दाऊदका विजयहरू र उनको राज्यको स्थापना
18
अनि यस्तो भयो: दाऊदले पलिस्तीहरूलाई प्रहार गरे, र तिनीहरूलाई आफ्नो वशमा ल्याए, अनि गात र त्यसका गाउँहरू पलिस्तीहरूको हातबाट कब्जा गरे।2 अनि उनले मोआबलाई प्रहार गरे; अनि मोआबीहरू दाऊदका दास बने, र कर ल्याए।
3 अनि जोबाहका राजा हदर-एजेरक यूफ्रेटिस नदीमा आफ्नो सिमाना स्थापित गर्न जाँदा दाऊदले हमातमा जोबाहका राजा हदर-एजेरलाई प्रहार गरे। 4 अनि दाऊदले तिनीबाट एक हजार रथ, सात हजार घोड़चढ़ी र बीस हजार पैदल सिपाहीहरूलाई कब्जा गरे। अनि दाऊदले सबै रथका घोड़ाहरूका ढाड़नसा काटिदिए, तर तीबाट उनले एक सय रथका निम्ति जोगाइराखे।
5 तर जब दमस्कसबाट अरामीहरू जोबाहका राजा हदर-एजेरलाई सहायता गर्न आए, तब दाऊदले अरामीहरूका बाइस हजार मानिसहरूलाई मारिदिए। 6 तब दाऊदले दमस्कसको अराममा सेना-चौकीहरू राखे; अनि अरामीहरू दाऊदका दास बने, र कर ल्याए। यसरी परमप्रभुले दाऊदलाई, उनी जहाँ-जहाँ गए, ती सबै ठाउँमा सुरक्षित राख्नुभयो। 7 अनि दाऊदले हदर-एजेरका कर्मचारीहरूसँगख भएका सुनका ढालहरू लिए, र तिनलाई यरूशलेममा ल्याए। 8 अनि दाऊदले हदर-एजेरका शहरहरू तिब्हत र कूनबाट अति धेरै पित्तल ल्याए, जसबाट सुलेमानले पित्तलको विशाल टङ्कीग, ती खाँबाहरू र पित्तलका भाँड़ाकुँड़ाहरू बनाए।
9 जब दाऊदले जोबाहका राजा हदर-एजेरको सारा सेनालाई प्रहार गरेको कुरा हमातका राजा तोऊलेघ सुने, 10 तब तिनले आफ्ना छोरा हदोरामलाईङ राजा दाऊदकहाँ उनलाई अभिवादन गर्न र उनलाई धन्यवाद चढ़ाउन पठाए; किनभने दाऊदले हदर-एजेरसित लड़ाइँ गरेर तिनलाई प्रहार गरेका थिए; (किनकि तोऊसँग हदर-एजेरका लड़ाइँहरू भइरहन्थे); अनि हदोरामले साथमा सबै किसिमका सुन, चाँदी र पित्तलका भाँड़ाहरूच ल्याए – 11 ती थोकहरू पनि राजा दाऊदले त्यो चाँदी र सुनसित परमप्रभुलाई अर्पण गरे, जुन चाँदि र सुन उनले ती सबै जातिहरूबाट अर्थात् एदोम, मोआब, अम्मोनीहरू, पलिस्तीहरू र अमालेकीहरूबाट ल्याएका थिए।
12 अनि सरूयाका छोरा अबिशैले पनि नुनको बेंसीमा अठार हजार एदोमीहरूलाई मारे। 13 अनि उनले एदोममा सेना-चौकीहरू राखे; अनि सबै एदोमीहरू दाऊदका दास बने। यसरी परमप्रभुले दाऊदलाई, उनी जहाँ-जहाँ गए, ती सबै ठाउँमा सुरक्षित राख्नुभयो।
दाऊदका कर्मचारीहरू
14 अनि दाऊदले सारा इस्राएलमाथि राज्य गरे, अनि आफ्नो सारा प्रजाका निम्ति न्याय र धार्मिकता कायम राखे। 15 अनि सरूयाका छोरा योआब सेनापतिछ थिए; अनि अहिलूदका छोरा यहोशापातचाहिँ इतिहास लेखक थिए। 16 अनि अहितूबका छोरा सादोक र अबियातारका छोरा अबिमेलेकज पूजाहारीहरू थिए; अनि शव्शा सचिवझ थिए। 17 अनि यहोयादाका छोरा बनायाह करेतीहरूञ र पलेतीहरूकाट कमान्डर थिए; र दाऊदका छोराहरूचाहिँ राजाको वरिपरि रहने प्रधानहरू थिए।