमीहरूले आफ्नै आँखाले देख्दैछौ। 9 किनकि हेर, हाम्रा पितापुर्खाहरू तरवारले मारिए, अनि हाम्रा छोराहरू, हाम्रा छोरीहरू र हाम्रा पत्नीहरू यसले गर्दा कैदमा छन्। 10 अब हामीबाट उहाँको भयानक क्रोध हटिजाओस् भनेर मेरो हृदयमा परमप्रभु इस्राएलका परमेश्वरसित एउटा वाचा बाँध्ने मनसाय छ। 11 हे मेरा छोराहरूहो, अब लापरवाह नहोओ! किनभने परमप्रभुले तिमीहरूलाई उहाँको सामु खड़ा हुन र उहाँको सेवा गर्न, अँ, उहाँको सेवा गर्ने र धूप बाल्नेहरूको रूपमा चुन्नुभएको छ।”
12 तब ती लेवीहरू उठे – कहातका सन्तानबाट अमासैका छोरा महत र अजर्याहका छोरा योएल; मरारीका सन्तानबाट अब्दीका छोरा किश र यहल्लेलेलका छोरा अजर्याह; गेर्शोनीहरूबाट जिम्माका छोरा योआह र योआहका छोरा एदेन; 13 अनि एलिसापानका सन्तानबाट शिम्री र यइएल; आसाफका सन्तानबाट जकर्याह र मत्तन्याह; 14 अनि हेमानका सन्तानबाट यहूएलघ र शिमी; अनि यदूतूनका सन्तानबाट शमायाह र उज्जिएल उठे। 15 अनि उनीहरूले आफ्ना दाजुभाइहरूलाई भेला गरे, र आफूलाई पवित्र गरे; अनि परमप्रभुका वचनहरूद्वारा उनीहरू राजाको आज्ञाअनुसार परमप्रभुको भवनलाई शुद्ध पार्न आए। 16 अनि पूजाहारीहरू परमप्रभुको भवनको भित्री भागमा, यसलाई शुद्ध पार्न पसे, र परमप्रभुको मन्दिरभित्र भेट्टाइएका सबै अशुद्धता निकालेर उनीहरूले परमप्रभुको भवनको चोकमा ल्याए। अनि त्यसलाई बाहिर किद्रोन खोलामा फाल्न लेवीहरूले त्यसलाई उठाएर लगे। 17 अनि उनीहरूले पहिलो महिनाको पहिलो दिनदेखि पवित्र पार्न शुरु गरे, र त्यही महिनाको आठौं दिनमा उनीहरू परमप्रभुको दलानमा आइपुगे। यसरी उनीहरूले आठ दिनमा परमप्रभुको भवन पवित्र पारे; अनि पहिलो महिनाको सोह्रौं दिनमा उनीहरूले यो काम सिद्ध्याए। 18 तब उनीहरू भित्र राजा हिजकियाहकहाँ गए, र भने: “हामीले परमप्रभुको सम्पूर्ण भवनलाई, होमबलिको वेदी र त्यसका सबै सरसामानहरूलाई, अनि भेटीका रोटीहरू राखिने टेबल र त्यसका सबै भाँड़ाकुँड़ाहरूलाई शुद्ध पार्यौं। 19 अनि राजा आहाजले आफ्नो शासनकालमा तिनको अपराधमा फ्याँकेका सबै भाँड़ाकुँड़ाहरू हामीले तयार गरेर पवित्र पारेका छौं, र हेर्नुहोस्, ती चीजहरू परमप्रभुको वेदीको सामु छन्।”
राजा हिजकियाह परमप्रभुको भवनको सेवा फेरि सुव्यवस्थित गर्छन्
20 तब राजा हिजकियाहले सबेरै उठेर शहरका शासकहरूलाई भेला गरे, र माथि परमप्रभुको भवनमा गए। 21 अनि राज्यका निम्ति, पवित्रस्थानका निम्ति र यहूदाका निम्ति उनीहरूले पापबलिको रूपमा सातवटा बहर, सातवटा भेड़ाङ, सातवटा भेड़ाका पाठाहरू र सातवटा बोकाहरू ल्याए। अनि तिनले तिनलाई परमप्रभुको वेदीमा चढ़ाइदिनू भनी हारूनवंशी पूजाहारीहरूलाई आज्ञा गरे। 