हारूनका सन्तान अर्थात् पुजाहारीका दलहरू र उनीहरूको जिम्मेवारी
24
अनि हारूनका सन्तानका दलहरू यी नै हुन्। हारूनका छोराहरू: नादाब, अबिहू, एलाजार र इतामार। 2 तर नादाब र अबिहूचाहिँ तिनीहरूका बुबाभन्दा पहिले सन्तान नभई मरे; यसकारण एलाजार र इतामारले पूजाहारीको काम गरे। 3 अनि दाऊदले एलाजारका सन्तानबाट सादोकलाई र इतामारका सन्तानबाट अहिमेलेकलाई नै उनीहरूका पदहरूअनुसार उनीहरूको सेवा छुट्ट्याइदिए।4 अनि इतामारका सन्तानमा भन्दा एलाजारका सन्तानमा बढ़ी प्रधानहरू भेट्टाइए; अनि तिनीहरूले उनीहरूलाई यस प्रकारले छुट्ट्याए: एलाजारका सन्तानबाट उनीहरूका पितापुर्खाहरूको घरानाअनुसार सोह्रजना प्रधानहरू थिए भने इतामारका सन्तानबाट यिनीहरूका पितापुर्खाहरूको घरानाअनुसार आठजना थिए। 5 यसरी तिनीहरूले गोलाहरू हालेर उनीहरूलाई बराबर छुट्ट्याए; किनकि एलाजारका सन्तानहरू र इतामारका सन्तानहरूबाट पवित्रस्थानका शासकहरू र परमेश्वरको भवनका शासकहरू भए। 6 अनि लेवीहरूबाट एकजना अर्थात् नतनेलका छोरा शमायाह शास्त्रीले राजा, शासकहरू, पूजाहारी सादोक, अबियातारका छोरा अहिमेलेकको सामु, साथै पूजाहारीहरू र लेवीहरूका पितापुर्खाहरूका प्रधानहरूको सामु एलाजारका निम्ति पितापुर्खाको एक घराना, र इतामारका निम्ति एक घराना लिएर उनीहरूका नामहरू लेखिदिए।
7 अनि पहिलो गोला यहोयारिबको नाममा निस्क्यो, दोस्रो यदायाहको नाममा, 8 तेस्रो हारिमको नाममा, चौथो सओरिमको नाममा, 9 पाँचौं मल्कियाहको नाममा, छैटौं मियामिनको नाममा, 10 सातौं हक्कोसको नाममा, आठौं अबियाहको नाममा, 11 नवौं येशूअको नाममा, दसौं शकन्याहको नाममा, 12 एघारौं एल्याशिबको नाममा, बाह्रौं याकिमको नाममा, 13 तेह्रौं हुप्पाको नाममा, चौधौं येशेबाबको नाममा, 14 पन्ध्रौं बिल्गाको नाममा, सोह्रौं इम्मेरको नाममा, 15 सत्रौं हेजिरको नाममा, अठारौं हप्पिसेसको नाममा, 16 उन्नाइसौं पतहियाहको नाममा, बीसौं यहेजकेएलकोक नाममा, 17 एक्काइसौं याकिनको नाममा, बाइसौं गामूलको नाममा, 18 तेइसौं दलायाहको नाममा र चौबीसौं माज्याहको नाममा निस्क्यो। 19 परमप्रभु इस्राएलका परमेश्वरले हारूनलाई आज्ञा गर्नुभएअनुसार उनीहरू आफ्ना बुबाको अधीनतामा रहेर आफ्नो रीतिअनुसार आफ्नो सेवामा परमप्रभुको भवनभित्र पस्नका निम्ति उनीहरूका पदहरू यी थिए।
20 अनि लेवीका बाँकी सन्तानहरू यिनीहरू थिए: अम्रामका छोराबाट शूबाएल; शूबाएलका छोराबाट येहद्याह; 21 रहब्याहको चाहिँ – रहब्याहका छोराबाट यिशियाह प्रधान थिए। 22 यिसहारीहरूबाट शलोमोतख; शलोमोतका छोराबाट यहत। 23 अनि हेब्रोनका छोराहरू: पहिलो यरियाह, दोस्रो अमर्याह, तेस्रो यहजिएल र चौथो यकमाम। 24 उज्जिएलका छोराहरूबाट मीका; मीकाका छोराबाट शामीर। 25 मीकाका भाइ यिशियाह थिए; यिशियाहका छोराबाट जकर्याह। 26 मरारीका छोराहरू: महली र मूशी; याजियाहका छोराहरू: बनो। 27 याजियाहबाट मरारीका सन्तानहरू – बनो, शोहम, जक्कूर र इब्री। 28 महलीबाट एलाजार भए, जसका छोराहरू भएनन्। 29 किशको चाहिँ – किशका छोरा येरहमेएल। 30 अनि मूशीका छोराहरू: महली, एदेर र यरिमोतग भए। यिनीहरू आफ्ना पितापुर्खाहरूको घरानाअनुसार लेवीका सन्तान थिए। 31 यिनीहरूले पनि आफ्ना दाजुभाइहरू अर्थात् हारूनका छोराहरूले गरेझैं राजा दाऊद, सादोक र अहिमेलेकको सामु अनि पूजाहारीहरू र लेवीहरूका पितापुर्खाहरूका प्रधानहरूको सामु गोलाहरू हाले – यी प्रधान बुबाहरूले, र उनीहरूका भाइहरूले पनि।