यहूदामा अमस्याहको शासन
25
राज्य गर्न शुरु गर्दा अमस्याह पच्चीस वर्षका थिए; अनि तिनले यरूशलेममा उनन्तीस वर्ष राज्य गरे। अनि तिनकी आमाको नाम यहोअद्दानक थियो, जो यरूशलेमबाटकी थिइन्। 2 अनि तिनले परमप्रभुको दृष्टिमा जे ठीक थियो, त्यही गरे, तर सिद्ध हृदयले होइन। 3 अनि यस्तो भयो: जब राज्य तिनको हातमा सुदृढ़ख भयो, तब तिनले ती सेवकहरूलाई मारे, जसले तिनका पिता राजालाई हत्या गरेका थिए। 4 तर तिनले तिनीहरूका छोराछोरीहरूलाई मारेनन्, तर मोशाको व्यवस्थाको पुस्तकमा लेखिएअनुसार गरे, जसमा परमप्रभुले यसो भन्ने आज्ञा दिनुभयो: ‘छोराहरूका निम्ति बुबाहरू नमारिऊन्, न ता बुबाहरूका निम्ति छोराहरू मारिऊन्; तर हरेक मानिस आफ्नै पापका निम्ति मारियोस्!’5 अनि अमस्याहले यहूदालाई भेला गरे, र सारा यहूदा र बिन्यामिनभरि उनीहरूलाई उनीहरूका पितापुर्खाहरूका घरानाहरूअनुसार हजारौंमाथिका कप्तानहरू र सयौंमाथिका कप्तानहरू तुल्याए; अनि तिनले बीस वर्ष र त्यसभन्दा माथिकाहरूलाई गन्ती गरे, र तिनीहरूमा लड़ाइँमा निस्केर जान सक्ने, भाला र ढाल चलाउन सक्ने तीन लाख चुनिएका मानिसहरू भेट्टाए। 6 अनि तिनले इस्राएलबाट एक लाख शूरवीर योद्धाहरूलाई एक सय किक्कर चाँदी दिएर भाड़ामा लिए। 7 तर एकजना परमेश्वरको जन तिनीकहाँ आए, र भने: “हे राजा, इस्राएलको सेना तपाईंको साथमा नजाओस्; किनभने परमप्रभु इस्राएलको साथमा अर्थात् एप्रैमको कुनै सन्तानको साथमा हुनुहुन्न। 8 तर तपाईं जान चाहनुहुन्छ भने जानुहोस्ग! लड़ाइँका निम्ति बलियो हुनुहोस्! परमेश्वरले तपाईंलाई शत्रुको सामु गिराउनुहुनेछ; किनकि परमेश्वरसँग सहायता गर्ने वा गिराउने शक्ति छ।” 9 अनि अमस्याहले परमेश्वरको जनलाई भने: “तर मैले इस्राएलको सेनाका निम्ति दिएको एक सय किक्करको बारेमा हामी के गरौं?” तब परमेश्वरको जनले जवाफ दिए: “परमप्रभुले तपाईंलाई त्यसभन्दा बढ़ी दिन सक्नुहुन्छ।” 10 तब अमस्याहले तिनीहरूलाई अर्थात् एप्रैमबाट तिनीकहाँ आएको सेनालाई आफ्नो ठाउँमा फर्काउनलाई अलग पारे। तब यहूदाको विरोधमा तिनीहरूको रिस साह्रै दन्कियो; र रिसले चूर भएर तिनीहरू आफ्नो ठाउँमा फर्के।
11 अनि अमस्याहले आफूलाई बलियो पारे, र आफ्ना मानिसहरूलाई लगेर नुनको बेंसीमा पुगे, र दस हजार सेईरका सन्तानहरूलाई मारे। 12 अनि अरू दस हजार बाँचेकाहरूलाई यहूदीहरूले कैद गरेर लगे, र तिनीहरूलाई एउटा चट्टानको टुप्पामाथि ल्याएर तिनीहरूलाई त्यस चट्टानको टुप्पाबाट तल फालिदिए, र तिनीहरू सबै टुक्रा-टुक्रा भए। 13 तर अमस्याहले आफूसित लड़ाइँमा नजाऊन् भनी फर्काइपठाएको सेनाका सिपाहीहरूले सामरियादेखि बेत-होरोनसम्म यहूदाका शहरहरूमाथि जाइलागे, तिनमा तीन हजार मानिसहरूलाई मारे र धेरै लुटका मालहरू लगे।
