इस्साकारका सन्तानहरू
7
अब इस्साकारका छोराहरू: तोला, पूआ, याशूब र शिम्रोन, चारजना। 2 अनि तोलाका छोराहरू: उज्जी, रपायाह, यरिएल, यहमै, यिब्साम र शमूएल। उनीहरू आफ्ना पिता अर्थात् तोलाको घरानाका प्रधानहरू थिए। उनीहरू आफ्ना पुस्ताहरूमा शूरवीर योद्धाहरू थिए, जसको संख्या दाऊदको समयमा बाइस हजार छ सय थियो। 3 अनि उज्जीका छोराहरू: यिज्रहयाह; अनि यिज्रहयाका छोराहरू: मिकाएल, ओबद्याह, योएल र यिशियाह, पाँचजना। यिनीहरू सबै प्रधान थिए। 4 अनि यिनीहरूसित तिनीहरूका पुस्ताअनुसार, तिनीहरूका पितापुर्खाहरूको घरानाअनुसार छत्तीस हजार लड़ाइँ गर्ने सिपाहीका दलहरू थिए; किनकि तिनीहरूका धेरै पत्नीहरू र छोराहरू थिए। 5 अनि इस्साकारका सबै परिवारहरूमा तिनीहरूका दाजुभाइहरू सबै शूरवीर योद्धाहरू थिए, जो तिनीहरूको वंशावलीले उल्लेख गरेअनुसार जम्मा सतासी हजार थिए।बिन्यामिनका सन्तानहरू
6 बिन्यामिनका छोराहरू: बेला, बेकेर र यदिअएल, तीनजना। 7 अनि बेलाका छोराहरू: एस्बोन, उज्जी, उज्जिएल, यरिमोत र इरी, पाँचजना, जो आफ्ना पितापुर्खाहरूको घरानाका प्रधानहरू र शूरवीर योद्धाहरू थिए; अनि उनीहरूको वंशावलीले उल्लेख गरेअनुसार उनीहरू बाइस हजार चौंतीसजना थिए। 8 अनि बेकेरका छोराहरू: जमिरा, योआश, एलिएजेर, एलियोएनै, ओम्री, यरिमोत, अबियाह, अनातोत र आलेमेत। यिनीहरू सबै बेकेरका छोराहरू थिए। 9 अनि तिनीहरूका पुस्ताहरूअनुसार तिनीहरूको वंशावलीअनुसार तिनीहरूको संख्या बीस हजार दुई सय थियो, जो आफ्ना पितापुर्खाहरूको घरानाका प्रधानहरू र शूरवीर योद्धाहरू थिए। 10 यदिअएलका छोराहरू: बिल्हान; अनि बिल्हानका छोराहरू: यउश, बिन्यामिन, एहूद, कनाना, जेतान, टार्शिश र अहिशहर। 11 यी सबै यदिअएलका छोराहरू थिए, जो आफ्ना पितापुर्खाहरूका घरानाका प्रधानहरूअनुसार सत्र हजार दुई सय शूरवीर योद्धाहरू थिए, जो युद्धमा निस्केर लड़ाइँ गर्न सक्थे। 12 इरका छोराहरू शुप्पीम र हुप्पीम थिए; अनि हुशीमचाहिँ अहेरका छोराहरू थिए।
नप्तालीका सन्तानहरू
13 नप्तालीका छोराहरू: यहसिएल, गूनी, येसेर र शल्लूम, बिल्हाका छोराहरू।
मनस्सेका अरू सन्तानहरू
14 मनस्सेका छोराहरू: अस्रिएल, जसलाई तिनले जन्माइन्; तर उनकी अरामी उपपत्नीले गिलादका बुबा माकीरलाई जन्माइन्। 15 अनि माकीरले हुप्पीम र शुप्पीमकी बहिनीलाई विवाह गरेक, जसको नाम माका थियो; दोस्राको नाम सलोफाद थियो; अनि सलोफादका छोरीहरू भए। 16 अनि माकीरकी पत्नी माकाले एउटा छोरा जन्माइन्, जसको नाम यिनले पेरेश राखिन्। अनि तिनका भाइको नाम शेरेश थियो; अनि उनका छोराहरू ऊलाम र राकेम थिए। 17 अनि ऊलामका छोराहरू: बेदान। यिनीहरू मनस्सेका नाति, माकीरका छोरा गिलादका सन्तान थिए। 18 अनि माकीरकीख बहिनी हम्मोलेकेतले इश्होद, अबिएजेर र महलालाई जन्माइन्। 19 अनि शमीदाका छोराहरू: अह्यान, शेकेम, लिखी र अनिआम थिए।