22 तब तिनीहरूले ती बहरहरू मारे, अनि पूजाहारीहरूले त्यो रगत लिए र त्यसलाई त्यस वेदीमाथि छर्के। त्यस्तै गरी तिनीहरूले ती भेड़ाहरूङ मारे, र उनीहरूले त्यो रगत त्यस वेदीमाथि छर्के। अनि तिनीहरूले भेड़ाका पाठाहरू मारे, र उनीहरूले त्यो रगत त्यस वेदीमाथि छर्के। 23 अनि पापबलिका निम्ति तिनीहरूले बोकाहरू राजा र समुदायको सामु नजिक ल्याए; अनि तिनीहरूले तीमाथि आफ्ना हातहरू राखे। 24 अनि पूजाहारीहरूले तिनलाई मारे, र तिनीहरूको रगत त्यस वेदीमाथि छर्केर सारा इस्राएलका निम्ति प्रायश्चित गर्न तिनलाई पापबलिको रूपमा चढ़ाए; किनकि राजाले सारा इस्राएलका निम्ति होमबलि र पापबलि चढ़ाउनुपर्छ भन्ने आज्ञा गरेका थिए। 25 अनि दाऊद, राजाका दर्शी गाद र भविष्यवक्ता नातानको आज्ञाअनुसार तिनले लेवीहरूलाई झ्याली, सितार र वीणाहरूको साथमा परमप्रभुको भवनमा खटाए; किनभने आफ्ना भविष्यवक्ताहरूद्वारा परमप्रभुको आज्ञा यस्तै थियो। 26 अनि लेवीहरू दाऊदका बाजाहरू लिएर र पूजाहारीहरूचाहिँ तुरहीहरू लिएर खड़ा भए। 27 अनि हिजकियाहले त्यस वेदीमाथि होमबलि चढ़ाउने आज्ञा गरे; अनि जब होमबलि शुरु भयो, तब तुरहीहरू र इस्राएलका राजा दाऊदले ठहऱ्याएका बाजाहरू बजाएर परमप्रभुको स्तुतिगान पनि शुरु भयो। 28 अनि सारा समुदायले दण्डवत् गरे, गायकहरूले गीत गाए, र तुरही फुक्नेहरूले तुरही फुके; अनि होमबलि नसिद्धिन्जेल त्यो सबै भइरह्यो। 29 अनि ती होमबलिहरू चढ़ाइसकेपछि राजा र तिनको साथमा उपस्थित हुनेहरू सबैले घोप्टो परेर दण्डवत् गरे। 30 अनि राजा हिजकियाह र शासकहरूले लेवीहरूलाई दाऊद र दर्शी आसाफका शब्दहरूमा परमप्रभुको स्तुति गाउने आज्ञा गरे। अनि उनीहरूले हर्षसाथ स्तुति गाए, र आफ्ना शिर झुकाएर दण्डवत् गरे।
31 तब हिजकियाहले जवाफ दिएर भने: “अब तिमीहरूले परमप्रभुका निम्ति आफूलाई अर्पण गरेका छौ; नजिक आओ, र परमप्रभुको भवनमा बलिदानहरू र धन्यबादका बलिहरू ल्याओ!” अनि समुदायले बलिदानहरू र धन्यबादका बलिहरू ल्याए, र इच्छुक हृदय भएकाहरू सबैले होमबलिहरू ल्याए। 32 अनि समुदायले ल्याएका होमबलिहरूको संख्या सत्तरी बहर, एक सय भेड़ाङ र दुई सय भेड़ाका पाठाहरू थिए। यी सबै परमप्रभुका निम्ति होमबलिहरू थिए। 33 अनि अर्पण गरिएका थोकहरूचाहिँ छ सय बहर र तीन हजार भेड़ाहरू थिए। 34 तर पूजाहारीहरू संख्यामा थोरै थिए, र सबै होमबलिहरूका छाला काढ्न सकेनन्; यसैले त्यो काम नसिद्धिन्जेल र पूजाहारीहरूले आफूलाई पवित्र नगरून्जेल उनीहरूका दाजुभाइहरूले अर्थात् लेवीहरूले उनीहरूलाई सघाए; किनभने आफूलाई पवित्र गर्नलाई पूजाहारीहरूभन्दा लेवीहरू नै बढ़ी सिधा हृदय भएकाहरू थिए। 35 अनि मेलबलिहरूको बोसो र होमबलिका निम्ति चढ़ाइने अर्घबलिहरूको साथमा होमबलिहरू प्रशस्त थिए। यसरी उनीहरूले परमप्रभुको भवनको सेवा सुव्यवस्थित गरे। 36 तब परमेश्वरले मानिसहरूलाई तयार गर्नुभएकोमा हिजकियाह र सारा प्रजा आनन्दित भए; किनकि त्यो काम अचानक गरिएको थियो।