अम्मोनीहरू र अरामीहरूसित दाऊदका लड़ाइँहरू
19
अनि त्यसपछि यस्तो भयो: अम्मोनीहरूका राजा नाहाश मरे, र तिनको सट्टामा तिनका छोराले राज्य गरे। 2 तब दाऊदले भने: “नाहाशका छोरा हानूनलाई म दया देखाउनेछु; किनकि तिनका बुबाले पनि मलाई दया देखाएका थिए।” अनि दाऊदले तिनका बुबाको विषयमा तिनलाई सान्त्वना दिन दूतहरू पठाए। 3 तर अम्मोनीहरूका शासकहरूले हानूनलाई भने: “के दाऊदले तपाईंकहाँ सान्त्वना दिने मानिसहरू पठाउँदा उनले तपाईंका पितालाई आदर गरेको हो भन्ने तपाईंलाई लाग्दैछ? के उनका सेवकहरू यस देशको खोजतलाश गर्न, यसलाई पल्टाउन र जासुस गर्न तपाईंकहाँ आएका होइनन् र?” 4 यसैले हानूनले दाऊदका सेवकहरूलाई पक्रे, उनीहरूका दाह्री खौरिदिए, उनीहरूका लुगाहरू बीचैमा उनीहरूका चाकसम्म काटे र उनीहरूलाई पठाइदिए। 5 तब कसैले गएर यी मानिसहरूप्रति गरिएको त्यस व्यवहारको विषयमा दाऊदलाई सुनाइदिए। तब उनीहरूलाई भेट्न भनी उनले मानिसहरू पठाए; किनकि यी मानिसहरू साह्रै लजाएका थिए। अनि राजाले भने: “तिमीहरूका दाह्री नबढ़ुन्जेल यरिहोमा बस, र त्यसपछि फर्क।”6 अनि जब अम्मोनीहरूले दाऊदको सामु आफू घृणित बनेका देखे, तब हानून र अम्मोनीहरूले मेसोपोटामिया, अराम-माका र जोबाहबाट आफ्ना निम्ति रथहरू र घोड़चढ़ीहरू भाड़ामा लिनलाई एक हजार किक्करक चाँदी पठाए। 7 यसरी तिनीहरूले बत्तीस हजार रथहरू, साथै माकाका राजा र तिनका मानिसहरूलाई भाड़ामा लिए; र तिनीहरू आएर मेदबाको सामु छाउनी हाले। अनि अम्मोनीहरू आफ्ना शहरहरूबाट भेला भएर लड़ाइँ गर्न आए। 8 अनि यो कुरा सुनेर दाऊदले योआबलाई र शक्तिशाली मानिसहरूको सारा सेना पठाए। 9 तब अम्मोनीहरू निस्केर आए, र शहरको मूलढोकाको सामु लड़ाइँका निम्ति मोर्चा बाँधे; अनि जो राजाहरू आएका थिए, तिनीहरू मैदानमा अलग्गै थिए। 10 जब योआबले आफ्नो अघिल्तिर र पछिल्तिर आफ्नो विरोधमा लड़ाइँ-व्यूह भएको देखे, तब तिनले इस्राएलका सबै चुनिएका मानिसहरूबाट कतिलाई चुने, र उनीहरूलाई अरामीहरूको विरोधमा मोर्चा बाँधे; 11 अनि बाँकी मानिसहरूलाई तिनले आफ्नो भाइ अबिशैको हातमा सुम्पिदिए; र तिनीहरूले चाहिँ अम्मोनीहरूको विरोधमा मोर्चा बाँधे। 12 अनि तिनले भने: “अरामीहरू मभन्दा बलिया भए भने तिमीले मलाई सहायता गर! तर अम्मोनीहरू तिमीभन्दा बलिया भए भने म तिमीलाई सहायता गर्नेछु। 13 साहसी होऊ, र हाम्रा मानिसहरूका निम्ति र हाम्रा परमेश्वरका शहरहरूका निम्ति वीरता देखाऔं! अनि परमप्रभुलाई जे असल लाग्छ, उहाँले त्यही गरून्!” 14 तब योआब र तिनीसँग भएका मानिसहरू लड़ाइँ गर्नलाई अरामीहरूको सामु नजिक गए; र अरामीहरूख तिनको सामुबाट भागे। 15 अनि जब अम्मोनीहरूले अरामीहरू भागेका देखे, तब तिनीहरू पनि योआबकाग भाइ अबिशैको सामुबाट भागेर त्यस शहरभित्र पसे। तब योआब यरूशलेममा फर्केर आए।
16 अनि जब अरामीहरूले इस्राएलको सामु आफूले हार खाएको देखे, तब तिनीहरूले दूतहरू पठाएर नदी-पारिकाघ अरामीहरूलाई निकालेर ल्याए; अनि हदर-एजेरका सेनापति शोपकचाहिँङ तिनीहरूको अघि थिएच। 17 अनि यो कुरा दाऊदलाई सुनाइयो; तब उनले सारा इस्राएललाई भेला गरे, यर्दन पार गरे, तिनीहरूमाथि जाइलागे र तिनीहरूको विरोधमा मोर्चा बाँधे। अनि जब दाऊदले अरामीहरूको विरोधमा लड़ाइँ गर्न मोर्चा बाँधे, तब तिनीहरूले उनीसँग लड़ाइँ गरे। 18 तर अरामीहरू इस्राएलको सामुबाट भागे; अनि दाऊदले अरामीहरूका सात हजार रथीहरू र चालीस हजार पैदल सिपाहीहरूलाई मारे, साथै सेनापति शोपकलाई पनि मारे। 19 अनि जब हदर-एजेरका कर्मचारीहरूलेछ इस्राएलको सामु आफूले हार खाएको देखे, तब तिनीहरूले दाऊदसित मेलमिलाप राखे, र उनको सेवा गरे; अनि अरामीहरूले अम्मोनीहरूलाई फेरि कहिल्यै सहायता गर्न मानेनन्।