लेवीका सन्तानहरू
6
लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी। 2 अनि कहातका छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्जिएल। 3 अनि अम्रामका छोराहरू: हारून र मोशा, अनि मरियम। अनि हारूनका छोराहरू: नादाब, अबीहू, एलाजार र इतामार। 4 एलाजारले पीनहासलाई जन्माए, र पीनाहासले अबिशूअलाई जन्माए; 5 अनि अबिशूअले बुक्‍कीलाई जन्माए, र बुक्‍कीले उज्जीलाई जन्माए; 6 अनि उज्जीले जरहयाहलाई जन्माए, जरहयाहले मरायोतलाई जन्माए; 7 मरायोतले अमर्याहलाई जन्माए, र अमर्याहले अहितूबलाई जन्माए; 8 अनि अहीतूबले सादोकलाई जन्माए, र सादोकले अहिमासलाई जन्माए; 9 अनि अहिमासले अजर्याहलाई जन्माए, र अजर्याहले योहानानलाई जन्माए; 10 अनि योहानानले अजर्याहलाई जन्माए, (यिनले नै यरूशलेममा सुलेमानले बनाएको भवनमा पूजाहारी-पदमा सेवा गरे); 11 अनि अजर्याहले अमर्याहलाई जन्माए, र अमर्याहले अहितूबलाई जन्माए; 12 अनि अहितूबले सादोकलाई जन्माए, र सादोकले शल्‍लूमलाई जन्माए; 13 अनि शल्‍लूमले हिल्कियाहलाई जन्माए, र हिल्कियाहले अजर्याहलाई जन्माए; 14 अनि अजर्याहले सरायाहलाई जन्माए, र सरायाहले यहोसादाकलाई जन्माए; 15 अनि यहोसादाकचाहिँ, परमप्रभुले नबूकद्‌नेस्‍सरद्वारा यहूदा र यरूशलेमलाई कैद गरेर लानुहुँदा कैदमा लगिए।
16 लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी। 17 अनि गेर्शोनका छोराहरूका नाम लिब्नी र शिमी थिए। 18 अनि कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्जिएल थिए। 19 मरारीका छोराहरू: महली र मूशी; अनि आ-आफ्ना पितापुर्खाहरूअनुसार लेवीहरूका परिवारहरू यी थिए। 20 गेर्शोनबाट तिनका छोरा लिब्नी थिए, जसका छोरा यहत, जसका छोरा जिम्मा, 21 जसका छोरा योआह, जसका छोरा इद्‌दो, जसका छोरा जेरह, जसका छोरा यातरै थिए। 22 कहातका छोराहरू: तिनका छोरा अम्मिनादाब थिए, जसका छोरा कोरह, जसका छोरा अस्सीर, 23 जसका छोरा एल्काना, जसका छोरा एब्यासाप, जसका छोरा अस्सीर, 24 जसका छोरा तहत, जसका छोरा ऊरिएल, जसका छोरा उज्जियाह र जसका छोरा शाऊल थिए। 25 अनि एल्कानाका छोराहरू: अमासै र अहिमोत। 26 एल्कानाचाहिँ – तिनको छोरा एल्काना थिए, जसका छोरा सोपै थिए, जसका छोरा नहत, 27 जसका छोरा एलिआब, जसका छोरा यरोहाम र जसका छोरा एल्काना थिए। 28 अनि शमूएलका छोराहरू: जेठा योएल, र माहिला अबियाह थिए। 29 मरारीका छोराहरू: महली थिए, जसका छोरा लिब्नी, जसका छोरा शिमी, जसका छोरा उज्जा, 30 जसका छोरा शिमा, जसका छोरा हग्गियाह, जसका छोरा असायाह थिए।
