सुलेमानसित शेबाकी रानीको भेटघाट
9
अनि जब शेबाकी रानीले सुलेमानको कीर्ति सुनिन्, तब तिनी अत्यन्तै ठूलो लावालस्करको साथमा मसलाहरू, धेरै सुन र बहुमूल्य पत्थरहरू बोकेका ऊँटहरू लिएर जटिल-जटिल प्रश्नहरूले सुलेमानलाई जाँच गर्न आइन्; अनि सुलेमानकहाँ आएपछि तिनले आफ्नो मनमा भएका सबै कुराहरू उनलाई बताइदिइन्। 2 अनि सुलेमानले तिनका सबै प्रश्नहरूको उत्तर दिए; अनि सुलेमानले तिनलाई बताउन नसक्ने एउटै कुरा पनि थिएन, जो उनीदेखि लुकेको थियो। 3 अनि जब शेबाकी रानीले सुलेमानको बुद्धि र उनले बनाएको त्यो भवन, 4 अनि उनको टेबलको भोजन, उनका सेवकहरूको बसाइ, उनका नोकरचाकरहरूको उठाइक र उनीहरूको पहिरन, साथै उनका मद्य टक्राउनेहरू र तिनीहरूको पहिरन, अनि परमप्रभुको भवनतिर उक्लेर जाने उनको आरोहण देखेर तिनमा सासै रहेन। 5 अनि तिनले राजालाई भनिन्: “तपाईंका कामकुराहरू र तपाईंको बुद्धिको विषयमा मैले आफ्नो देशमा जो चर्चा सुनेकी थिएँ, त्यो सत्य रहेछ; 6 तरै पनि म आएर आफ्ना आँखाहरूले नदेखेसम्म मैले तिनीहरूका कुराहरूमा विश्वास गरिनँ। अनि हेर्नुहोस्, तपाईंको बुद्धिको महान्ताको आधा पनि मलाई बताइएको रहेनछ; किनभने मैले सुनेको त्यस कीर्तिभन्दा तपाईं बढ़ी हुनुहुन्छ। 7 तपाईंका मानिसहरू सुखीख हुन्, र तपाईंको सामु निरन्तर उभिएर तपाईंको बुद्धिका कुरा सुन्ने तपाईंका सेवकहरू सुखीख हुन्! 8 परमप्रभु तपाईंका परमेश्वर धन्यका होऊन्, जसले तपाईंसित प्रसन्न भएर तपाईंलाई परमप्रभु तपाईंका परमेश्वरका निम्ति राजा हुनलाई उहाँको सिंहासनमाथि बसाल्नुभयो! किनभने तपाईंका परमेश्वरले उनीहरूलाई सदा-सर्वदा स्थिर गर्नलाई इस्राएललाई प्रेम गर्नुभयो; यसैकारण न्याय र धार्मिकता कायम राख्नलाई उहाँले तपाईंलाई उनीहरूका राजा तुल्याउनुभयो।” 9 अनि तिनले राजालाई एक सय बीस किक्करग सुन, अति धेरै मसलाहरू र बहुमूल्य पत्थरहरू दिइन्। शेबाकी रानीले राजा सुलेमानलाई जो मसला दिएकी थिइन्, त्यस्तो फेरि कहिल्यै आएन।10 अनि ओपीरबाट सुन ल्याउने हूरामका सेवकहरू र सुलेमानका सेवकहरूले चन्दनका काठ र बहुमूल्य पत्थरहरू ल्याउँथे। 11 अनि राजाले ती चन्दनका रूखहरूबाट परमप्रभुको भवन र राजभवनका निम्ति सिँढ़ीहरू अनि गायकहरूका निम्ति वीणा र सितारहरू बनाए। अँ, त्यस्ता थोकहरू त यहूदा देशमा अघि कहिल्यै देखिदैनथिए।
12 अनि शेबाकी रानीले इच्छा गरेर मागेका सबै कुराहरू, अँ, तिनले राजाका निम्ति जे ल्याएकी थिइन्, त्योभन्दा बढ़ी राजा सुलेमानले तिनलाई दिए। तब तिनी फर्किन्, र आफ्नो देश गइन् – तिनी र तिनका नोकरचाकरहरू।
13 अनि एक-एक वर्षमा सुलेमानकहाँ आउने सुनको वजन छ सय छयसट्ठी किक्कर हुन्थ्यो – 14 व्यापारीहरू र व्यवसायीहरूले ल्याएको बाहेक। अनि अरबका सबै राजाहरू र देशका राज्यपालहरूले पनि सुलेमानकहाँ सुन र चाँदी ल्याउँथे।
