सेनापतिहरू, शासकहरू र अन्य अधिकारीहरू
27
अनि इस्राएलीहरू – तिनीहरूको संख्याअनुसार पितापुर्खाहरूका प्रधानहरू, हजारौंमाथि र सयौंमाथिका कप्तानहरू अनि तिनीहरूका अफिसरहरू यिनीहरू थिए, जसले वर्षका सबै महिनाभरि महिनैपिच्छे भित्र आउँदै र बाहिर जाँदै गरेका दलहरूको हरेक कामकुरामा राजाको सेवा गर्थे; एक-एक दलमा चौबीस हजार थिए। 2 पहिलो महिनाको पहिलो दलका अधिकारी जब्दिएलका छोरा याशोबाम थिए; अनि तिनको दलमा चौबीस हजार थिए। 3 तिनी पेरेसका सन्तानका थिए, जो पहिलो महिनाका निम्ति सबै सेनापतिहरूका प्रधान थिए। 4 अनि दोस्रो महिनाको दलका अधिकारी अहोही दोदैक थिए; अनि मिक्लोतचाहिँ तिनको दलका शासक थिए। अनि तिनको दलमा चौबीस हजार थिए। 5 तेस्रो महिनाका तेस्रो सेनापति प्रधान पूजाहारी यहोयादाका छोरा बनायाह थिए; अनि तिनको दलमा चौबीस हजार थिए। 6 यिनी ती बनायाह थिए, जो तीसजना शूरवीरहरूमध्ये एक थिए, जो तीसजनाका अगुवाख थिए; अनि तिनको दलमा तिनका छोरा अम्मिजाबाद थिए। 7 चौथो महिनाका चौथो सेनापति योआबका भाइ असाहेल थिए; र तिनको पछि तिनका छोरा जबद्याह थिए। अनि तिनको दलमा चौबीस हजार थिए। 8 पाँचौं महिनाका पाँचौ सेनापति यिज्राही शम्हूत थिए; अनि तिनको दलमा चौबीस हजार थिए। 9 छैटौं महिनाका छैटौं सेनापति टेकोई इक्केशका छोरा इरा थिए; अनि तिनको दलमा चौबीस हजार थिए। 10 सातौं महिनाका सातौं सेनापति एप्रैमवंशी पलोनी हेलेस थिए; अनि तिनको दलमा चौबीस हजार थिए। 11 आठौं महिनाका आठौं सेनापति जेरहीहरूका हुशाती सिब्ब्कै थिए; अनि तिनको दलमा चौबीस हजार थिए। 12 नवौं महिनाका नवौं सेनापति बिन्यामिनवंशी अनातोती अबिएजेरग थिए; अनि तिनको दलमा चौबीस हजार थिए। 13 दसौं महिनाका दसौं सेनापति जेरहीहरूका नतोपाती महरै थिए; अनि तिनको दलमा चौबीस हजार थिए। 14 एघारौं महिनाका एघारौं सेनापति एप्रैमवंशी पिरातोनी बनायाह थिए; अनि तिनको दलमा चौबीस हजार थिए। 15 बाह्रौं महिनाका बाह्रौं सेनापति ओत्निएलका नतोपाती हेल्दैघ थिए; अनि तिनको दलमा चौबीस हजार थिए।16 अनि इस्राएलका कुलहरूका अधिकारीहरू यिनीहरू थिए: रूबेनीहरूका शासक जिक्रीका छोरा एलिएजेर; शिमोनीहरूका शासक माकाका छोरा शपत्याह; 17 लेवीहरूका शासक कमूएलका छोरा हशब्याह; हारूनीहरूका शासक सादोक; 18 यहूदाका शासक एलिहूङ, जो दाऊदका दाजुहरूमा एक थिए; इस्साकारका शासक मिकाएलका छोरा ओम्री; 19 जबूलूनका शासक ओबद्याहका छोरा इश्मायाह; नप्तालीका शासक अज्रिएलका छोरा यरिमोत; 20 एप्रैमीहरूका शासक अजज्याहका छोरा होशेअ; मनस्सेको आधा कुलका शासक पदायाहका छोरा योएल; 21 गिलादमा भएको मनस्सेको आधा कुलका शासक जकर्याहका छोरा इद्दो; बिन्यामिनका शासक अब्नेरका छोरा यासिएल; 22 दानका शासक यरोहामका छोरा अजरेल। यिनीहरू इस्राएलका कुलहरूका शासकहरू थिए।
23 तर दाऊदले बीस वर्ष र त्यसभन्दा मुनिकाहरूको गन्ती लिएनन्; किनभने परमप्रभुले ‘इस्राएललाई संख्यामा आकाशका ताराहरूझैं बढ़ाउनेछु’ भन्नुभएको थियो। 24 सरूयाका छोरा योआबले गन्ती लिन थालेका थिए; तर तिनले यो काम सिद्ध्याएनन्; किनभने यसले गर्दा इस्राएलमाथि क्रोध आइपर्यो; अनि त्यो संख्या राजा दाऊदको इतिहासको पुस्तकमा पनि लेखिएन।
25 अनि राजाका भण्डारहरूका अधिकारी अदिएलका छोरा अज्मावेत थिए; अनि खेतबारीहरूमाच, शहरहरूमा, गाउँहरूमा र किल्लाहरूमा भएका भण्डारहरूका अधिकारी उज्जियाहका छोरा यहोनातान थिए। 26 अनि जमिनको खनजोत गर्न खेतबारीका काम गर्नेहरूका अधिकारी कलूबका छोरा एज्री थिए। 27 अनि दाखबारीहरूका अधिकारी रामाती शिमी थिए, अनि दाखबारीहरूका उब्जनीको दाखमद्य राख्ने भण्डारहरूका अधिकारी शिप्मीछ जब्दी थिए। 28 अनि तराईमा भएका जैतूनका रूखहरू र नेभाराका रूखहरूका अधिकारी गदेरी बाल-हानान थिए; अनि तेलका भण्डारहरूका अधिकारी योआश थिए। 29 अनि शारोनमा चर्ने गाईबस्तुहरूका अधिकारी शारोनी शित्रै थिए; अनि बेंसीहरूमा चर्ने गाईबस्तुहरूका अधिकारीचाहिँ अद्लैका छोरा शापात थिए। 30 अनि ऊँटहरूका अधिकारी इश्माएली ओबिल थिए; अनि गधाहरूका अधिकारी मेरोनोती येहद्याह थिए। 31 अनि भेड़ाबाख्राहरूका अधिकारी हगरी याजिज थिए। यिनीहरू सबै राजा दाऊदका सम्पत्तिका अधिकारीहरू थिए।
32 अनि दाऊदका काका योनातान एक सल्लाहकार, एक समझदार मानिस, अँ, एक शास्त्री थिए; अनि हक्मोनीका छोरा यहिएलचाहिँ राजाका छोराहरूसित थिए। 33 अनि अहितोपेल राजाका सल्लाहकार थिए; अनि एरेकी हूशैचाहिँ राजाका मित्र थिए। 34 अनि अहितोपेलपछि बनायाहका छोरा यहोयादा र अबियातार सल्लाहकार भए। अनि राजाका सेनाका सेनाध्यक्षचाहिँ योआब थिए।