यरूशलेमका बासिन्दाहरू
9
यसरी सारा इस्राएलको वंशावली उल्लेख गरियो; अनि हेर, इस्राएलका राजाहरूको पुस्तकमा तिनीहरू लेखिएका छन्; अनि यहूदा आफ्नो अपराधको कारणले बाबेलमा लगियो। 2 अनि आ-आफ्ना अधिकारका भागहरूमा आ-आफ्ना शहरहरूमा पहिलो बस्ने बासिन्दाहरू इस्राएलीहरू, पूजाहारीहरू, लेवीहरू र नतिनिमहरूक थिए।3 अनि यरूशलेममा चाहिँ यहूदाका सन्तानबाट, बिन्यामिनका सन्तानबाट अनि एप्रैम र मनस्सेका सन्तानहरूबाट कोही-कोही बस्थे; 4 जस्तै यहूदाका छोरा पेरेसका वंशबाट अम्मिहूदका छोरा ऊत्तै, जो ओम्रीका नाति, इम्रीका पनाति, बानीका खनाति थिए; 5 अनि शिलोनीहरूबाट जेठा असायाह र तिनका छोराहरू; 6 अनि जेरहका सन्तानबाट यउएल र उनीहरूका दाजुभाइहरू – छ सय नब्बे;
7 अनि बिन्यामिनीहरूबाट मशुल्लामका छोरा सल्लू, जो होदबियाहका नाति, हस्नूआका पनाति थिए, 8 अनि यरोहामका छोरा यिब्नयाह; अनि उज्जीका छोरा एला, जो मिक्रीका नाति थिए; र शपत्याहका छोरा मशुल्लाम, जो रूएलका नाति, यिब्नियाहका पनाति थिए; 9 अनि आ-आफ्ना पुस्ताहरूअनुसार उनीहरूका दाजुभाइहरू नौ सय छप्पन्नजना थिए। यिनीहरू सबै आफ्ना पितापुर्खाहरूको घरानामा पितापुर्खाहरूका प्रधानहरू थिए।
10 अनि पूजाहारीहरूबाट यदायाह, यहोयारिब, याकीन, 11 अनि हिल्कियाहका छोरा अजर्याह, जो मशुल्लामकाख नाति, सादोकका पनाति, मरायोतका खनाति, अहितूबका जनाति थिए – तिनी परमेश्वरका भवनका शासक थिए; 12 अनि यरोहामका छोरा, पश्हूरका नाति, मल्कियाहका पनाति अदायाह; अनि अदिएलका छोरा, यहजेरका नाति, मशुल्लामका पनाति, मशिलेमितका खनाति, इम्मेरका जनाति मासै; 13 साथै उनीहरूका दाजुभाइहरू; उनीहरू आफ्ना पितापुर्खाहरूको घरानाका एक हजार सात सय साठी प्रधानहरू थिए, जो परमेश्वरको भवनको सेवाको कामका निम्ति अति योग्य थिए।
14 अनि लेवीहरूबाट, अर्थात् मरारीका सन्तानबाट हश्शूबका छोरा शमायाह, जो अज्रिकामका नाति, हशब्याहका पनाति थिए; 15 अनि बक्बक्कर, हेरेश, गालाल र मीकाका छोरा मत्तन्याह, जो जिक्रीका नाति, आसाफका पनाति थिए; 16 अनि शमायाहका छोरा ओबद्याह, जो गालालका नाति, यदूतूनका पनाति थिए, अनि आसाका छोरा बेरेक्याह, जो एल्कानाका नाति थिए, जो नतोपातीहरूका गाउँहरूमा बस्थे।
द्वारपालहरू
17 अनि द्वारपालहरू शल्लूम, अक्कूब, तल्मोन, अहिमान र उनीहरूका दाजुभाइहरू थिए; शल्लूमचाहिँ प्रधान थिए; 18 उनीहरू अहिलेसम्म पूर्वपट्टि राजाको मूलढोकामा थिए। उनीहरू लेवीहरूका छाउनीहरूका द्वारपालहरू थिए। 19 अनि कोरेका छोरा, एब्यासापका नाति, कोरहका पनाति शल्लूम र तिनका दाजुभाइहरू, जो तिनका पिताको घरानाकाहरू अर्थात् कोरहीहरू थिए, उनीहरू सेवाको कामका अधिकारी र निवासस्थानका ढोकाहरूका पहरा दिनेहरू थिए; अनि उनीहरूका बुबाहरू, जो परमप्रभुको छाउनीकाग अधिकारीहरू थिए, प्रवेशद्वारका रखवालाहरू थिए। 20 अनि बितेको समयमा एलाजारका छोरा पीनहास उनीहरूमाथि शासक थिए; अनि परमप्रभु तिनको साथमा हुनुहुन्थ्यो। 21 अनि मेशेलेम्याहका छोरा जकर्याह भेट हुने पालको ढोकाका द्वारपाल थिए। 