परमप्रभुको भवनको समर्पण
6
तब सुलेमानले भने: “परमप्रभुले भन्नुभएको छ, ‘म घोर अन्धकारमा वास गर्नेछु।’ 2 तर मैले तपाईंका निम्ति एउटा निवासस्थानरूपी भवन र तपाईंका निम्ति सदा-सर्वदा बस्ने एउटा स्थान बनाइदिएको छु।” 3 अनि राजाले आफ्नो अनुहार फर्काएर इस्राएलको सारा समुदायलाई आशीर्वाद दिए; अनि इस्राएलको सारा समुदाय उभिरहेको थियो। 4 अनि तिनले भने: “परमप्रभु इस्राएलका परमेश्वर धन्यका होऊन्, जसले आफ्नो मुखले मेरा पिता दाऊदसित बोल्नुभएको यसो भन्ने वचन आफ्नो हातले पूरा गर्नुभयो: 5 ‘मैले आफ्नो प्रजालाई मिस्र देशबाट निकालेर ल्याएको दिनदेखि उसो त्यहाँ मेरो नाम रहोस् भनेर एउटा भवन बनाउनलाई मैले इस्राएलका सबै कुलहरूबाट कुनै शहर चुनिनँ, न ता मैले कुनै मानिसलाई मेरो प्रजा इस्राएलमाथि शासक हुनलाई चुनें; 6 तर मैले यरूशलेमलाई मेरो नाम त्यहाँ रहोस् भनी चुनेको छु, र दाऊदलाई मेरो प्रजा इस्राएलमाथि शासन गर्न चुनेको छु।’ 7 अनि मेरा पिता दाऊदको हृदयमा परमप्रभु इस्राएलका परमेश्वरको नामका निम्ति एउटा भवन बनाउने चाहना थियो; 8 तर परमप्रभुले मेरा पिता दाऊदलाई भन्नुभयो: ‘तिम्रो हृदयमा मेरो नामका निम्ति एउटा भवन बनाइदिने चाहना थियो; यो चाहना तिम्रो हृदयमा भएकोमा तिमीले असल गर्यौ; 9 तर पनि तिमीले त्यो भवन बनाउनेछैनौ, तर तिम्रो छोराले, जो तिम्रो शरीरबाटक उत्पन्न हुनेछ, उसैले मेरो नामका निम्ति त्यो भवन बनाउनेछ।’ 10 यसकारण परमप्रभुले आफूले बोल्नुभएको आफ्नो वचन पूरा गर्नुभयो; किनभने परमप्रभुले प्रतिज्ञा गर्नुभएझैं म मेरा बुबा दाऊदको सट्टामा खड़ा भएँ, र इस्राएलको सिंहासनमाथि बस्दैछु, अनि परमप्रभु इस्राएलका परमेश्वरको नामका निम्ति त्यो भवन बनाएको छु। 11 अनि मैले त्यसमा त्यो सन्दुक राखेको छु, जसमा परमप्रभुको वाचा छ, जुन वाचा उहाँले इस्राएलीहरूसित बाँध्नुभएको थियो।”परमप्रभुको भवनको समर्पण हुँदा सुलेमानको प्रार्थना
12 तब तिनी इस्राएलको सारा समुदायको सामु परमप्रभुको वेदीको अघिल्तिर उभिए, र आफ्ना हातहरू फैलाए; 13 किनकि सुलेमानले पाँच हात लमाइ, पाँच हात चौड़ाइ र तीन हात उचाइ भएको एउटा पित्तलको मञ्च बनाएर त्यसलाई चोकको बीचमा राखेका थिए; अनि त्यसमाथि तिनी खड़ा भए, इस्राएलको सारा समुदायको सामु आफ्ना घुँड़ा टेके र स्वर्गतिर आफ्ना हात फैलाए, 14 र भने: “हे परमप्रभु, इस्राएलका परमेश्वर, आफ्नो सम्पूर्ण हृदयले तपाईंको सामु हिँड़्ने तपाईंका दासहरूसित वाचा र करुणा कायम राख्ने तपाईंजस्तो अरू कुनै ईश्वर छैन, न ता स्वर्गमा, न पृथ्वीमा नै। 15 तपाईंले आफ्ना दास, मेरा पिता दाऊदसित, उनलाई जे प्रतिज्ञा गर्नुभएको थियो, सो पूरा गर्नुभयो; अँ, तपाईंले आफ्नो मुखले बोल्नुभयो, र आफ्ना हातले त्यो पूरा गर्नुभयो, जसरी आजको दिनमा भइरहेको छ। 