एप्रैमका सन्तानहरू
20 अनि एप्रैमका छोराहरू: शूतेलह थिए, जसका छोरा बेरेद, जसका छोरा तहत, जसका छोरा एलादा, जसका छोरा तहत, 21 जसका छोरा जाबाद, जसका छोरा शूतेलह थिए; अनि एजेर र एलाद थिए, जसलाई त्यस देशमा जन्मेका गातका मानिसहरूले मारे; किनकि उनीहरू तिनीहरूका गाईबस्तुहरू कब्जा गर्न तल झरेका थिए। 22 अनि उनीहरूका पिता एप्रैमले धेरै दिनसम्म शोक गरिरहे, र उनका दाजुभाइहरू उनलाई सान्त्वना दिन आए। 23 अनि उनी आफ्नी पत्नीकहाँ गए, र तिनी गर्भवती भइन्, अनि एउटा छोरा जन्माइन्, जसको नाम उनले बरियाग राखे; किनभने उनको घरमाथि विपत्ति आइपरेको थियो। 24 (अनि उनकी छोरी शेराह थिइन्, जसले तल्लो र माथिल्लो बेत-होरोन र उज्जेन-शेराह निर्माण गरिन्।) 25 अनि उनका छोरा रेपा थिए, अनि रेशेप पनि, जसका छोरा तेलह, जिसका छोरा तहन, 26 जसका छोरा लादान, जसका छोरा अम्मिहूद, जसका छोरा एलिशामा, 27 जसका छोरा नून, जसका छोरा यहोशू थिए। 28 अनि उनीहरूका निज धनसम्पत्तिहरू र उनीहरूका बस्ने ठाउँहरू बेतएल र त्यसका गाउँबस्तीहरू, अनि पूर्वमा नारान, र पश्चिममा गेजेर र त्यसका गाउँबस्तीहरू; अनि शेकेम र त्यसका गाउँबस्तीहरू अनि गाजा र त्यसका गाउँबस्तीहरू थिए; 29 अनि मनस्सेका सन्तानका सिमानाहरूनिर बेत्शान र त्यसका गाउँबस्तीहरू, तानाक र त्यसका गाउँबस्तीहरू, मगिद्दो र त्यसका गाउँबस्तीहरू र दोर र त्यसका गाउँबस्तीहरू थिए। यी ठाउँहरूमा इस्राएलका छोरा यूसुफका सन्तानहरू बस्थे।
आशेरका सन्तानहरू
30 आशेरका छोराहरू: यिम्ना, यिश्वा, यिश्वी र बरिया थिए; अनि उनीहरूकी बहिनी सेराह थिइन्। 31 अनि बरियाका छोराहरू: हेबेर र मल्किएल, जो बिर्जोतका पिता थिए। 32 अनि हेबेरले यप्लेत, शोमेर, होताम र उनीहरूकी बहिनी शूआलाई जन्माए। 33 अनि यप्लेतका छोराहरू: पासक, बिम्हाल र अश्वात। यिनीहरू यप्लेतका सन्तान थिए। 34 अनि शोमेरका छोराहरू: अही, रोह्गा, यहूब्बा र अराम। 35 अनि उनका भाइ हेलेमका छोराहरू: सोपह, यिम्ना, शेलेश र आमाल। 36 सोपहका छोराहरू: सूह, हर्नेपेर, शूआल, बेरी, इम्रा, 37 बेसेर, होद, शम्मा, शिल्शा, यित्रान र बेरा। 38 अनि येतेरका छोराहरू: यपून्ने, पिस्पा र अरा। 39 अनि उल्लाका छोराहरू: आरह, हन्निएल र रिस्या। 40 यिनीहरू सबै आशेरका सन्तानहरू थिए, जो आफ्ना पितापुर्खाहरूको घरानाका प्रधानहरू, अँ, सर्वोत्तम शूरवीर योद्धा र शासकहरूका प्रधानहरू थिए। अनि यिनीहरूको वंशावलीअनुसार युद्धमा लड़ाइँ गर्न सक्ने मानिसहरूको संख्या छब्बीस हजार थियो।