14 अनि यस्तो भयो: एदोमीहरूको काटमारबाट आएपछि अमस्याहले ती सेईरका सन्तानहरूका देवताहरू ल्याए, तिनलाई आफ्नै देवताहरूको रूपमा खड़ा गरे, तिनीहरूको सामु दण्डवत् गरे र तिनीहरूका निम्ति धूप बाले। 15 यसकारण अमस्याहको विरोधमा परमप्रभुको क्रोध दन्कियो, र उहाँले तिनीकहाँ एकजना भविष्यवक्तालाई पठाउनुभयो, जसले तिनलाई भने: “तपाईंले किन ती मानिसहरूका देवताहरूको खोजी गर्नुभयो, जसले आफ्नै मानिसहरूलाई तपाईंको हातबाट बचाउनघ सकेनन्?” 16 अनि यस्तो भयो: उनी तिनीसित बोल्दा-बोल्दै राजाले उनलाई भने: “के तिमी राजाको सल्लाहकार बनाइएका छौ? छोड़िदेऊ! तिमी किन कुटाइ खान्छौङ?” तब ती भविष्यवक्ताले बोल्न छोड़िदिए, र भने: “मलाई थाहा छ, परमेश्वरले तपाईंलाई नाश गर्ने निश्चय गर्नुभएको छ; किनकि तपाईंले यो काम गर्नुभयो, र मेरो सल्लाह सुन्नुभएन।”
17 त्यसपछि यहूदाका राजा अमस्याहले सल्लाह लिए, र इस्राएलका राजा अर्थात् येहूका नाति, यहोआहाजका छोरा योआशकहाँ यसो भन्ने खबर पठाए: “आऊ, हामी मुखामुख एक-अर्कासित जुधौंच!” 18 अनि इस्राएलका राजा योआशले यहूदाका राजा अमस्याहकहाँ यसो भन्ने जवाफ पठाए: “लबानोनमा भएको एउटा काँड़ेझ्याङले लबानोनको देवदारकहाँ यसो भनिपठाएछ: ‘तिम्री छोरीलाई मेरो छोरासित विवाह गरिदेऊ!’ अनि लबानोनमा भएको एउटा जङ्गली पशु त्यहाँबाट भएर गयो, र त्यसले त्यस काँड़ेझ्याङलाई कुल्चीमिल्ची पार्यो। 19 ‘हेर, मैले एदोमीहरूलाई परास्त गरें’ भनी तिमी भन्छौ, र तिम्रो मनमा घमण्ड चढ्यो। अब घरमा बसिरह! तिमी किन आफ्नै हानिका निम्ति फुरफुर गर्छौ, र तिम्रो, अँ, तिम्रो र तिम्रो साथमा यहूदाको पनि पतन हुनेछ?” 20 तर अमस्याहले सुनेनन्; किनभने तिनीहरूलाई तिनीहरूका शत्रुहरूको हातमा सुम्पिदिनलाई त्योचाहिँ परमेश्वरबाट भएको थियो; किनकि तिनीहरूले एदोमका देवताहरूको खोजी गरेका थिए। 21 तब इस्राएलका राजा योआश माथि गए; अनि यहूदाको बेत-शेमेशमा तिनी र यहूदाका राजा अमस्याह मुखामुख एक-अर्कासित जुधे। 22 अनि यहूदा इस्राएलको सामु हार्यो; अनि उनीहरू हरेक आ-आफ्नो वासस्थानतिर भागेर गए। 23 अनि इस्राएलका राजा योआशले यहूदाका राजा अमस्याहलाई, जो यहोआहाजका नाति, योआशका छोरा थिए, बेत-शेमेशमा पक्रे, र तिनलाई यरूशलेममा ल्याए; अनि एप्रैमको मूलढोकादेखि लिएर कुनाको मूलढोकासम्म तिनले यरूशलेमको चार सय हात पर्खाल भत्काइदिए। 24 अनि तिनले परमप्रभुको भवनमा ओबेद-एदोमसित भेट्टाइएका सबै सुन र चाँदी, अनि सबै भाँड़ाकुँड़ाहरू, साथै राजभवनका धनसम्पत्ति र बन्दीहरूलाई पनि लिए, र तिनी सामरियामा फर्के।
25 अनि इस्राएलका राजा यहोआहाजका छोरा योआशको मृत्युपछि यहूदाका राजा योआशका छोरा अमस्याह पन्ध्र वर्ष बाँचे। 26 अब अमस्याहका शुरुदेखि अन्तसम्मका बाँकी कामकुराहरू – हेर, के ती कुराहरू यहूदा र इस्राएलका राजाहरूको पुस्तकमा लेखिएका छैनन् र? 27 अनि अमस्याहले परमप्रभुको पछि लाग्न छोड़ेको समयदेखि यसो तिनीहरूले यरूशलेममा तिनको विरोधमा एउटा षड़्यन्त्र रचे; अनि तिनी लाकीशतिर भागेर गए, तर तिनीहरूले लाकीशसम्म तिनको पछि-पछि पठाएर तिनलाई त्यहीं मारे। 28 अनि तिनीहरूले तिनलाई घोड़ाहरूमाथि बोकाएर ल्याए, र यहूदाको शहरमा तिनका पितापुर्खाहरूसित गाड़िदिए।