लेवीहरूको जिम्मेवारी
23
अनि जब दाऊद वृद्ध भए, र पूरा वर्ष खाए, तब उनले आफ्ना छोरा सुलेमानलाई इस्राएलमाथि राजा बनाए। 2 तब उनले पूजाहारीहरू र लेवीहरूको साथमा इस्राएलका सबै प्रधानहरूलाई भेला गरे। 3 अनि तीस वर्ष र त्यसभन्दा माथिका लेवीहरूको गन्ती लिइयो; अनि उनीहरूलाई एक-एक गरी पुरुषहरूको गन्ती गर्दा उनीहरूको संख्या अठतीस हजार थियो; 4 तीमध्ये चौबीस हजारको काम परमप्रभुको भवनको कामको देखरेख गर्नु थियो भने छ हजारचाहिँ अफिसरहरू र न्यायकर्ताहरू थिए। 5 अनि चार हजार द्वारपालहरू थिए, र चार हजारचाहिँ ती बाजाहरू बजाएर परमप्रभुको स्तुति गर्नेहरू थिए, जुन बाजाहरूको विषयमा दाऊदले भने ‘मैले तिनलाई स्तुति गर्नलाई बनाएको हुँ’। 6 अनि दाऊदले उनीहरूलाई लेवीका छोराहरूअनुसार गेर्शोमक, कहात र मरारीको बीचमा दल-दल गरी छुट्ट्याइदिए।7 गेर्शोनीहरूबाट लादानख र शिमी थिए। 8 लादानका छोराहरू: प्रधान यहिएल, अनि जेताम र योएल, तीनजना। 9 शिमीका छोराहरू: शलोमित, हजिएल र हारान, तीनजना। यिनीहरू लादानका पितापुर्खाहरूका प्रधानहरू थिए। 10 अनि शिमीका छोराहरू: यहत, जिनाग, यउश र बरिया। यी चारजना शिमीका छोराहरू थिए। 11 अनि यहत प्रधान थिए, र दोस्रो जिजा; तर यउश र बरियाका धेरै छोराहरू थिएनन्; यसैले उनीहरू उनीहरूका पितापुर्खाहरूको घरानाअनुसार एउटै गन्तीमा गनिए।
12 कहातका छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्जिएल, चारजना। 13 अम्रामका छोराहरू: हारून र मोशा। अनि हारून, उनले र उनका छोराहरूले सधैंभरि परमपवित्र वस्तुहरू पवित्र तुल्याऊन् भनेर सधैंभरि परमप्रभुको सामु धूप बाल्न, उहाँको सेवा गर्न र उहाँको नाममा आशीर्वाद दिनलाई अलग गरिएका थिए। 14 अनि परमेश्वरको जन मोशाचाहिँ – उनका छोराहरूका नाम लेवी कुलमा राखिए। 15 मोशाका छोराहरू गेर्शोम र एलिएजेर थिए। 16 गेर्शोमका छोराहरूमध्ये शबूएल प्रधान थिए। 17 अनि एलिएजेरका छोराहरू: रहब्याह, जो प्रधान थिए। अनि एलिएजेरका अरू छोराहरू भएनन्; तर रहब्याहका छोराहरू अति धेरै भए। 18 यिसहारका छोराहरूमध्ये शलोमित प्रधान थिए। 19 हेब्रोनका छोराहरूमध्ये पहिलो यरियाह, दोस्रो अमर्याह, तेस्रो यहजिएल र चौथो यकमाम थिए। 20 उज्जिएलका छोराहरूमध्ये पहिलो मीका र दोस्रो यिशियाह थिए।
21 मरारीका छोराहरू: महली र मूशी। महलीका छोराहरू: एलाजार र किश। 22 अनि एलाजार मरे, र तिनका छोराहरू थिएनन्, छोरीहरू मात्र थिए। तब तिनीहरूका दाजुभाइहरूले अर्थात् किशका छोराहरूले तिनीहरूलाई विवाह गरेघ। 23 मूशीका छोराहरू: महली, एदेर र यरेमोत, तीनजना।
24 आ-आफ्ना पितापुर्खाहरूको घरानाअनुसार लेवीका सन्तान अर्थात् पितापुर्खाहरूका प्रधानहरू यिनै थिए, जो एक-एक गरी तिनीहरूका नामको संख्याअनुसार गनिएका थिए, जसले परमप्रभुको भवनको सेवाको काम गर्थे, जो बीस वर्ष र त्यसभन्दा माथिका थिए। 25 किनकि दाऊदले भने: “परमप्रभु इस्राएलका परमेश्वरले आफ्नो प्रजालाई, उनीहरूले सदा-सर्वदा यरूशलेममा वास गरून् भनेर विश्राम दिनुभयो; 26 साथै लेवीहरूलाई पनि विश्राम दिनुभयो; उनीहरूले अबदेखि उसो तम्बू र त्यसको सेवाका निम्ति त्यसको कुनै पात्र बोक्नुपर्नेछैन।” 27 किनकि दाऊदका अन्तिम वचनहरूअनुसार बीस वर्ष र त्यसभन्दा माथिका लेवीहरूको गन्ती लिइयो; 28 किनभने उनीहरूको स्थानचाहिँ चोकहरूमा, कोठाहरूमा, सबै पवित्र वस्तुहरूको शुद्धिकरणमा र परमेश्वरको भवनको सेवाको काममा परमप्रभुको भवनको सेवाका निम्ति हारूनका छोराहरूलाई सघाउनु थियो, 29 अर्थात् भेटीका रोटीहरू र अन्नबलिको मैदा, अखमिरे रोटीहरू, तावामा पकाइएको थोक र तेलमा पोलिएको थोकका निम्ति, अनि सबै तौलने र नाप्ने साधनका निम्ति, 30 साथै हरेक बिहान र त्यस्तै गरी हरेक बेलुकी खड़ा भएर परमप्रभुलाई धन्यवाद चढ़ाउन र प्रशंसा गर्नका निम्ति सघाउनु थियो; 31 अनि विश्रामदिनहरूमा, औंसीहरूमा र ठहराइएका चाड़हरूमा उनीहरूलाई दिइएको आदेशमुताबिकको संख्याअनुसार निरन्तर परमप्रभुलाई सबै होमबलिहरू चढ़ाउनु थियो। 32 र उनीहरूले भेट हुने पालको जिम्मेवारी, पवित्रस्थानको जिम्मेवारी र आफ्ना दाजुभाइहरूलाई अर्थात् हारूनका छोराहरूलाई परमप्रभुको भवनको सेवाको काममा सघाउने जिम्मेवारी वहन गर्नु थियो।