यहूदामा अमस्याहको शासन
14
इस्राएलका राजा यहोआहाजका छोरा योआशको दोस्रो वर्षमा यहूदाका राजा योआशका छोरा अमस्याहले राज्य गरे। 2 राज्य गर्न शुरु गर्दा उनी पच्चीस वर्षका थिए; अनि उनले यरूशलेममा उनन्तीस वर्ष राज्य गरे। उनकी आमाको नाम यहोअद्दीन थियो, जो यरूशलेमबाटकी थिइन्। 3 अनि उनले परमप्रभुको दृष्टिमा जे ठीक थियो, त्यही गरे, तर उनका पिताक दाऊदले जस्तै त होइन। उनले आफ्ना बुबा योआशले गरेका सबै कामहरूअनुसार गरे। 4 तर उच्च स्थानहरू हटाइएनन्। मानिसहरूले अझै पनि ती उच्च स्थानहरूमा बलि चढ़ाइरहे र धूप बालिरहे। 5 अनि यस्तो भयो: जब राज्य उनको हातमा सुदृढ़ भयो, तब उनले आफ्ना ती सेवकहरूलाई मारे, जसले उनका बुबा, राजाको हत्या गरेका थिए। 6 तर मोशाको व्यवस्थाको पुस्तकमा लेखिएअनुसार उनले ती हत्याराहरूका सन्तानलाई मारेनन्, जुन व्यवस्थामा परमप्रभुले यसो भन्ने आज्ञा गर्नुभएको थियो: ‘छोराहरूका निम्ति बुबाहरू नमारिऊन्, न ता बुबाहरूका निम्ति छोराहरू नै मारिऊन्; तर हरेक मानिस आफ्नै पापका निम्ति मारियोस्!’ 7 उनले नुनको बेंसीमा दस हजार एदोमीहरूलाई मारे, र लड़ाइँ गरेर सेलालाई कब्जा गरे, र त्यसको नाम योक्तेल राखे, जुन नाम आजको दिनसम्म छ।8 त्यसपछि अमस्याहले इस्राएलका राजाकहाँ अर्थात् येहूका नाति, यहोआहाजका छोरा यहोआशकहाँ यसो भन्दै दूतहरू पठाए: “आऊ, हामी मुखामुख एक-अर्कासित जुधौंख!” 9 तब इस्राएलका राजा यहोआशले यहूदाका राजा अमस्याहलाई यसो भनिपठाए: “लबानोनमा भएको एउटा काँड़ेझ्याङले लबानोनको देवदारकहाँ यसो भनिपठाएछ, ‘तिम्री छोरीलाई मेरा छोरासित विवाह गरिदेऊ!’ अनि लबानोनमा भएको एउटा जङ्गली पशु त्यहाँबाट भएर गयो, र त्यसले त्यस काँड़ेझ्याङलाई कुल्चीमिल्ची पार्यो। 10 साँच्चै तिमीले एदोमलाई परास्त गर्यौ, र तिम्रो हृदयले तिमीलाई घमण्डी तुल्यायो। यसैमा गर्व गर, र घरमा बसिरह! तिमी किन आफ्नै हानिका निम्ति फुरफुर गर्छौ, र तिम्रो, अँ, तिम्रो र तिम्रो साथमा यहूदाको पनि पतन हुनेछ?” 11 तर अमस्याहले सुनेनन्। यसकारण इस्राएलका राजा यहोआश माथि गए; अनि यहूदाको बेत-शेमेशमा तिनी र यहूदाका राजा अमस्याह मुखामुख एक-अर्कासित जुधे। 12 अनि यहूदा इस्राएलको सामु हार्यो; अनि उनीहरू हरेक आ-आफ्नो वासस्थानतिर भागेर गए। 13 अनि इस्राएलका राजा यहोआशले अहज्याहका नाति, यहोआशका छोरा अमस्याहलाई, जो यहूदाका राजा थिए, बेत-शेमेशमा पक्रे; अनि यरूशलेममा आएर तिनले एप्रैमको मूलढोकादेखि लिएर कुनाको मूलढोकासम्म यरूशलेमको चार सय हात पर्खाल भत्काइदिए। 14 अनि तिनले परमप्रभुको भवनमा र राजभवनका भण्डारहरूमा भेट्टाइएका सबै सुन र चाँदी अनि सबै भाँड़ाकुँड़ाहरू, साथै बन्दीहरूलाई लिए, र तिनी सामरियामा फर्के।
