भविष्यवक्ता यशैयाबाट राजा हिजकियाहकहाँ छुटकाराको सन्देश
19
अनि यस्तो भयो: जब राजा हिजकियाहले यो सुने, तब तिनले आफ्ना वस्त्रहरू च्याते; अनि भाङ्ग्राको लुगाले आफूलाई ढाकेर तिनी परमप्रभुको भवनभित्र गए। 2 अनि तिनले राजघरानाका अधिकारी एल्याकिम, सचिव शेब्ना र पूजाहारीहरूका बूढ़ा प्रधानहरूलाई भाङ्ग्राको लुगाले ढाकिएको अवस्थामा आमोसका छोरा यशैया भविष्यवक्ताकहाँ पठाए। 3 अनि उनीहरूले उनलाई भने: “हिजकियाहले यसो भन्दै हुनुहुन्छ, ‘आजको दिन विपत्ति, हप्की र निन्दाको दिन हो; किनकि छोराछोरीहरू जन्मन लागेका छन्, तर जन्माउने शक्ति नै छैन। 4 हुन सक्छ, परमप्रभु तिम्रा परमेश्वरले रब्शाकेका सबै वचनहरू सुन्नुहुनेछ, जसलाई तिनका मालिक अश्शूरका राजाले जीवित परमेश्वरको निन्दा गर्न पठाएका छन्, र परमप्रभु तिम्रा परमेश्वरले ती वचनहरू सुनेर हप्काउनुहुनेछक। यसकारण यस बाँकी रहेको भागका निम्ति, जो बचेको छ, प्रार्थना उठाइदेऊ!’ ”5 तब राजा हिजकियाहका कर्मचारीहरूख यशैयाकहाँ आइपुगे। 6 अनि यशैयाले उनीहरूलाई भने: “तिमीहरूका मालिकलाई यसो भनिदेओ, परमप्रभु यसो भन्नुहुन्छ, जुन वचनहरू तिमीले सुन्यौ, जसद्वारा अश्शूरका राजाका कर्मचारीहरूलेख मेरो निन्दा गरेका छन्, ती वचनहरूसँग नडराऊ! 7 हेर, म त्यसकहाँ एउटा आत्मा पठाउनेछुग, र त्यसले एउटा खबर सुन्नेछ, र त्यो आफ्नो देशमा फर्कनेछ; अनि म त्यसलाई त्यसकै देशमा तरवारले मार्न लाउनेछु।”
हिजकियाहको प्रार्थना
8 तब रब्-शाके फर्के, र उनले अश्शूरका राजालाई लिब्नाको विरोधमा लड़ाइँ गरिरहेका भेट्टाए; किनकि उनले राजाघ लाकीशबाट हिँड़िसके भनेर सुनेका थिए। 9 अनि जब तिनले कूशकाङ राजा तिर्हाकाको विषयमा ‘हेर्नुहोस्, उनी तपाईंसँग लड़ाइँ गर्नलाई निस्केर आएका छन्’ भनी सुने, तब तिनले यसो भन्दै हिजकियाहकहाँ फेरि दूतहरू पठाए: 10 “तिमीहरूले यहूदाका राजा हिजकियाहलाई यसो भन्नू, तिम्रा परमेश्वरले, जसमाथि तिमी भरोसा राख्छौ, ‘यरूशलेम अश्शूरका राजाको हातमा दिइनेछैन’ भन्दै तिमीलाई धोका नदिऊन्! 11 हेर, अश्शूरका राजाहरूले सबै देशहरूलाई सत्यानाश गरेर तिनीहरूलाई के-के गरे, सो तिमीले सुनेका छौ। तब के तिमी उम्कनेछौच त? 12 के गोजान, हारान, रेसेप, र तेलस्सारमा बस्ने एदेनका सन्तानहरूजस्तै जातिहरूका देवताहरूले तिनीहरूलाई छुटाए त, जसलाई मेरा पितापुर्खाहरूले नाश गरे? 13 हमातका राजा, अर्पादका राजा, अनि सपर्वैम शहरका, हेनाका र इव्वाका राजा खोइ, कहाँ छन्?”