16 यसकारण अब हे परमप्रभु, इस्राएलका परमेश्वर, तपाईंले आफ्ना दास, मेरा पिता दाऊदसित यसो भन्दै उनलाई जे प्रतिज्ञा गर्नुभएको थियो, सो पूरा गर्नुहोस्!ख ‘तिमी मेरो सामु हिँड़ेझैं तिम्रा सन्तान आफ्नो चालमा होशियार भएरग मेरो व्यवस्थामा हिँड़े भने मेरो दृष्टिमा इस्राएलको सिंहासनमाथि बस्नका निम्ति तिमीलाई कुनै मानिसको अभाव हुनेछैन।’ 17 यसकारण अब हे परमप्रभु, इस्राएलका परमेश्वर, तपाईंले आफ्ना दास दाऊदसित बोल्नुभएको आफ्नो वचन सत्य ठहरियोस्! 18 तर के परमेश्वर साँच्चै पृथ्वीमा मानिसहरूसित वास गर्नुहुन्छ त? हेर्नुहोस्, स्वर्ग त के, सर्वोच्च स्वर्गमा पनि तपाईं अटाउनुहुन्न; झन् कति बढ़्ता गरी मैले बनाएको यस भवनमा तपाईं अटाउनुहुन्न! 19 यसकारण हे परमप्रभु, मेरा परमेश्वर, तपाईंको दासले तपाईंको सामु चढ़ाएको पुकारा र प्रार्थना सुनिदिनलाई आफ्नो दासको प्रार्थना र उसको विन्तीप्रति ध्यान दिनुहोस्! 20 र तपाईंका आँखाहरू रातदिन यस भवनपट्टि, अँ, यस ठाउँपट्टि खुला रहून्, जसको विषयमा तपाईंले ‘त्यहाँ म मेरो नाम राख्नेछु’ भनी भन्नुभएको थियो, कि तपाईंको दासले यस ठाउँपट्टि फर्केर चढ़ाएको प्रार्थना तपाईंले सुन्नुहोस्! 21 यसकारण तपाईंको दासका विन्तीहरू र तपाईंको प्रजा इस्राएलका विन्तीहरू सुन्नुहोस्, जुन विन्तीहरू तिनीहरूले यस ठाउँपट्टि फर्केर चढ़ाउनेछन्! स्वर्गबाट, आफ्नो वासस्थानबाट सुनिदिनुहोस्! अनि सुनेर क्षमा गर्नुहोस्!
22 यदि कुनै मानिसले आफ्नो छिमेकीको विरोधमा पाप गर्यो, र त्यसमाथि एउटा शपथ हालेर त्यसलाई शपथ खान लगाइयो; अनि त्यो शपथ यस भवनमा तपाईंको वेदीको सामु आइपुग्यो भने, 23 तपाईंले स्वर्गबाट सुनेर कारवाही गर्नुहोस्, र दुष्टलाई त्यसको चाल त्यसको थाप्लोमा ल्याउन दोषी ठहऱ्याउँदै र धर्मी जनलाई उसको धार्मिकताअनुसारको प्रतिफल दिन निर्दोष ठहऱ्याउँदै आफ्ना दासहरूको न्याय गरिदिनुहोस्!
24 अनि तपाईंको प्रजा इस्राएलले तपाईंको विरोधमा पाप गरेको कारणले उनीहरू आफ्नो शत्रुको सामु पराजित भए भने, अनि फेरि फर्केर, तपाईंको नाम स्वीकार गरेर र प्रार्थना गरेर यस भवनमा तपाईंको सामु विन्ती चढ़ाए भने, 25 स्वर्गबाट सुनीकन आफ्नो प्रजा इस्राएलको पाप क्षमा गरिदिनुहोस्! र उनीहरूलाई, उनीहरूलाई र उनीहरूका पितापुर्खाहरूलाई दिनुभएको देशमा फर्काएर ल्याउनुहोस्!
26 उनीहरूले तपाईंको विरोधमा पाप गरेको कारणले जब आकाश बन्द हुन्छ र पानी पर्दैन, अनि तपाईंले उनीहरूलाई कष्ट दिनुभएको हुनाले उनीहरूले यस ठाउँपट्टि फर्केर प्रार्थना गरे, तपाईंको नाम स्वीकार गरे र आफ्नो पापदेखि फर्के भने, 27 स्वर्गबाट सुनीकन आफ्ना दासहरूको र आफ्नो प्रजा इस्राएलको पाप क्षमा गरिदिनुहोस्, र उनीहरूलाई उनीहरू हिँड़्नुपर्ने असल मार्ग सिकाउनुहोस्; अनि तपाईंले आफ्नो प्रजालाई अधिकारको भागकोघ रूपमा दिनुभएको तपाईंको देशमाथि पानी बर्साइदिनुहोस्!
