आसाले ल्याएको धार्मिक सुधार
15
अनि परमेश्वरका आत्मा ओदेदका छोरा अजर्याहमाथि आउनुभयो। 2 अनि तिनी आसालाई भेट्न निस्के, र उनलाई भने: “हे आसा, हे सारा यहूदा र बिन्यामिन, मेरो कुरा सुन! जबसम्म तिमीहरू परमप्रभुको साथमा छौ, तबसम्म उहाँ तिमीहरूको साथमा हुनुहुन्छ; अनि तिमीहरूले उहाँको खोजी गर्यौ भने उहाँ तिमीहरूद्वारा भेट्टाइनुहुनेछ। तर तिमीहरूले उहाँलाई त्याग्यौ भने उहाँले तिमीहरूलाई त्याग्नुहुनेछ। 3 अनि धेरै दिनसम्म इस्राएल सत्य परमेश्वरविना, सिकाउने पूजाहारीविना र व्यवस्थाविना थियो। 4 तर जब उनीहरू आफ्नो सङ्कष्टमा परमप्रभु इस्राएलका परमेश्वरकहाँ फर्के, र उहाँको खोजी गरे, तब उहाँ उनीहरूद्वारा भेट्टाइनुभयो। 5 अनि ती दिनहरूमा न बाहिर जानेलाई न भित्र आउनेलाई शान्ति थियो, तर देश-देशका सबै बासिन्दाहरूमाथि ठूला-ठूला व्याकुलता आइपरेका थिए। 6 अनि एउटा जाति अर्को जातिद्वारा, र एउटा शहर अर्को शहरद्वारा नाश गरिन्थ्यो; किनभने परमेश्वरले सबै प्रकारको विपत्तिद्वारा तिनीहरूलाई व्याकुल पार्नुभएको थियो। 7 यसकारण बलिया होओ, र तिमीहरूका हातहरू कमजोर नहोऊन्; किनकि तिमीहरूको कामको प्रतिफल दिइनेछ।”8 अनि जब आसाले यी कुराहरू र भविष्यवक्ता ओदेदको भविष्यवाणी सुने, तब उनले हिम्मत बाँधे, अनि सारा यहूदा देश र बिन्यामिन देशबाट, साथै आफूले कब्जा गरेका एप्रैमको पहाड़ी देशका शहरहरूबाट ती घृणित मूर्तिहरू हटाइदिए, र परमप्रभुको दलानको सामु भएको परमप्रभुको वेदी नयाँ तुल्याएक। 9 अनि उनले सारा यहूदा र बिन्यामिनलाई, साथै उनीहरूसित बस्ने परदेशीहरूलाई पनि एप्रैम र मनस्सेबाट अनि शिमोनबाट भेला गरे; किनभने परमप्रभु उनका परमेश्वर उनको साथमा हुनुभएको देखेर इस्राएलबाट प्रशस्त मानिसहरूले उनीकहाँ शरण लिए।
10 तब आसाको शासनकालको पन्ध्रौं वर्षको तेस्रो महिनामा उनीहरू यरूशलेममा भेला भए। 11 अनि त्यसै बेला आफूले ल्याएको लुटको मालबाट उनीहरूले सात सय बहर र सात हजार भेड़ाहरू परमप्रभुका निम्ति बलि चढ़ाए। 12 अनि उनीहरूले यो वाचा बाँधेख: “हामी आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले परमप्रभु आफ्ना पितापुर्खाहरूका परमेश्वरको खोजी गर्नेछौं; 13 र हरेक जसले परमप्रभु इस्राएलका परमेश्वरको खोजी गर्दैन – सानो होस्, वा ठूलो, पुरुष होस्, वा स्त्री, त्यो मारियोस्!” 14 अनि उनीहरूले जयजयकार गर्दै, अनि तुरहीहरू र नरसिङ्गाहरू बजाउँदै ठूलो सोरले परमप्रभुका निम्ति शपथ खाए। 15 अनि त्यस शपथमा सारा यहूदा आनन्दित भयो; किनकि उनीहरूले आफ्नो सम्पूर्ण हृदयले शपथ खाएका थिए, र आफ्नो सम्पूर्ण इच्छाले उहाँको खोजी गरेका थिए; अनि उहाँ उनीहरूद्वारा भेट्टाइनुभयो। अनि परमप्रभुले चारैतिरबाट उनीहरूलाई विश्राम दिनुभयो।
16 अनि राजा आसाकी आमा माकाचाहिँ – आसालेग यिनलाई रानी हुनदेखि हटाइदिए; किनभने यिनले अशेराका निम्ति एउटा घिनलाग्दो मूर्ति बनाएकी थिइन्। अनि आसाले यिनको घिनलाग्दो मूर्ति काटेर ढालिदिए, त्यसलाई कुल्चीमिल्ची पारे र त्यसलाई किद्रोन खोलामा जलाइदिए। 17 तर इस्राएलबाट उच्च स्थानहरू हटाइएनन्; तैपनि आसाको हृदयचाहिँ उनको जीवनभरि नै सिद्ध रहिरह्यो। 18 अनि तिनले आफ्ना पिताले अर्पण गरेका थोकहरू र आफूले अर्पण गरेका थोकहरू अर्थात् चाँदी, सुन र पात्रहरूघ परमेश्वरको भवनभित्र ल्याए। 19 अनि आसाको शासनकालको पैंतीसौं वर्षसम्म कुनै लड़ाइँ भएन।