यहूदामा अहज्याहको शासन र तिनको मृत्यु
22
अनि यरूशलेमका बासिन्दाहरूले यहोरामकाक कान्छा छोरा अहज्याहलाई तिनको सट्टामा राजा तुल्याए; किनभने अरबीहरूसित छाउनीमा आएका मानिसहरूको दलले सबै दाजुहरूलाई मारिदिएको थियो। यसैले यहूदाका राजा यहोरामका छोरा अहज्याहले राज्य गरे। 2 राज्य गर्न शुरु गर्दा अहज्याह बयालीसख वर्षका थिए; अनि तिनले यहरूशलेममा एक वर्ष राज्य गरे। अनि तिनकी आमाको नाम अतल्याह थियो, जो ओम्रीकी नातिनीग थिइन्। 3 तिनी पनि अहाबको घरानाका चालहरूमा हिँड़े; किनकि खराबी गर्नलाई तिनकी आमा तिनका सल्लाहकार थिइन्। 4 यसैकारण तिनले अहाबको घरानाले झैं परमप्रभुको दृष्टिमा खराबी गरे; किनकि तिनका बुबाको मृत्युपछि यिनीहरू नै तिनलाई विनाशमा पुर्याउने तिनका सल्लाहकारहरू थिए। 5 अनि तिनी यिनीहरूको सल्लाहअनुसार हिँड़े, र इस्राएलका राजा अहाबका छोरा यहोरामसित अरामका राजा हजाएलसँग लड़ाइँ गर्न रामोत-गिलादमा गए; अनि अरामीहरूले यहोरामलाईघ घाइते पारिदिए। 6 तब अरामका राजा हजाएलसँग लड़ाइँ गर्दा रामामा उनलाई लागेका चोटहरूको कारणले उनी निको हुनलाई यिज्रेएलमा फर्के। अनि यहूदाका राजा यहोरामका छोरा अहज्याहङ अहाबका छोरा यहोरामलाई हेर्न यिज्रेएलमा झरे; किनभने उनी बिरामी थिए। 7 अनि अहज्याहको विनाशचाहिँ यहोरामकहाँच आउनाले परमेश्वरबाट भएको थियो; किनकि आएपछि तिनी यहोरामसित निम्शीका छोरा येहूलाई भेट्न निस्केर गए, जसलाई परमप्रभुले अहाबको घरानालाई नष्ट पार्नलाई अभिषेक गर्नुभएको थियो। 8 अनि यस्तो भयो: येहूले अहाबको घरानासित न्याय पूरा गरिरहेको बेलामा तिनले अहज्याहको सेवा गर्ने यहूदाका शासकहरू र अहज्याहका भतिजाहरूलाई भेट्टाए, र तिनीहरूलाई मारिदिए। 9 अनि तिनले अहज्याहलाई खोजे; अनि तिनीहरूले उनलाई पक्रे, (किनकि उनी सामरियामा लुकिरहेका थिए), र उनलाई येहूकहाँ ल्याए; अनि तिनीहरूले उनलाई मारेपछि तिनीहरूले उनलाई गाड़े; किनकि तिनीहरूले भने: “यिनीचाहिँ आफ्नो सम्पूर्ण हृदयले परमप्रभुको खोजी गर्ने यहोशापातका छोराछ हुन्।” तब अहज्याहको घरानामा राज्य सम्हाल्ने कुनै शक्ति रहेन।यहूदामा रानी अतल्याहको दुःशासन
10 तर जब अहज्याहकी आमा अतल्याहले आफ्नो छोरा मरेका देखिन्, तब तिनी उठिन्, र यहूदाको घरानाका सम्पूर्ण राजवंशलाई नाश पारिन्। 11 तर राजाकीज छोरी यहोशबतलेझ अहज्याहका छोरा योआशलाई लिइन्, उनलाई मारिन लागेका राजाका छोराहरूको बीचबाट चोरेर लगिन्, अनि उनलाई र उनकी धाईलाई सुत्ने कोठामा लुकाइराखिन्। यसरी राजा यहोरामकी छोरी अर्थात् पूजाहारी यहोयादाकी पत्नी यहोशबतले, (किनकि तिनी अहज्याहकी बहिनीञ थिइन्), योआशलाई अतल्याहको सामुबाट लुकाइन्; त्यसो हुँदा अतल्याहलेट उनलाई मार्न सकिनन्। 12 अनि उनी उनीहरूसित छ वर्षसम्म परमेश्वरको भवनभित्र लुकेर बसे; अनि अतल्याहले देशमाथि राज्य गरिन्।