अम्मोनीहरूको राजधानी रब्बा कब्जा गरियो
20
अनि त्यो वर्ष बितेपछि राजाहरू लड़ाइँ गर्न निस्केको बेलामा यस्तो भयो: योआबले सेनाको शक्ति लगाएर अम्मोनीहरूको देशलाई नष्ट गरे, अनि आएर रब्बालाई घेरामा हाले। तर दाऊदचाहिँ यरूशलेममा बसिरहे। अनि योआबले रब्बालाई प्रहार गरे, र त्यसलाई नाश पारे। 2 अनि दाऊदले त्यसका राजाको शिरबाट मुकुट उतारे, र त्यसको वजन एक किक्करक सुन भेट्टाए; अनि त्यसमा बहुमूल्य पत्थरहरू थिए; अनि त्यो दाऊदको शिरमा लगाइयो। अनि उनले त्यस शहरबाट प्रशस्त लुटको माल ल्याए। 3 अनि उनले त्यसभित्र भएका मानिसहरूलाई बाहिर ल्याए, र तिनीहरूलाई आरा, चुच्चा-चुच्चा धार भएका फलामे हतियारहरू र बन्चराहरूले काटे। अनि अम्मोनीहरूका सबै शहरहरूसित दाऊदले यस्तै गरे। तब दाऊद र सबै मानिसहरू यरूशलेममा फर्के।पलिस्तिहरूसित केही लड़ाइँहरू
4 अनि त्यसपछि यस्तो भयो: गेजेरमा पलिस्तीहरूसँग लड़ाइँ चल्यो; त्यस बेला हुशाती सिब्ब्कैले रपाईकाख सन्तानबाट सिप्पैलाई मारे, र तिनीहरू अधीनतामा आए।
5 अनि पलिस्तीहरूसित फेरि लड़ाइँ भयो; अनि याएरका छोरा एल-हानानले गित्ती गोलियतको भाइ लहमीलाई मारे, जसको भालाको डण्डा जुलाहाकोग डण्डाजत्रो थियो।
6 अनि फेरि पनि गातमा एउटा लड़ाइँ भयो, जहाँ एकजना ठूलो जीउडालको मान्छे थियो, जसको हरेक हात र खुट्टामा छ–छवटा गरेर जम्मा चौबीसवटा औंला थिए। अनि त्यो पनि रपाईबाटघ नै जन्मेको थियो। 7 तर जब त्यसले इस्राएललाई ललकार गर्यो, तब दाऊदका दाजु शिमेअका छोरा योनातानले त्यसलाई मारिदिए। 8 यिनीहरू गातमा रपाईबाटघ नै जन्मेका थिए, अनि दाऊदको हातबाट र उनका सेवकहरूको हातबाट मारिए।