द्वारपालहरूका दलहरू
26
द्वारपालहरूका दलहरू यस प्रकारका थिए: कोरहीहरूबाट आसाफका छोराहरूबाट कोरेका छोरा मशेलेम्याह थिए। 2 अनि मशेलेम्याहका छोराहरू: पहिलो जकर्याह, दोस्रो यदिअएल, तेस्रो जबद्याह, चौथो यत्निएल, 3 पाँचौं एलाम, छैटौं यहोहानान र सातौं एलिहोएनै। 4 अनि ओबेद-एदोमका छोराहरू थिए: पहिलो शमायाह, दोस्रो जहोजाबाद, तेस्रो योआह, चौथो साकार, पाँचौं नतनेल, 5 छैटौं अम्मिएल, सातौं यिस्साकार र आठौं पउल्तै; किनकि परमेश्वरले तिनलाई आशिष् दिनुभएको थियो। 6 अनि तिनका छोरा शमायाहका छोराहरू जन्मे, जसले आफ्ना बुबाको घरानामा शासन गर्थे; किनकि उनीहरू शूरवीर योद्धा थिए। 7 शमायाहका छोराहरू: ओत्नी, रफाएल, ओबेद, एल-जाबाद, जसका भाइहरू एलिहू र समक्याह शक्तिशाली मानिसहरू थिए। 8 यिनीहरू सबै ओबेद-एदोमका सन्तान थिए। उनीहरू साथै उनीहरूका छोराहरू र दाजुभाइहरू, जो ओबेद-एदोमका बयसट्ठीजना थिए, सेवाका निम्ति शक्ति भएका योग्य मानिसहरू थिए। 9 अनि मशेलेम्याहका अठारजना छोराहरू र दाजुभाइहरू थिए, जो शक्तिशाली मानिसहरू थिए। 10 अनि मरारीका सन्तानमध्ये होसाका पनि छोराहरू थिए: प्रधान शिम्री; (किनकि तिनी जेठा नभए पनि तिनका बुबाले तिनलाई प्रधान तुल्याएका थिए); 11 दोस्रो हिल्कियाह, तेस्रो तबल्याह, चौथो जकर्याह। होसाका छोराहरू र दाजुभाइहरू जम्मा तेह्रजना थिए।12 यी मानिसहरूअनुसार, अँ, यी प्रधानहरूअनुसार द्वारपालहरूका दलहरू भए, जस-जसलाई उनीहरूका दाजुभाइहरूलाई झैं गरी परमप्रभुको भवनमा सेवा गर्नलाई बराबर जिम्मेवारीहरू दिइएका थिए। 13 अनि के साना, के ठूला, उनीहरूले आफ्ना पितापुर्खाहरूको घरानाअनुसार हरेक मूलढोकाका निम्ति गोला हाले। 14 अनि पूर्वपट्टिको गोला शेलेम्याहको नाममा निस्क्यो। त्यसपछि तिनीहरूले तिनका छोरा जकर्याहका निम्ति गोला हाले, जो एक बुद्धिमान् सल्लाहकार थिए, र उनको गोला उत्तरपट्टिका निम्ति पर्यो। 15 ओबेद-एदोमको गोला दक्षिणपट्टिका निम्ति, र तिनका छोराहरूको गोलाचाहिँ भण्डार-गृहका निम्ति पर्यो। 16 सुप्पीम र होसको गोलाचाहिँ उकालो लाग्ने राजमार्गमा भएको शल्लेकेत नामक मूलढोकासमेत पश्चिमपट्टिका निम्ति पर्यो, जहाँ पहरा-टोलीहरू आमुन्ने-सामुन्ने थिए। 17 पूर्वपट्टि छजना लेवीहरू, उत्तरपट्टि दिनहुँ चारजना, दक्षिणपट्टि दिनहुँ चारजना र भण्डारहरूतिर दुई-दुईजना खटिएका थिए। 18 पश्चिमपट्टि पर्बारमा – राजमार्गमा चारजना र पर्बारमा दुईजना खटिएका थिए। 19 कोरेका छोराहरूबाट र मरारीका छोराहरूबाट द्वारपालहरूका दलहरू यी थिए।
