बिन्यामिनका सन्तानहरू
8
अब बिन्यामिनले आफ्ना पहिलो छोरा बेला, दोस्रो अश्बेल, तेस्रो अहरह, 2 चौथो नोहा र पाँचौं रापालाई जन्माए। 3 अनि बेलाका छोराहरू: अद्दार, गेरा, अबिहूद, 4 अबिशूअ, नामान, अहोह, 5 गेरा, शपूपान र हूराम थिए। 6 अनि यिनीहरू एहूदका छोराहरू थिए; यिनीहरू गेबाका बासिन्दाहरूका पितापुर्खाहरूको घरानाका प्रधानहरू थिए; अनि यिनीहरूले तिनीहरूलाई मानहतमा सारेक; 7 अर्थात् नामान, अहियाह र गेरा – तिनले नै उनीहरूलाई सारेख, अनि उज्जा र अहिहूदलाई जन्माए। 8 अनि शहरैमले तिनीहरूलाई – आफ्ना पत्नीहरू हूशीम र बारालाई – पठाइदिएपछि मोआब देशमा छोराछोरीहरू जन्माए। 9 अनि तिनले आफ्नी पत्नी होदेशबाट योबाब, सिब्या, मेशा, मल्काम, 10 यउस, शाकिया र मिर्मा जन्माए। यिनीहरू तिनका छोराहरू थिए, जो पितापुर्खाहरूका प्रधानहरू थिए। 11 अनि हूशिमबाट तिनले अबितूब र एल्पाल जन्माए। 12 एल्पालका छोराहरू: एबेर, मिशाम र शेमेद, जसले ओनो, र लोद त्यसका गाउँबस्तीहरूसमेत बनाए। 13 अनि बरिया र शेमा पनि थिए; उनीहरू अय्यालोनका बासिन्दाहरूका पितापुर्खाहरूका प्रधानहरू थिए, जसले गातका बासिन्दाहरूलाई भगाएका थिए; 14 अनि अहियो, शाशक, यरेमोत, 15 जबद्याह, अराद, एदेर, 16 मिकाएल, यिश्पा, योहा, जो बरियाका छोराहरू थिए; 17 अनि जबद्याह, मशुल्लाम, हिज्की, हेबेर, 18 साथै यिश्मरै, यिज्लिया र योबाब, जो एल्पालका छोराहरू थिए; 19 अनि याकीम, जिक्री, जब्दी, 20 एलिएनै, सिल्ल्तै, एलिएल, 21 अदायाह, बरायाह र शिम्रात, जो शिमीका छोराहरू थिए; 22 अनि यिश्पान, हेबेर, एलिएल, 23 अब्दोन, जिक्री, हानान, 24 हननियाह, एलाम, अन्तोतियाह, 25 यिपदियाह र पनूएल, जो शाशकका छोराहरू थिए; 26 अनि शम्शेरै, शहर्याह, अतल्याह, 27 यारेश्याह, एलियाह र जिक्री, जो यरोहामका छोराहरू थिए। 28 यिनीहरूका पुस्ताहरूअनुसार यिनीहरू पितापुर्खाहरूका प्रधानहरू, अँ, मुख्य पुरुषहरू थिए। यिनीहरू यरूशलेममा बस्थे।राजा शाऊलको वंशावली
29 अनि गिबोनमा गिबोनका पिता बस्थे, जसकी पत्नीको नाम माका थियो। 30 अनि तिनका जेठा छोरा अब्दोन थिए, त्यसपछि सूर, किश, बाल, नादाब, 31 गदोर, अहियो र जेकेर थिए; 32 अनि मिक्लोतले शिमालाई जन्माए। अनि यिनीहरू पनि यरूशलेममा आफ्ना दाजुभाइहरूसँगै, तिनीहरूको सामु बस्थे। 33 अनि नेरले किशलाई जन्माए, अनि किशले शाऊललाई जन्माए, र शाऊलले योनातान, मल्किशूअ, अविनादाब र एश्बाललाई जन्माए। 34 अनि योनातानका छोरा मरिब-बालग थिए; अनि मरिब-बालले मीकालाई जन्माए। 35 अनि मीकाका छोराहरू पितोन, मेलेक, तारेअ र आहाज थिए। 36 अनि आहाजले यहोअदालाई जन्माए; अनि यहोअदाले आलेमेत, अज्मावेत र जिम्रीलाई जन्माए; र जिम्रीले मोजालाई जन्माए। 37 अनि मोजाले विनालाई जन्माए, जसका छोरा रापा थिए, जसका छोरा एलासा, जसका छोरा आसेल थिए। 38 अनि आसेलका छजना छोराहरू थिए, जसका नामहरू यी नै हुन् – अज्रिकाम, बोकरू, इश्माएल, शार्याह, ओबद्याह र हानान। यिनीहरू सबै आसेलका छोराहरू थिए। 39 अनि तिनका भाइ एशेकका छोराहरू: तिनका पहिलो ऊलाम, दोस्रो यउश र तेस्रो एलिपेलेत थिए। 40 अनि ऊलामका छोराहरू शूरवीर योद्धा र धनुर्धारीहरू थिए; अनि उनीहरूका धेरैजना छोराहरू र नातिहरू थिए अर्थात् एक सय पचासजना। यिनीहरू सबै बिन्यामिनका सन्तानहरू थिए।