31 अनि यिनीहरू ती हुन्, जसलाई सन्दुकले विश्राम पाएपछि दाऊदले परमप्रभुको भवनमा गीतको सेवामा नियुक्त गरे। 32 अनि सुलेमानले यरूशलेममा परमप्रभुको भवन निर्माण नगरेसम्म यिनीहरूले भेट हुने पालको वासस्थानको अगाड़ि गीत गाउने सेवा गर्थे; अनि आ-आफ्नो पालोअनुसार उनीहरू आफ्नो सेवामा उभिन्थे। 33 अनि आफ्ना छोराहरूको साथमा सेवामा उभिनेहरू यिनीहरू थिए: कहातीहरूका सन्तानबाट गायक हेमान, जो योएलका छोरा थिए, जो शमूएलका छोरा, 34 जो एल्कानाका छोरा, जो यरोहामका छोरा, जो एलिएलकाछोरा, जो तोहका छोरा, 35 जो जूफका छोरा, जो एल्कानाको छोरा, जो महतका छोरा, जो अमासैका छोरा, 36 जो एल्कानाका छोरा, जो योएलका छोरा, जो अजर्याहका छोरा, जो सपन्याहका छोरा, 37 जो तहतका छोरा, जो अस्सीरका छोरा, जो एब्यासापका छोरा, जो कोरहका छोरा, 38 जो यिसहारका छोरा, जो कहातका छोरा, जो लेवीका छोरा, जो इस्राएलका छोरा थिए।
39 अनि हेमानकाभाइ आसाफ, जो तिनको दाहिने हातपट्टि उभिन्थे, ती आसाफ बेरेक्याहका छोरा थिए, जो शिमाका छोरा, 40 जो मिकाएलका छोरा, जो बासेयाहका छोरा, जो मल्कियाहका छोरा, 41 जो एत्‍नीका छोरा, जो जेरहका छोरा, जो अदायाहका छोरा, 42 जो एतानका छोरा, जो जिम्माका छोरा, जो शिमीका छोरा, 43 जो यहतका छोरा, जो गेर्शोमका छोरा, जो लेवीका छोरा थिए।
44 अनि देब्रे हातपट्टि उनीहरूका दाजुभाइहरू अर्थात् मरारीका छोराहरू उभिन्थे; एतान किशीका छोरा थिए, जो अब्दीका छोरा, जो मल्‍लूकका छोरा, 45 जो हशब्याहका छोरा, जो अमस्याहका छोरा, जो हिल्कियाहका छोरा, 46 जो अम्सीका छोरा, जो बानीका छोरा, जो शेमेरका छोरा, 47 जो महलीका छोरा, जो मूशीका छोरा, जो मरारीका छोरा, जो लेवीका छोरा थिए।
48 अनि उनीहरूका लेवी दाजुभाइहरूचाहिँ परमेश्‍वरको भवनको निवासस्थानको सबै किसिमको सेवामा नियुक्त गरिएका थिए।
हारूनका सन्तानहरू
49 तर हारून र उनका छोराहरूले होमबलिको वेदीमा होमबलि चढ़ाउँथे र धूपवेदीमा धूप बाल्थे; अनि परमेश्‍वरका दास मोशाले आज्ञा गरेका सबै कुराहरूअनुसार महापवित्रस्थानको सबै काम र इस्राएलका निम्ति प्रायश्‍चित गर्नलाई उनीहरू नियुक्त गरिएका थिए। 50 अनि हारूनका छोराहरू यिनीहरू हुन्: उनका छोरा एलाजार, तिनका छोरा पीनहास, तिनका छोरा अबिहू, 51 तिनका छोरा बुक्‍की, तिनका छोरा उज्जी, तिनका छोरा जराहयाह, 52 तिनका छोरा मरायोत, तिनका छोरा अमर्याह, तिनका छोरा अहितूब, 53 तिनका छोरा सादोक, तिनका छोरा अहिमास थिए।
54 अब कहातीका परिवारहरूका निम्ति, जो हारूनका सन्तानहरूका थिए, उनीहरूका सिमानाहरूभित्र आ-आफ्ना गाउँबस्तीहरूअनुसार उनीहरूका वासस्थानहरू यी हुन्; किनकि उनीहरूका नाममा गोला पर्‍यो। 55 अनि तिनीहरूले उनीहरूलाई यहूदाको देशमा हेब्रोन र त्यसको वरिपरि भएका खुला जमिनहरू दिए। 56 तर त्यस शहरका खेतबारीहरू र त्यसका गाउँबस्तीहरूचाहिँ तिनीहरूले यपून्‍नेका छोरा कालेबलाई दिए। 57 अनि हारूनका सन्तानहरूलाई तिनीहरूले यहूदाका शहरहरू दिए, जस्तै: शरणनगर हेब्रोन, साथै लिब्‍ना र त्यसका खुला जमिनहरू, अनि यत्तीर, अनि एश्तमोअ र त्यसका खुला जमिनहरू, 58 हिलेन र त्यसका खुला जमिनहरू, दबीर र त्यसका खुला जमिनहरू, 59 आशान र त्यसका खुला जमिनहरू, बेत-शेमेश र त्यसका खुला जमिनहरू; 60 अनि बिन्यामिन कुलबाट गेबा र त्यसका खुला जमिनहरू, अल्‍लेमेत र त्यसका खुला जमिनहरू र अनातोत र त्यसका खुला जमिनहरू दिए। उनीहरूका परिवारहरूअनुसार उनीहरूका सबै शहरहरू तेह्रवटा शहरहरू थिए। 61 अनि कहातका ती सन्तानहरूलाई, जो त्यस कुलको परिवारबाट रहेका थिए, आधा कुल, अर्थात् आधा मनस्सेबाट गोलाद्वारा दसवटा शहरहरू दिइए।