भण्डारीहरू, अधिकारीहरू र न्यायकर्ताहरू
20 अनि लेवीहरूबाट अहियाह परमेश्वरको भवनका भण्डारहरू, र अर्पण गरिएका वस्तुहरूका भण्डारहरूका अधिकारी थिए। 21 लादानका छोराहरूचाहिँ यहिएलीहरू थिए – यी गेर्शोनीहरूका सन्तानहरू लादानका थिए; यी पितापुर्खाहरूका प्रधानहरू गेर्शोनी लादानका थिए। 22 यहिएलीका छोराहरू जेताम र तिनका भाइ योएल थिए, जो परमप्रभुको भवनका भण्डारहरूका अधिकारी थिए। 23 अम्रामीहरू, यिसहारीहरू, हेब्रोनीहरू र उज्जिएलीहरूको विषयमा चाहिँ – 24 मोशाका छोरा गेर्शोमका छोरा शबूएल भण्डारहरूका शासक थिए। 25 अनि एलिएजेरपट्टिका तिनका भाइहरू – तिनका छोरा रहब्याह थिए, जसका छोरा यशायाहक, जसका छोरा योराम, जसका छोरा जिक्री, जसका छोरा शलोमोतख थिए। 26 तिनै शलोमोत र तिनका भाइहरू अर्पण गरिएका वस्तुहरूका सबै भण्डारहरूका अधिकारी थिए, जुन वस्तुहरू राजा दाऊदले अनि पितापुर्खाहरूका प्रधानहरू, हजारौंमाथिका र सयौंमाथिका कप्तानहरू अनि सेनापतिहरूले अर्पण गरेका थिए। 27 लड़ाइँहरूमा जितेर ल्याएका लुटका मालहरूबाट तिनीहरूले परमप्रभुको भवनको सम्भारका निम्ति अर्पण गरे। 28 अनि जेजति दर्शी शमूएलले, अनि किशका छोरा शाऊल, नेरका छोरा अब्नेर र सरूयाका छोरा योआबले अर्पण गरेका थिए, वा अरू कसैले अर्पण गरेको थियो, ती सबै थोकहरू शलोमोत र तिनका दाजुभाइहरूको अधीनतामा थिए। 29 यिसहारीहरूबाट कनन्याह र तिनका छोराहरूचाहिँ बाहिरको कामका निम्ति इस्राएलमाथि अफिसरहरू र न्यायकर्ताहरू थिए। 30 अनि हेब्रोनीहरूबाट हशब्याह र तिनका दाजुभाइहरू, जो एक हजार सात सय शक्तिशाली मानिसहरू थिए, उनीहरू परमप्रभुको सारा कामका निम्ति र राजाको सेवाका निम्ति यर्दनवारि, पश्चिमपट्टिको इस्राएलमाथि अधिकारी थिए। 31 हेब्रोनीहरूबाट यरियाह तिनका पितापुर्खाहरूका पुस्ताहरूअनुसार हेब्रोनीहरूका प्रधान थिए। दाऊदको शासन-कालको चालीसौं वर्षमा उनीहरूको खोजतलाश गरियो, र गिलादको याजेरमा उनीहरूको बीचमा शूरवीर योद्धाहरू भेट्टाइए। 32 अनि तिनका दाजुभाइहरू दुई हजार सात सय शक्तिशाली मानिसहरू थिए, जो पितापुर्खाहरूका प्रधानहरू थिए, जसलाई राजा दाऊदले परमेश्वरको हरेक कामकुरा, र राजाको कामकुराका निम्ति रूबेनीहरू, गादीहरू र मनस्सेको आधा कुलमाथि अधिकारी तुल्याए।