यहूदामा अबियाहको शासन
13
अनि राजा यारोबामको अठारौं वर्षमा अबियाहले यहूदामाथि राज्य गर्न लागे। 2 तिनले यरूशलेममा तीन वर्ष राज्य गरे। तिनकी आमाको नाम मिकायाक थियो, जो गिबाका ऊरिएलकीख छोरी थिइन्। अनि अबियाह र यारोबामको बीचमा लड़ाइँ भयो। 3 अनि अबियाहले शूरवीर योद्धाहरू, अँ, चार लाख चुनिएका मानिसहरूको सेना लिएर लड़ाइँका निम्ति मोर्चा बाँधे। यारोबामले पनि आठ लाख चुनिएका मानिसहरू, जो शूरवीर योद्धाहरू थिए, लिएर तिनीसँग लड़ाइँ गर्न मोर्चा बाँधे।4 अनि अबियाहले एप्रैमको पहाड़ी देशमा भएको समारैम पहाड़माथि उभिएर भने: “हे यारोबाम, र सारा इस्राएलहो, मेरो कुरा सुन! 5 परमप्रभु इस्राएलका परमेश्वरले नुनको वाचाद्वारा इस्राएलमाथिको राज्य दाऊदलाई, अँ, उनलाई र उनका सन्तानलाई सधैंभरिका निम्ति दिनुभएको हो भनी के तिमीहरूले जान्नुपर्ने होइन र? 6 तर नबातका छोरा, अर्थात् दाऊदका छोरा सुलेमानको सेवक यारोबामचाहिँ उठ्यो, र आफ्ना प्रभुको विरोधमा विद्रोह गर्यो। 7 अनि जुन समयमा रहबाम जवान र कमलो हृदयका थिए, र तिनले तिनीहरूको सामना गर्न सकेनन्, त्यस समयमा तिनीकहाँ निकम्मा व्यक्तिहरू र अधम मानिसहरूग भेला भए, र तिनीहरूले सुलेमानका छोरा रहबामको विरोधमा आफूलाई बलियो पारे। 8 अनि अहिले तिमीहरू दाऊदका सन्तानहरूको हातमा भएको परमप्रभुको राज्य सामना गर्ने विचार गर्दैछौ; अनि तिमीहरू त ठूलो फौज छौ, र तिमीहरूसित सुनका बाछाहरू छन्, जुन बाछाहरू यारोबामले तिमीहरूका निम्ति देवताहरूको रूपमा बनाएको थियो। 9 के तिमीहरूले परमप्रभुका पूजाहारीहरू अर्थात् हारूनका सन्तानहरू र लेवीहरूलाई निकालेर अन्य देशका जातिहरूको रीतिअनुसार आफ्ना निम्ति पूजाहारीहरू नियुक्त गरेका होइनौ र? हरेक जो एउटा बहर र सातवटा भेड़ाघ लिएर आफूलाई अर्पण गर्न आउँछ, त्यही तिनीहरूको पूजाहारी हुनेछ, जो ईश्वरहरू हुँदै होइनन्। 10 तर हामीचाहिँ – परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ, र हामीले उहाँलाई त्यागेका छैनौं; अनि परमप्रभुको सेवा गर्ने पूजाहारीहरूचाहिँ हारूनका सन्तान हुन्, र लेवीहरूले आफ्नो कार्यभार सम्हालिरहेका छन्। 11 अनि हरेक बिहान र हरेक बेलुकी उनीहरूले परमप्रभुका निम्ति होमबलिहरू चढ़ाउँछन् र सुगन्धित धूप बाल्छन्; अँ, शुद्ध टेबलमाथि उनीहरूले भेटीका रोटीहरू राख्छन्, र हरेक साँझमा बाल्नलाई सुनका सामदान र त्यसका दियाहरू मिलाउँछन्; किनभने हामीचाहिँ परमप्रभु हाम्रा परमेश्वरको कर्तव्य पूरा गर्छौं, तर तिमीहरूले उहाँलाई त्यागेका छौ। 12 अनि हेर, परमेश्वर आफै कप्तानको रूपमाङ हाम्रो साथमा हुनुहुन्छ, र उहाँका पूजाहारीहरू तुरहीहरू लिएर तिमीहरूको विरोधमा खतरा-ध्वनि बजाउन हाम्रो साथमा छन्। हे इस्राएलीहरूहो, परमप्रभु आफ्ना पितापुर्खाहरूका परमेश्वरको विरोधमा लड़ाइँ नगर! किनकि तिमीहरू सफल हुँदैनौ।”
13 तर यारोबामले उनीहरूको पछिल्तिरबाट जाइलाग्न ढुकेर बस्नेहरूलाई राखे। यसरी तिनीहरू यहूदाको अघिल्तिर थिए, र उनीहरूको पछिल्तिर ढुकेर बस्नेहरू थिए। 14 अनि जब यहूदाले पछाड़ि फर्केर हेरे, तब हेर, उनीहरूको अगाड़ि र पछाड़ि लड़ाइँ रहेछ; तब उनीहरूले परमप्रभुलाई पुकारे, र पूजाहारीहरूले तुहरीहरू फुके। 15 तब यहूदाका मानिसहरू चिच्च्याए; अनि जब यहूदाका मानिसहरू चिच्च्याए, तब यस्तो भयो: परमेश्वरले अबियाह र यहूदाको सामु यारोबाम र सारा इस्राएललाई प्रहार गर्नुभयो। 16 अनि इस्राएलीहरू यहूदाको सामुबाट भागे, र परमेश्वरले तिनीहरूलाई उनीहरूको हातमा सुम्पिदिनुभयो। 17 अनि अबियाह र तिनका मानिसहरूले तिनीहरूलाई ठूलो काटमारको साथ मारेच; अनि इस्राएलका पाँच लाख चुनिएका मानिसहरू मारिएर ढले। 18 अनि त्यस बेला इस्राएलीहरू अधीनतामा ल्याइए, अनि यहूदाकाहरूचाहिँ विजयी भए; किनभने उनीहरूले परमप्रभु आफ्ना पितापुर्खाहरूका परमेश्वरमाथि भरोसा राखे। 19 अनि अबियाहले यारोबामको पिछा गरे, र उनीबाट शहरहरू, अँ, बेतएल र त्यसका गाउँहरू, यशाना र त्यसका गाउँहरू अनि एप्रोन र त्यसका गाउँहरू कब्जा गरे। 20 अनि अबियाहको समयमा यारोबाम फेरि कहिल्यै बलियो हुन सकेनन्; अनि परमप्रभुले उनलाई प्रहार गर्नुभयो, र उनी मरे। 21 तर अबियाहचाहिँ शक्तिशाली भए, अनि चौध पत्नीहरू विवाह गरेछ, अनि बाइस छोराहरू र सोह्र छोरीहरू जन्माए। 22 अनि अबियाहका बाँकी कामकुराहरू, तिनका चालचलनहरू र तिनका वचनहरू भविष्यवक्ता इद्दोको वृत्तान्तमा लेखिएका छन्।