14 अनि हिजकियाले दूतहरूको हातद्वारा एउटा पत्रछ पाए, र त्यो पत्र पढ़े। तब हिजकियाह माथि परमप्रभुको भवनमा गए, र परमप्रभुको सामु त्यो पत्र फैलाइदिए। 15 अनि हिजकियाहले परमप्रभुको सामु प्रार्थना गरे, र यसो भने: “हे परमप्रभु, इस्राएलका परमेश्वर, जो करूबहरूको बीचमा बस्नुहुन्छ! तपाईं, केवल तपाईं नै पृथ्वीका सबै राज्यहरूका परमेश्वर हुनुहुन्छ। तपाईंले नै आकाश र पृथ्वी बनाउनुभयो। 16 हे परमप्रभु, आफ्नो कान लगाएर सुन्नुहोस्! हे परमप्रभु, आफ्ना आँखाहरू खोलेर हेर्नुहोस्, र सनहेरिबका वचनहरू सुन्नुहोस्, जसले जीवित परमेश्वरको निन्दा गर्न उसलाई पठाएका छन्! 17 साँच्ची नै, हे परमप्रभु, अश्शूरका राजाहरूले जाति-जातिलाई र तिनीहरूका देशहरूलाई नाश गरे, 18 अनि तिनीहरूका देवताहरूलाई आगोभित्र मिल्काइदिए; किनकि तिनीहरू त ईश्वर नै थिएनन्, तर मानिसहरूका हातको काम – काठ र ढुङ्गा मात्र थिए; यसैले तिनीहरूले तिनलाई नाश पार्न सके। 19 यसकारण अब हे परमप्रभु, हाम्रा परमेश्वर, म तपाईंलाई विन्ती गर्छु, हामीलाई त्यसको हातबाट बचाउनुहोस्, र तपाईं, अँ, तपाईं मात्र परमप्रभु परमेश्वर हुनुहुन्छ भनी पृथ्वीका सबै राज्यहरूले जानून्!”
भविष्यवक्ता यशैयाबाट राजा हिजकियाहकहाँ दोस्रोपल्ट छुटकाराको सन्देश
20 तब आमोसका छोरा यशैयाले हिजकियाहकहाँ यसो भनिपठाए: “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘तिमीले अश्शूरका राजा सनहेरिबको सम्बन्धमा मलाई जुन प्रार्थना चढ़ायौ, त्यो प्रार्थना मैले सुनेको छु।’ 21 त्यसको विषयमा परमप्रभुले भन्नुभएको वचन यही हो: ‘सियोनकी छोरी, यस कन्याले तँलाई तुच्छ ठानेकी छे, र तेरो खिसी गरेर हाँसेकी छे; यरूशलेमकी छोरीले तँमाज आफ्नो टाउको हल्लाएकी छे। 22 तैंले कसको अपमान गरेको र निन्दा गरेको छस्? अनि कसको विरोधमा तैंले आफ्नो सोर उचालेको छस् र आफ्ना आँखाहरू माथि उठाएको छस्? अँ, इस्राएलका पवित्र जनको विरोधमा! 23 आफ्ना दूतहरूद्वारा तैंले प्रभुको निन्दा गरिस्, र यसो भनिस्, “मेरा प्रशस्त रथहरू लिएर म माथि पहाड़हरूको उच्चाइमा, लबानोनका छेउछाउमा आएको छु; अनि म त्यसका अग्ला-अग्ला देवदारका रूखहरू र त्यसका उत्तम-उत्तम सल्लाका रूखहरू काटेर ढाल्नेछु; अनि त्यसका सिमानाका वासस्थानहरूभित्र र त्यसको घनघोर जङ्गलभित्रझ म पस्नेछु। 24 मैले कुवा खनेर बिराना पानी पिएको छु, र मेरा पाउका पैतालाले घेरा हालिएका ठाउँहरूका सबै नदीहरू सुकाइदिएको छु।” 