28 यदि देशमा अनिकाल पर्यो भने, यदि महामारी, सेप्य्राइ र ढुसी, सलह वा झुसिल्कीरा लाग्यो भने; यदि उनीहरूका शत्रुहरूले उनीहरूलाई उनीहरूका शहरहरूकोङ देशमा घेरा हालेच भने – जुनसुकै विपत्ति, जुनसुकै रोग किन न होस् – 29 कुनै मानिसबाट वा तपाईंको सारा प्रजा इस्राएलबाट चढ़ाइने जुनसुकै प्रार्थना र जुनसुकै विन्ती होस् – किनकि तिनीहरू हरेकले आफ्नै हृदयको पीड़ा जान्दछन् – अनि उसले यस भवनपट्टि आफ्ना हातहरू फैलायो भने, 30 स्वर्ग आफ्नो वासस्थानबाट सुन्नुहोस्, र क्षमा गर्नुहोस्! अनि हरेक मानिसलाई, जसको हृदय तपाईं जान्नुहुन्छ, उसका सबै चालहरूअनुसार प्रतिफल दिनुहोस्! (किनभने केवल तपाईंले नै मानिसका सन्तानहरूको हृदय जान्नुहुन्छ); 31 यसैले कि तपाईंले हाम्रा पितापुर्खाहरूलाई दिनुभएको देशमा उनीहरूले बाँचुन्जेल सारा जीवनभरि नै तपाईंका मार्गहरूमा हिँड़्न तपाईंको भय मानून्।
32 यसबाहेक कुनै परदेशीको विषयमा पनि, जो तपाईंको प्रजा इस्राएलको होइन, तापनि तपाईंको महान् नाम, तपाईंको शक्तिशाली हात र तपाईंको पसारिएको पाखुराको खातिर टाढ़ा देशबाट आउँछ। जब आएर तिनीहरूले यस भवनपट्टि फर्केर प्रार्थना गरे भने, 33 स्वर्गबाट, आफ्नो वासस्थानबाट सुनिदिनुहोस् र त्यस परदेशीले जेका निम्ति तपाईंलाई पुकार्ला, सो सब कुराअनुसार गरिदिनुहोस्! यस हेतुले कि पृथ्वीका सबै मानिसहरूले तपाईंको नाम जानून्, तपाईंको प्रजा इस्राएलले झैं तपाईंको डर मानून् र मैले बनाएको यो भवन तपाईंको नामले कहलाइएको छ भनेर जानून्!
34 तपाईंको प्रजा तपाईंले उनीहरूलाई पठाउनुभएको बाटोमा आफ्ना शत्रुहरूसित लड़ाइँ गर्न निस्कँदा उनीहरूले तपाईंले चुन्नुभएको यस शहरपट्टि र मैले तपाईंको नामका निम्ति बनाएको यस भवनपट्टि फर्केर तपाईंलाई प्रार्थना चढ़ाए भने, 35 स्वर्गबाट उनीहरूको प्रार्थना र उनीहरूको विन्ती सुन्नुहोस् र उनीहरूको मुद्दा लड़्नुहोस्छ!
36 उनीहरूले तपाईंको विरोधमा पाप गरे भने, (किनभने पाप नगर्ने कुनै मानिस नै छैन), र उनीहरूसित क्रोधित भएर तपाईंले उनीहरूलाई उनीहरूका शत्रुहरूको हातमा सुम्पिदिनुभयो, र तिनीहरूले उनीहरूलाई कैद गरेर टाढ़ा वा नजिक देशमा लगे भने, 37 अनि उनीहरूलाई कैद गरेर लगेको देशमा उनीहरूको होश खुल्यो, र तपाईंकहाँ फर्केर उनीहरूले उनीहरूलाई कैद गरेर लगिएको देशमा ‘हामीले पाप गरेका छौं, टेढ़ा व्यवहार गरेका छौं, दुष्ट काम गरेका छौं’ भन्दै तपाईंलाई प्रार्थना चढ़ाए भने, 38 अनि उनीहरूलाई कैद गरेर लगिएको देशमा, जहाँ तिनीहरूले उनीहरूलाई कैद गरेर लगे, उनीहरू आफ्नो सम्पूर्ण हृदयले र आफ्नो सम्पूर्ण प्राणले तपाईंकहाँ फर्केर तपाईंले उनीहरूका पितापुर्खाहरूलाई दिनुभएको उनीहरूको देशपट्टि, तपाईंले चुन्नुभएको यस शहरपट्टि र मैले तपाईंको नामका निम्ति बनाएको यस भवनपट्टि फर्केर प्रार्थना गरे भने, 39 स्वर्गबाट, तपाईंको वासस्थानबाट उनीहरूको प्रार्थना र उनीहरूको विन्ती सुनिदिनुहोस्! र उनीहरूको मुद्दा लड़िदिनुहोस्! छअनि आफ्नो प्रजालाई क्षमा गर्नुहोस्, जसले तपाईंको विरोधमा पाप गरे। 40 अब हे मेरा परमेश्वर, म तपाईंलाई विन्ती गर्छु, यस ठाउँमा गरिने प्रार्थनाप्रति तपाईंका आँखाहरू खुला रहून् र तपाईंका कानहरूले ध्यान दिऊन्!
41 यसकारण अब हे परमप्रभु परमेश्वर, उठ्नुहोस्, तपाईंको विश्रामस्थानभित्र आउनुहोस् – तपाईं र तपाईंको सामर्थ्यको सन्दुक! हे परमप्रभु परमेश्वर, तपाईंका पूजाहारीहरूले उद्धारको वस्त्र पहिरेका होऊन्, र तपाईंका पवित्र जनहरू भलाइमा आनन्दित होऊन्! 42 हे परमप्रभु परमेश्वर, आफ्नो अभिषिक्त जनको मुख नफर्काइदिनुहोस्! आफ्ना दास दाऊदका करुणाहरू सम्झनुहोस्!”