यहूदामा योसियाहको शासन
22
राज्य गर्न शुरु गर्दा योसियाह आठ वर्षका थिए; अनि तिनले यरूशलेममा एकतीस वर्ष राज्य गरे। अनि तिनकी आमाको नाम यदीदा थियो, जो बोस्कतका अदायाहकी छोरी थिइन्। 2 अनि तिनले परमप्रभुको दृष्टिमा जे ठीक थियो, त्यही गरे, र आफ्ना पिताक दाऊदको पूरा चालमा हिँड़े, अनि दाहिने-देब्रे कतैपट्टि पनि लागेनन्।3 अनि यस्तो भयो: राजा योसियाहको अठारौं वर्षमा राजाले मशुल्लामका नाति, असल्याहका छोरा सचिवख शापानलाई यसो भन्दै परमप्रभुको भवनमा पठाए: 4 “माथि महापूजाहारी हिल्कियाहकहाँ जाऊ, र तिनले परमप्रभुको भवनमा ल्याइएको त्यो चाँदी गन्ती गरून्, जुन चाँदी ढोकामा पहरा दिनेहरूले मानिसहरूबाट जम्मा गरेका छन्! 5 अनि तिनीहरूले त्यो चाँदी त्यो काम गर्नेहरूको हातमा सुम्पिदिऊन्, जसले परमप्रभुको भवनको देखरेख गर्छन्; अनि भवनका चिराहरू मर्मत गर्नलाई उनीहरूले त्यो चाँदी परमप्रभुको भवनमा भइरहेको त्यो काम गर्नेहरूलाई 6 अर्थात् सिकर्मीहरू, कारिगरहरू र डकर्मीहरूलाई दिऊन्, साथै भवन मर्मत गर्नलाई काठपात र काटेका ढुङ्गाहरू किन्नका निम्ति दिऊन्!” 7 तर जुन मानिसहरूको हातमा त्यो चाँदी सुम्पिदिइएको थियो, तिनीहरूबाट हरहिसाब लिइँदैनथियो; किनकि तिनीहरूले विश्वासयोग्यतासाथ काम गर्थे।
8 अनि महापूजाहारी हिल्कियाहले सचिवख शापानलाई भने: “मैले परमप्रभुको भवनमा व्यवस्थाको पुस्तक भेट्टाएको छु।” अनि हिल्कियाहले त्यो पुस्तक शापानलाई दिए; र उनले त्यो पढ़े। 9 अनि सचिवख शापान राजाकहाँ आए, अनि फेरि राजाकहाँ खबर फर्काएर ल्याए, र भने: “तपाईंका दासहरूले भवनमा भेट्टाइएको त्यो पैसा जम्मा पारे, र त्यो काम गर्नेहरूको हातमा सुम्पिदिए, जसले परमप्रभुको भवनको रेखदेख गर्छन्।” 10 अनि “पूजाहारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन्” भन्दै सचिवख शापानले राजालाई बताए; अनि शापानले त्यो पुस्तक राजाको सामु पढ़े। 11 अनि यस्तो भयो: जब राजाले व्यवस्थाको पुस्तकका वचनहरू सुने, तब तिनले आफ्ना वस्त्रहरू च्याते। 12 अनि राजाले पूजाहारी हिल्कियाह, शापानका छोरा अहिकाम, मिकायाहका छोरा अक्बोर, सचिवख शापान र राजाका सेवक असायाहलाई यसो भन्ने आज्ञा गरे: 13 “जाओ, र यस भेट्टाइएको पुस्तकका वचनहरूको विषयमा मेरा निम्ति, प्रजाका निम्ति र सारा यहूदाका निम्ति परमप्रभुबाट सोधखोज गर; किनकि हाम्रो विरोधमा दन्किएको परमप्रभुको क्रोध ठूलो छ; किनभने हाम्रो विषयमा लेखिएका सबै कुराहरूअनुसार गर्नलाई हाम्रा पितापुर्खाहरूले यस पुस्तकका वचनहरू पालन गरेनन्ग।” 14 तब पूजाहारी हिल्कियाह, अहिकाम, अक्बोर, शापान र असायाह भविष्यवक्तिनी हुल्दाकहाँ गए, जो वस्त्रहरूको हेरचाह गर्ने हर्हसका नाति, तिक्वाका छोरा शल्लूमकी पत्नी थिइन्; (अनि तिनीचाहिँ यरूशलेमको दोस्रो टोलमा बस्थिन्); अनि उनीहरूले तिनीसित बातचित गरे।
15 तब तिनले उनीहरूलाई भनिन्: “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भनिदेओ! 16 ‘परमप्रभु यसो भन्नुहुन्छ, म यस ठाउँमाथि र यसका बासिन्दाहरूमाथि विपत्ति ल्याउनेछु; अँ, यहूदाका राजाले पढ़ेको पुस्तकका सबै वचनहरू पूरा गर्नेछु; 17 किनभने तिनीहरूले मलाई त्यागेर आफ्ना हातका सबै कामहरूद्वारा मलाई रिस उठाउन अन्य देवताहरूका निम्ति धूप बालेका छन्; यसकारण यस ठाउँको विरोधमा मेरो क्रोध दन्किनेछ, र निभ्नेछैन।’ 18 तर तिमीहरूलाई परमप्रभुबाट सोधखोज गर्न पठाउने यहूदाका राजालाई तिमीहरूले यसो भनिदिनू, ‘परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, तिमीले सुनेका वचनहरूको सम्बन्धमा 19 तिम्रो हृदय कोमल भयो, अनि तिनीहरू उजाड़ हुनेछन् र एउटा श्राप बन्नेछन् भनी मैले यस ठाउँ र यसका बासिन्दाहरूको विरोधमा बोलेको वचन सुनेर तिमीले परमप्रभुको सामु आफूलाई नम्र तुल्यायौ, आफ्ना वस्त्रहरू च्यात्यौ र मेरो सामु रोयौ; यसकारण मैले पनि तिम्रो विन्ती सुनिदिएको छु, परमप्रभु भन्नुहुन्छ। 20 यसकारण हेर, म तिमीलाई तिम्रा पितापुर्खाहरूकहाँ मिलाउनेछु, र तिमी शान्तिसित आफ्नो चिहानमा मिल्न जानेछौ; अनि जुन विपत्ति म यस ठाउँमाथि ल्याउनेछु, त्यो सबै तिम्रा आँखाहरूले देख्नेछैनन्।’ ” तब उनीहरूले राजाकहाँ यही समाचार फर्काएर ल्याए।