आसाले बेन-हददबाट सहायता लिए
16
अनि आसाको शासनकालको छत्तीसौं वर्षमा इस्राएलका राजा बाशाले यहूदामाथि चढ़ाइ गरे, र यहूदाका राजा आसाकहाँ कसैले पनि आउजाउ गर्न नपाओस् भन्ने हेतुले रामा निर्माण गरे। 2 तब आसाले परमप्रभुको भवन र राजभवनका भण्डारहरूबाट चाँदी र सुन निकालेर दमस्कसमा बस्ने अरामका राजा बेन-हददकहाँ यसो भन्दै पठाए: 3 “जस्तो मेरा पिता र तपाईंका पिताको बीचमा एउटा वाचा थियो, त्यस्तै तपाईं र मेरो बीचमा पनि होस्! हेर्नुहोस्, मैले तपाईंकहाँ चाँदी र सुन पठाइदिएको छु; आउनुहोस्, र इस्राएलका राजा बाशासितको तपाईंको वाचा तोड़िदिनुहोस्, र ऊ मबाट हटेर गइहालोस्!” 4 तब बेन-हददले राजा आसाको कुरा माने, र इस्राएलका शहरहरूको विरोधमा आफ्ना फौजहरूका कप्तानहरू पठाए; अनि तिनीहरूले इयोन, दान, आबेलमैमक र नप्तालीका सबै भण्डारका शहरहरूलाई प्रहार गरे। 5 अनि यस्तो भयो: जब बाशाले यो कुरा सुने, तब तिनले रामा निर्माण गर्न छोड़े, र आफ्नो काम बन्द गरे। 6 तब राजा आसाले सारा यहूदालाई साथमा लगे; अनि उनीहरूले रामाका ढुङ्गाहरू र त्यसको काठ उठाएर लगे, जुन थोकहरूले बाशाले रामा निर्माण गर्दैथिए; अनि ती चीजहरूले उनले गेबा र मिस्पा निर्माण गरे।राजा आसाका निम्ति दर्शी हनानीको सन्देश
7 अनि त्यस बेला दर्शी हनानी यहूदाका राजा आसाकहाँ आए, र तिनलाई भने: “तपाईंले अरामका राजामाथि भर पर्नुभयो, तर परमप्रभु आफ्ना परमेश्वरमाथि भर पर्नुभएन; यसैले अरामका राजाको सेना तपाईंको हातबाट उम्क्यो। 8 के कूशीहरू र लूबीहरू अति धेरै रथहरू र घोड़चढ़ीहरू भएको विशाल सेना थिएनन् र? तर तपाईंले परमप्रभुमाथि भर पर्नुभएको हुनाले उहाँले तिनीहरूलाई तपाईंको हातमा सुम्पिदिनुभयो। 9 किनकि जसको हृदय परमप्रभुप्रति सिद्ध छ, उनीहरूका निम्ति आफूलाई सामर्थी देखाउन उहाँका आँखाहरू सारा पृथ्वीभरि यताउता दगुरिरहन्छन्। यसमा तपाईंले मूर्ख काम गर्नुभयो; यसैले अबदेखि उसो तपाईंका निम्ति लड़ाइँ नै लड़ाइँ हुनेछन्।” 10 तब आसा ती दर्शीसित रिसाए, र तिनलाई झ्यालखानामा हालिदिए; किनभने यस कुराले गर्दा उनी ती दर्शीसितख क्रोधित भए। अनि त्यही समय आसाले कति मानिसहरूमाथि अत्याचार पनि गरे।
11 अनि हेर, आसाका शुरुदेखि अन्तसम्मका कामकुराहरू – हेर, ती कुराहरू यहूदा र इस्राएलका राजाहरूको पुस्तकमा लेखिएका छन्।
आसाको रोग, र तिनको मृत्यु
12 अनि आसाको शासनकालको अनन्चालीसौं वर्षमा उनलाई उनका खुट्टाहरूमा रोग लाग्यो, यहाँसम्म कि उनको रोग असाध्यै बढ़ेर गयो; तर पनि उनले आफ्नो रोगमा परमप्रभुलाई होइन, तर वैद्यहरूकै खोजी गरे। 13 अनि आसा आफ्ना पितापुर्खाहरूसित सुते, र आफ्नो शासनकालको एकचालीसौं वर्षमा मरे। 14 अनि तिनीहरूले उनलाई उनले दाऊदको शहरमा आफ्ना निम्ति खनेका आफ्नो चिहानमाग गाड़े, अनि सुगन्धित अत्तर बनाउने कलाले तयार गरिएका सुगन्धित द्रव्यहरू र किसिम-किसिमका मसलाहरूले भरिएको ओछ्यानमा राखे; अनि तिनीहरूले उनका निम्ति अति ठूलो धुनी लगाए।