परमप्रभुको भवनका अरू सरसामानहरू
4
अनि तिनले पित्तलको एउटा वेदी बनाए, जसको लमाइ बीस हात, जसको चौड़ाइ बीस हात र जसको उच्चाइ दस हात थियो। 2 अनि तिनले ढालेर बनाएको एउटा विशाल टङ्कीक बनाए, जो एक बिटदेखि अर्को बिटसमम्म दस हातको थियो; त्यो चारैतिर गोलाकार थियो; अनि त्यसको उच्चाइ पाँच हात थियो, र त्यसको घेरा तीस हात थियोख। 3 अनि त्यसमुनि वरिपरि त्यसलाई घेरिरहेका एक हातमा दसवटा हुने दरले गोरुहरूका आकृतिहरू थिए, जसले त्यस टङ्कीलाई चारैतिर घेरेका थिए। त्यो टङ्की ढाल्दाखेरि नै दुई लहर गोरुहरू ढालिएका थिए। 4 त्यो टङ्की तीनवटा उत्तरपट्टि फर्केका, तीनवटा पश्चिमपट्टि फर्केका, तीनवटा दक्षिणपट्टि फर्केका र तीनवटा पूर्वपट्टि फर्केका बाह्रवटा गोरुहरूमाथि खड़ा थियो; अनि त्यो टङ्की तिनैमाथि बसालिएको थियो, र तिनका पछाड़िका भागहरू सबै भित्रपट्टि फर्केका थिए। 5 अनि त्यसको मोटाइ एक बित्ता थियो, र त्यसको बिटचाहिँ कचौराको बिटको बनावटजस्तो, लिली फूलहरूजस्तै बनाइएको थियो; त्यसमा जम्मा तीन हजार बतग अटाउँथ्यो।6 तिनमा धुनका निम्ति तिनले दसवटा बाटाहरू बनाए, अनि पाँचवटा दाहिनेपट्टि र पाँचवटा देब्रेपट्टि राखिदिए। होमबलिको रूपमा तिनीहरूले जे चढ़ाउँथे, त्यसलाई तिनीहरूले तिनैमा पखाल्थे; तर त्यो टङ्कीचाहिँ पूजाहारीहरूका निम्ति थियो, त्यसमा धुनलाई।
7 अनि तिनले दसवटा सुनका सामदानहरू तिनीहरूको रूपअनुसार बनाए, र पवित्रस्थानभित्रघ पाँचवटा दाहिनेपट्टि र पाँचवटा देब्रेपट्टि राखे।
8 अनि तिनले दसवटा टेबलहरू बनाए, र पवित्रस्थानभित्रघ पाँचवटा दाहिनेपट्टि र पाँचवटा देब्रेपट्टि राखे। अनि तिनले सुनका एक सयवटा बाटाहरू बनाए।
9 अनि तिनले पूजाहारीहरूको चोक, ठूलो चोक र चोकका ढोकाहरू बनाए, र तिनका ढोकाहरू पित्तलले मोहोरे। 10 अनि तिनले त्यो टङ्की भवनको दाहिनेपट्टि अर्थात् दक्षिणको सामु पूर्वपट्टि राखे।
11 अनि हूरामले भाँड़ाहरू, बेल्चाहरू र बाटाहरू बनाए। अनि परमेश्वरको भवनका निम्ति हूरामले राजा सुलेमानका लागि बनाइदिनुपर्ने काम गरेर सिद्ध्याए – 12 अर्थात् दुईवटा खाँबाहरू, ती पिण्डहरूङ र ती दुई खाँबाहरूका थाप्लामा राखिएका टुप्पाहरू र ती खाँबाहरूका थाप्लामा राखिएका टुप्पारूपी दुई पिण्डहरूङ ढाक्ने दुईवटा जालीहरू, 13 साथै दुईवटा जालीहरूका निम्ति चार सय दारीमहरू अर्थात् ती खाँबाहरूमाथि राखिएका टुप्पारूपी दुईवटा पिण्डहरू ढाक्नलाई एउटा जालीका निम्ति दुई लहर दारीमहरू।
14 अनि तिनले आधारहरू, र ती आधारहरूमाथि बाटाहरू बनाए; 15 एउटा टङ्की र त्यसमुनि बाह्रवटा गोरुहरू; 16 साथै भाँड़ाहरू, बेल्चाहरू, काँटाहरू र तिनका सबै सरसामानहरू हूराम-आबीले राजा सुलेमानका लागि परमेश्वरको भवनका निम्ति टल्किरहेको पित्तलका बनाए। 17 यर्दनको मैदानमा सुक्कोत र सरेदाकोच बीचमा भएको चिम्ट्याहा माटोमा राजाले ती थोकहरू ढालेका थिए। 18 यसरी सुलेमानले यी सबै सरसामानहरू यति प्रशस्त मात्रामा बनाए, कि त्यसमा लागेको पित्तलको वजनको हिसाबै लगाई नसकिने थियो।
19 अनि सुलेमानले परमेश्वरको भवनका निम्ति चाहिने सबै सरसामानहरू, अर्थात् सुनको वेदी, भेटीका रोटीहरू राख्ने टेबलहरू; 20 साथै भित्री पवित्रस्थानकोछ सामु विधिपूर्वक बाल्नलाई तिनीहरूका दियाहरूसहित निखुर सुनका सामदानहरू; 21 अनि सुनका, अँ, परमउत्तम सुनका फूलहरू, दियाहरू, चिम्टाहरू; 22 र निखुर सुनका सलेतो काट्ने कैंचीहरू, बाटाहरू, चम्चाहरू र आगोदानीहरू बनाए। अनि त्यस भवनको प्रवेशद्वार, महापवित्रस्थानका निम्ति त्यसका भित्री ढोकाहरू र पवित्रस्थानरूपीछ भवनका ढोकाहरू सुनका थिए।