22 यिनीहरू सबै, जो ढोकाहरूमा द्वारपालहरूको रूपमा चुनिएका थिए, दुई सय बाह्रजना थिए। आ-आफ्नो वंशावलीअनुसार उनीहरू आ-आफ्ना गाउँबस्तीहरूमा गनिएका थिए; उनीहरूलाई दाऊद र दर्शी शमूएलले उनीहरूको जिम्मामा सुम्पिएको काममा नियुक्त गरेका थिए। 23 यसरी उनीहरू र उनीहरूका सन्तानले पालेहरूको रूपमा परमप्रभुको भवन अर्थात् निवासस्थानरूपी भवनका मूलढोकाहरूमाथि अधिकारी थिए। 24 पूर्व, पश्चिम, उत्तर र दक्षिणपट्टि चारै दिशामा द्वारपालहरू थिए। 25 अनि गाउँबस्तीहरूमा भएका उनीहरूका दाजुभाइहरू सात-सात दिनपछि समय-समयमा उनीहरूको साथमा आउनुपर्थ्यो। 26 किनकि चारजना मुख्य द्वारपालहरू – यिनीहरू लेवीहरू थिए – आ-आफ्नो जिम्मामा सुम्पिएको काममा नियुक्त गरिएका थिए, र यिनीहरू परमेश्वरको भवनका कोठाहरू र भण्डारहरूमाथि अधिकारीहरू थिए। 27 अनि यिनीहरूले परमेश्वरको भवनको वरिपरि रात बिताउँथे; किनकि जिम्मेवारी यिनीहरूमाथि सुम्पिएको थियो, र बिहानैपिच्छे त्यसको खोल्ने काम यिनीहरूको थियो।
28 अनि उनीहरूमध्ये कसै-कसैलाई सेवामा प्रयोग गरिने सरसामानहरूको जिम्मेवारी सुम्पिएको थियो; किनकि गन्ती गरेर उनीहरूले तिनलाई भित्र ल्याउँथे, र गन्ती गरेर तिनलाई बाहिर लैजान्थे। 29 अनि उनीहरूमध्ये कतिचाहिँ सरसामानहरू, पवित्रस्थानका सबै भाँड़ाकुँड़ाहरू, साथै मैदा, दाखमद्य, तेल, धूपघ र मसलाहरूमाथि अधिकारीको रूपमा नियुक्त गरिएका थिए। 30 पूजाहारीहरूका कतिपय छोराहरूले मसलाहरूबाट सुगन्धित अत्तर बनाउँथे। 31 अनि लेवीहरूबाट मत्तित्याह – तिनी कोरही शल्लूमका जेठा छोरा थिए – उनको तोकिएको कामअनुसार तावाहरूमा पकाइएका खानेकुराहरूमाथि अधिकारी थिए। 32 अनि उनीहरूका कति दाजुभाइहरू, जो कहातीहरूमध्येका थिए, हरेक विश्रामदिन भेटीका रोटीहरू तयार गर्नलाई ती भेटीका रोटीमाथि जिम्मेवार थिए। 33 अनि यिनीहरू गायकहरू थिए, जो लेवीहरूका पितापुर्खाहरूका प्रधानहरू थिए; उनीहरू कोठाहरूमा बस्थे, र अरू कामबाट छुट पाएका थिए; किनकि दिनरात उनीहरू त्यही काममा व्यस्त रहन्थे। 34 लेवीहरूका पितापुर्खाहरूका यी प्रधानहरू आ-आफ्ना पुस्ताहरूमा प्रधानहरू थिए; उनीहरू यरूशलेममा बस्थे।
राजा शाऊलको वंशावली
35 अनि गिबोनमा गिबोनका पिता यइएल बस्थे, जसकी पत्नीको नाम माका थियो। 36 अनि तिनका जेठा छोरा अब्दोन थिए, त्यसपछि सूर, किश, बाल, नेर, नादाब, 37 गदोर, अहियो, जकर्याह र मिक्लोत थिए। 38 अनि मिक्लोतले शिमामलाईङ जन्माए। अनि यिनीहरू पनि यरूशलेममा आफ्ना दाजुभाइहरूसँगै, तिनीहरूको सामु बस्थे। 39 अनि नेरले किशलाई जन्माए; अनि किशले शाऊललाई जन्माए; र शाऊलले योनातान, मल्किशूअ, अविनादाब र एश्बाललाई जन्माए। 40 अनि योनातानका छोरा मरिब-बालच थिए; अनि मरिब-बालले मीकालाई जन्माए। 41 अनि मीकाका छोराहरू: पितोन, मेलेक, तारेअ र आहाज थिए। 42 अनि आहाजले यारालाईछ जन्माए; अनि याराले आलेमेत, अज्मावेत र जिम्रीलाई जन्माए; र जिम्रीले मोजालाई जन्माए। 43 अनि मोजाले विनालाई जन्माए, जसका छोरा रपायाहज थिए, जसका छोरा एलासा, जसका आसेल थिए। 44 अनि आसेलका छजना छोराहरू थिए, जसका नामहरू यी हुन्: अज्रिकाम, बोकरू, इश्माएल, शार्याह, ओबद्याह र हनान। यिनीहरू आसेलका छोराहरू थिए।