सुलेमानको धनसम्पत्ति
15 अनि राजा सुलेमानले पिटेका सुनका दुई सय ठूला-ठूला ढालहरू बनाए। हरेक ढालमा छ सय शेकेलघ पिटिएको सुन लागेको थियो। 16 अनि उनले पिटेको सुनका तीन सय साना-साना ढालहरू पनि बनाए। हरेक ढालमा तीन सय शेकेलघ सुन लागेको थियो; अनि राजाले ती ढाल लबानोन वनको भवनमा राखे।
17 अनि राजाले हात्ती दाँतको एउटा ठूलो सिंहासन बनाए, र त्यसलाई निखुर सुनले मोहोरे। 18 अनि सिंहासनका छवटा खुड़्किला थिए, र एउटा सुनको पाउदान थियो। ती सिंहासनसित जोड़िएका थिए; अनि आसन भएको ठाउँको दुवैतिर हात राख्ने टेकाहरूङ थिए, र ती टेकाहरूको छेउ-छेउमा उभिरहेका दुईवटा सिंहहरू थिए। 19 अनि ती छओटै खुड़्किलाहरूका दुवैपट्टि बाह्रवटा सिंहहरू त्यहाँ खड़ा थिए। त्योजस्तो कुनै राज्यमा पनि बनिएको थिएन।
20 अनि राजा सुलेमानका पिउने सबै पात्रहरू सुनका थिए, र लबानोन वनको त्यस भवनका सबै पात्रहरू निखुर सुनका थिए। कुनै चीज पनि चाँदीको थिएन; सुलेमानको समयमा यसको केही मूल्य थिएन। 21 किनभने राजाका जहाजहरू हूरामका सेवकहरूसित टार्शिशमा जान्थे। तीन वर्षमा एकपल्ट ती टार्शिशका जहाजहरू सुन, चाँदी, हात्ती दाँत, बाँदरहरू र मयूरहरू लिएर आउँथे। 22 यसरी राजा सुलेमानले धनसम्पत्ति र बुद्धिमा पृथ्वीका सबै राजाहरूलाई उछिने।
23 अनि परमेश्वरले सुलेमानको हृदयमा हालिदिनुभएको उनको बुद्धि सुन्नलाई पृथ्वीका सबै राजाहरू उनको चेहराको खोजी गर्थे। 24 अनि वर्षैपिच्छे तिनीहरू हरेकले दरअनुसार आ-आफ्नो सौगात ल्याउँथे: चाँदीका पात्रहरू र सुनका पात्रहरू, लुगाहरू, अस्त्रशस्त्र, मसलाहरू, घोड़ाहरू र खच्चरहरू दरले ल्याउँथे।
25 अनि सुलेमानसित घोड़ाहरू र रथहरूका निम्ति चार हजार तबेलाहरू थिए, र बाह्र हजार घोड़चढ़ीहरू थिए। अनि तिनीहरूलाई उनले रथका शहरहरूमा र यरूशलेममा राजासित राखे। 26 अनि सुलेमानलेच यूफ्रेटिस नदीदेखिछ लिएर पलिस्तीहरूको देश र मिस्रको सिमानासम्मका सबै राजाहरूमाथि राज्य गर्थे। 27 अनि प्रशस्त भएकाले राजाले यरूशलेममा चाँदीलाई ढुङ्गाहरूसरह र देवदारका रूखहरूलाई तराईमा भएका किम्बूकाज रूखहरूसरह तुल्याइदिए। 28 अनि तिनीहरूले सुलेमानका निम्ति मिस्र देश र सबै देशहरूबाट घोड़ाहरू ल्याइदिन्थे।
29 अनि सुलेमानका शुरुदेखि अन्तसम्मका बाँकी कामकुराहरू – के ती कुराहरू भविष्यवक्ता नातानको पुस्तक, शिलोनी अहियाहको भविष्यवाणी र नबातका छोरा यारोबामको विषयमाझ दर्शी इद्दोका दर्शनहरूमा लेखिएका छैनन् र? 30 अनि सुलेमानले यरूशलेममा सारा इस्राएलमाथि चालीस वर्ष राज्य गरे। 31 त्यसपछि सुलेमान आफ्ना पितापुर्खाहरूसित सुते, र आफ्ना पिता दाऊदको शहरमा गाड़िए; अनि उनको सट्टामा उनका छोरा रहबामले राज्य गरे।