25 के तैंले सुनेको छैनस्? धेरै समयअघि नै मैले यो गरेको हुँ, प्राचीनकालदेखि नै मैले यो ठहराएकोञ हुँ? तैंले नै पर्खालले घेरिएका शहरहरू उजाड़ पारेर तिनलाई भग्न-आवशेषका थुप्राहरू तुल्याइदेलास् भनी अहिले मैले यो हुन आउन दिएको हुँ। 26 यसैकारण तिनीहरूका बासिन्दाहरू शक्तिहीन भए; तिनीहरूले हरेश खाए, र लज्जित भए; तिनीहरू मैदानको घाँसजस्तै, हरिया सागपातजस्तै, घरका छानाहरूमा उम्रेको घाँसजस्तै र बढ़्नुभन्दा पहिल्यै स्याप्य्राक्क पारिएको अन्नजस्तै भए। 27 तर तेरो बसाइ, तेरो जावत-आवत र मेरो विरोधमा गरेको तेरो क्रोध म जान्दछु। 28 मेरो विरोधको तेरो क्रोध र तेरो कोलाहलट माथि मेरा कानहरूमा आइपुगेका छन्; यसकारण म तेरो नाकमा मेरो अङ्कुसे, र तेरा ओठहरूमा मेरो लगाम लगाउनेछु, र जुन बाटो भएर तँ आएको थिइस्, त्यही बाटोबाट म तँलाई फर्काइदिनेछु।’
29 अनि तिम्रा निम्ति चिन्ह यो हुनेछ: यो साल तिमीहरूले आफै-आफ उम्रेको खानेछौ, र दोस्रो सालमा यसैबाट पलाएको खानेछौ; अनि तेस्रो सालमा तिमीहरूले बीउ छर, कटनी गर, दाखबारीहरू लगाओ र तिनका फलहरू खाओ! 30 अनि यहूदाको घरानाबाट उम्केर बाँकी रहेको भागले उँधोतिर फेरि जरा हाल्नेछ, र उँभोतिर फल फलाउनेछ। 31 किनकि यरूशलेमबाट बचेको भाग, र सियोन पर्वतबाट उम्केकाहरू निस्कनेछन्; सेनाहरूका परमप्रभुको जोशले यो गर्नेछ।
32 यसकारण अश्शूरका राजाको विषयमा परमप्रभु यसो भन्नुहुन्छ, ‘त्यो यस शहरभित्र आउनेछैन, न ता यहाँ एउटा काँड़ नै हान्नेछ, न ता यसको सामु ढाल लिएर आउनेछ, न ता यसको विरोधमा ढिस्को नै उठाउनेछ। 33 जुन बाटोबाट त्यो आएको थियो, त्यही बाटो भएर त्यो फर्कनेछ, र यस शहरभित्र आउनेछैन’, परमप्रभु भन्नुहुन्छ। 34 ‘किनकि म आफ्नै निम्ति र मेरो दास दाऊदका निम्ति यो बचाउनलाई यस शहरको रक्षा गर्नेछु।’ ”
35 अनि त्यस रात यस्तो भयो: परमप्रभुका दूत निस्केर अश्शूरीहरूको छाउनीमा एक लाख पचासी हजार मानिसहरूलाई घात गरे; अनि तिनीहरू बिहान सबेरै उठ्दाखेरि हेर, ती सबै मरेका लासहरू रहेछन्! 36 तब अश्शूरका राजा सनहेरीब त्यहाँबाट हिँड़े, र गएर फर्के, अनि नीनवेमा बसे। 37 अनि यस्तो भयो: तिनले आफ्नो देवता निस्रोकको मन्दिरमाठ दण्डवत् गरिरहेको बेलामा तिनका छोराहरू अद्रम-मेलेक र शरेसेरले तिनलाई तरवारले प्रहार गरे; अनि तिनीहरू उम्केर अरारात देशमा गए। अनि तिनको सट्टामा तिनका छोरा एसर-हद्दोनले राज्य गरे।