62 अनि गेर्शोमका सन्तानहरूलाई उनीहरूका परिवारहरूअनुसार इस्साकार कुल, आशेर कुल, नप्‍ताली कुल र मनस्से कुलबाट बाशानमा तेह्रवटा शहरहरू दिइए।
63 अनि मरारीका सन्तानहरूलाई उनीहरूका परिवारहरूअनुसार गोलाद्वारा रूबेन कुल, गाद कुल र जबूलून कुलबाट बाह्रवटा शहरहरू दिइए।
64 यसरी इस्राएलीहरूले लेवीहरूलाई यी शहरहरू र तिनका खुला जमिनहरू दिए। 65 अनि तिनीहरूले गोला हालेर यहूदाका सन्तानहरूको कुल, शिमोनीहरूको कुल र बिन्यामिनीहरूको कुलबाट यी शहरहरू दिए, जस-जसका नामहरू तिनीहरूले लिए।
66 अनि कहातीहरूका परिवारहरूबाट जो रहेका थिए, उनीहरूसित एप्रैम कुलबाट उनीहरूका सिमानाभित्र पर्ने शहरहरू थिए। 67 अनि तिनीहरूले उनीहरूलाई एप्रैमको पहाड़ी देशमा शरणनगरहरूमध्ये शेकेम र त्यसका खुला जमिनहरू दिए, साथै गेजेर र त्यसका खुला जमिनहरू, 68 योक्माम र त्यसका खुला जमिनहरू, बेत-होरोन र त्यसका खुला जमिनहरू, 69 अय्यालोन र त्यसका खुला जमिनहरू अनि गत-रिम्मोन र त्यसका खुला जमिनहरू दिए;
70 अनि मनस्सेको आधा कुलबाट कहातीहरूको बाँकी परिवारलाई तिनीहरूले आनेर र त्यसका खुला जमिनहरू अनि बिलाम र त्यसका खुला जमिनहरू दिए। 71 गेर्शोमका सन्तानहरूलाई तिनीहरूले मनस्सेको आधा कुलबाट बाशानमा गोलान र त्यसका खुला जमिनहरू, साथै अश्तारोत र त्यसका खुला जमिनहरू दिए; 72 अनि इस्साकार कुलबाट तिनीहरूले केदेश र त्यसका खुला जमिनहरू, दाबरत र त्यसका खुला जमिनहरू, 73 रामोत र त्यसका खुला जमिनहरू अनि आनेम र त्यसका खुला जमिनहरू दिए; 74 अनि आशेर कुलबाट तिनीहरूले माशाल र त्यसका खुला जमिनहरू, अब्दोन र त्यसका खुला जमिनहरू, 75 हूकोक र त्यसका खुला जमिनहरू अनि रहोब र त्यसका खुला जमिनहरू दिए; 76 अनि नप्‍ताली कुलबाट तिनीहरूले गालीलमा केदेश र त्यसका खुला जमिनहरू, हम्मोन र त्यसका खुला जमिनहरू अनि किर्यातैम र त्यसका खुला जमिनहरू दिए।
77 मरारीका बाँकी सन्तानहरूलाई जबूलून कुलबाट रिम्मोन र त्यसका खुला जमिनहरू अनि ताबोर र त्यसका खुला जमिनहरू दिइए; 78 अनि यर्दनपारि यरिहोको छेउमा अर्थात् यर्दनको पूर्वपट्टि उनीहरूलाई रूबेन कुलबाट उजाड़स्थानमा भएको बेसेर र त्यसका खुला जमिनहरू, यहसा र त्यसका खुला जमिनहरू, 79 कदेमोत र त्यसका खुला जमिनहरू अनि मेपात र त्यसका खुला जमिनहरू दिइए; 80 अनि गाद कुलबाट गिलादमा भएको रामोत र त्यसका खुला जमिनहरू, महनैम र त्यसका खुला जमिनहरू, 81 हेश्बोन र त्यसका खुला जमिनहरू अनि याजेर र त्यसका खुला जमिनहरू दिइए।