यहूदामा योतामको शासन
27
राज्य गर्न शुरु गर्दा योताम पच्‍चीस वर्षका थिए; अनि तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। अनि तिनकी आमाको नाम यरूशा थियो, जो सादोककी छोरी थिइन्। 2 अनि तिनले सबै कुरामा आफ्ना बुबा उज्जियाहले गरेझैं परमप्रभुको दृष्‍टिमा जे ठीक थियो, त्यही गरे; तर तिनी परमप्रभुको मन्दिरमा पसेनन्। अनि मानिसहरूले अझै भ्रष्‍टाचार नै गरिरहे। 3 तिनले चाहिँ परमप्रभुको भवनको माथिल्‍लो मूलढोका बनाए, र ओपेलको पर्खालमा धेरै कुरा बनाए। 4 अनि तिनले यहूदाका पहाड़हरूमा शहरहरू निर्माण गरे, अनि वनहरूमा किल्‍लाहरू र धरहराहरू बनाए।
5 अनि तिनले अम्मोनीहरूका राजासित लड़ाइँ गरे, र तिनीहरूमाथि विजयी भए। अनि त्यही वर्ष अम्मोनीहरूले तिनलाई एक सय किक्‍कर चाँदी, दस हजार कोर गहुँ र दस हजार कोर जौ दिए। दोस्रो र तेस्रो वर्षमा अम्मोनीहरूले तिनलाई त्यति नै तिरे 6 यसरी योताम शक्तिशाली भए; किनभने तिनले परमप्रभु आफ्ना परमेश्‍वरको सामु आफ्ना चालहरू तयार पारे
7 अब योतामका बाँकी कामकुराहरू, तिनका सबै लड़ाइँहरू र तिनका चालहरू – हेर, ती कुराहरू इस्राएल र यहूदाका राजाहरूको पुस्तकमा लेखिएका छन्। 8 राज्य गर्न शुरु गर्दा तिनी पच्‍चीस वर्षका थिए; अनि तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। 9 अनि योताम आफ्ना पितापुर्खाहरूसित सुते; अनि उनीहरूले तिनलाई दाऊदको शहरमा गाड़े; अनि तिनको सट्टामा तिनका छोरा आहाजले राज्य गरे।