15 अनि यहोआशले गरेका अरू बाँकी कामकुराहरू, तिनको वीरता र तिनले यहूदाका राजा अमस्याहसित कसरी लड़ाइँ गरे – के ती कुराहरू इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र? 16 अनि यहोआश आफ्ना पितापुर्खाहरूसित सुते, र इस्राएलका राजाहरूसित सामरियामा गाड़िए; अनि तिनको सट्टामा तिनका छोरा यारोबामले राज्य गरे।
17 अनि इस्राएलका राजा यहोआहाजका छोरा यहोआशको मृत्युपछि यहूदाका राजा योआशका छोरा अमस्याह पन्ध्र वर्ष बाँचे। 18 अनि अमस्याहका अरू बाँकी कामकुराहरू – के ती कुराहरू यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र? 19 अनि तिनीहरूले यरूशलेममा उनको विरोधमा एउटा षड़्यन्त्र रचे; अनि उनी लाकीशमा भागेर गए, तर तिनीहरूले लाकीशसम्म उनको पछि-पछि पठाएर उनलाई त्यहीं मारे। 20 अनि तिनीहरूले उनलाई घोड़ाहरूमाथि बोकाएर ल्याए; अनि उनी यरूशलेममा उनका पितापुर्खाहरूसित दाऊदको शहरमा गाड़िए। 21 अनि यहूदाका सबै मानिसहरूले सोह्र वर्षका अजर्याहलाईग लिए, र तिनलाई तिनका बुबा अमस्याहको सट्टामा राजा तुल्याए। 22 राजा अमस्याहघ आफ्ना पितापुर्खाहरूसित सुतेपछि अजर्याहलेङ एलत निर्माण गरे, र त्यसलाई यहूदाकहाँ फिर्ता ल्याए।
इस्राएलमा यारोबामको शासन
23 यहूदाका राजा योआशका छोरा अमस्याहको पन्ध्रौं वर्षमा इस्राएलका राजा योआशका छोरा यारोबामले सामरियामाथि राज्य गर्न थाले; अनि तिनले एकचालीस वर्ष राज्य गरे। 24 अनि तिनले परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही गरे; तिनी इस्राएललाई पाप गर्न लाउने नबातका छोरा यारोबामका सबै पापहरूबाट हटेनन्। 25 परमप्रभु इस्राएलका परमेश्वरले आफ्ना दास अर्थात् गत-हेपेरबाटका अमित्तैका छोरा योना भविष्यवक्ताद्वारा बोल्नुभएको उहाँको वचनअनुसार तिनले हमातको पस्ने ठाउँदेखि अराबाको समुद्रसम्म इस्राएलको सिमाना फिर्ता लिए। 26 किनकि परमप्रभुले इस्राएलको अति तीतो दु:खकष्ट देख्नुभयो; किनभने कोही थुनिएको थिएन, कोही स्वतन्त्र थिएन, न ता इस्राएलका निम्ति कोही सहायक थियो। 27 अनि ‘आकाशमुनिबाट म इस्राएलको नाम मेटाइदिनेछु’ भनी परमप्रभुले भन्नुभएको थिएन; अनि उहाँले योआशका छोरा यारोबामद्वारा तिनीहरूलाई बचाउनुभयो।
28 अनि यारोबामका अरू बाँकी कामकुराहरू, तिनले गरेका सबै कामहरू, तिनको वीरता, कसरी तिनले लड़ाइँ गरे अनि कसरी तिनले दमस्कस र हमातलाई, जो यहूदाका थिए, इस्राएलकहाँ फिर्ता लिए – के ती कुराहरू इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र? 29 अनि यारोबाम आफ्ना पितापुर्खाहरू अर्थात् इस्राएलका राजाहरूसित सुते; अनि तिनको सट्टामा तिनका छोरा जकर्याहले राज्य गरे।