यहूदामा योआशको शासन
12
येहूको सातौं वर्षमा योआशले राज्य गर्न थाले; अनि उनले यरूशलेममा चालीस वर्ष राज्य गरे। अनि उनकी आमाको नाम सिब्या थियो, जो बेरशेबाबाटकी थिइन्। 2 अनि पूजाहारी यहोयादाले योआशलाई जति समयसम्म शिक्षा दिए, ती सबै समयभरि नै उनले परमप्रभुको दृष्टिमा जे ठीक थियो, त्यही गरे। 3 तर उच्च स्थानहरूक हटाइएनन्। मानिसहरूले अझै ती उच्च स्थानहरूमा बलि चढ़ाइरहे र धूप बालिरहे।4 अनि योआशले पूजाहारीहरूलाई भने: “अर्पिएका थोकहरूकोख सबै पैसा, जो परमप्रभुको भवनमा ल्याइन्छ अर्थात् हरेक गन्ती गरिने मानिसको पैसा, हरेक मानिसको मूल्याङ्कनअनुसार तोकिएको पैसा र परमप्रभुको भवनमा ल्याउनलाई मानिसले स्वेच्छाले दिएकोग सबै पैसा – 5 त्यो पैसा पूजाहारीहरू हरेकले आ-आफ्ना चिनारुहरूबाट आफ्ना निम्ति लिऊन्; अनि उनीहरूले यस भवनका चिराहरू, जहाँ-जहाँ चिरा पाइन्छ, मर्मत गरून्!” 6 तर यस्तो भयो: राजा योआशको तेइसौं वर्षसम्ममा पूजाहारीहरूले त्यस भवनका चिराहरू मर्मत गरेनन्। 7 तब राजा योआशले पूजाहारी यहोयादा र अरू पूजाहारीहरूलाई बोलाए, र उनीहरूलाई भने: “तिमीहरूले यस भवनका चिराहरू किन मर्मत गर्दैनौ? यसकारण अबदेखि उसो तिमीहरूका चिनारुहरूबाट पैसा नलेओ, तर जति छ, त्यो भवनका चिराहरूका मर्मतका निम्ति बुझाइदेओ!” 8 अनि पूजाहारीहरू ‘अबदेखि उसो मानिसहरूबाट पैसा नलिऔं र त्यस भवनका चिराहरू पनि मर्मत नगरौं’ भनी सहमत भए।
9 तर पूजाहारी यहोयादाले एउटा सन्दुक लिएर त्यसको ढकनामा एउटा प्वाल पारे, र त्यसलाई परमप्रभुको भवनभित्र पस्दा यसको दाहिनेपट्टि वेदीको छेउमा राखिदिए; अनि ढोकामा पहरा दिने पूजाहारीहरूले परमप्रभुको भवनमा ल्याइएको सबै पैसा त्यसैमा हाल्थे। 10 अनि यस्तो हुन्थ्यो – जब उनीहरूले त्यस सन्दुकमा धेरै पैसा भएको देख्थे, तब राजाका मुन्सीघ र महापूजाहारी माथि आउँथे, र त्यसलाई थैलीहरूमा हाल्थे, अनि परमप्रभुको भवनमा पाइएको पैसा गन्थे। 11 अनि उनीहरूले त्यो गनिएकोङ पैसा त्यो काम गर्नेहरूको हातमा सुम्पिदिन्थे, जसले परमप्रभुको भवनको रेखदेख गर्दथे; अनि तिनीहरूले परमप्रभुको भवनमा काम गर्ने सिकर्मीहरूलाई र कारिगरहरूलाई, 12 अनि डकर्मीहरूलाई र ढुङ्गा काट्नेहरूलाई, साथै परमप्रभुको भवनका चिराहरू मर्मत गर्नलाई काठपात र काटेका ढुङ्गाहरू किन्नलाई र भवनको मर्मतका लागि खर्च लाग्ने सबै कुराहरूका निम्ति खर्च दिन्थे। 13 तर परमप्रभुको भवनमा ल्याइएको त्यस पैसाबाट परमप्रभुको भवनका निम्ति चाँदीका कचौराहरू, सलेतो काट्ने कैंचीहरू, बाटाहरू, तुरहीहरू, सुनका भाँड़ाहरू वा चाँदीका भाँड़ाहरू केही बनिएनन्; 14 तर उनीहरूले त्यो पैसा त्यो काम गर्नेहरूलाई दिए, र तिनीहरूले त्यसैले परमप्रभुको भवन मर्मत गरे। 15 अनि त्यो काम गर्नेहरूलाई दिन भनेर उनीहरूले जुन मानिसहरूको हातमा त्यो पैसा सुम्पिदिन्थे, तिनीहरूबाट उनीहरूले कुनै हरहिसाब लिँदैनथिए; किनकि तिनीहरूले विश्वासयोग्यतासाथ काम गर्थे। 16 दोषबलिको पैसा र पापबलिको पैसा परमप्रभुको भवनमा ल्याइँदैनथ्यो। त्यो पूजाहारीहरूको हुन्थ्यो।
17 तब अरामका राजा हजाएलले गातमाथि चढ़ाइ गरे, र त्यससित लड़ाइँ गरेर त्यसलाई कब्जा गरे; अनि तिनले यरूशलेममाथि पनि चढ़ाइ गर्ने निश्चय गरेच। 18 तब यहूदाका राजा योआशले यहूदाका राजाहरूले अर्थात् आफ्ना पुर्खाहरू यहोशापात, यहोराम र अहज्याहले अर्पण गरेका सबै पवित्र वस्तुहरू, साथै आफ्ना पवित्र वस्तुहरू अनि परमप्रभुको भवनका भण्डारहरूमा र राजभवनमा पाइएको सबै सुन लिएर त्यसलाई अरामका राजा हजाएलकहाँ पठाए। अनि हजाएल यरूशलेमबाट हटेर गए।
19 अनि योआशका अरू बाँकी कामकुराहरू, अनि तिनले जे गरे – के ती कुराहरू यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र? 20 अनि उनका सेवकहरू उठे, र एउटा षड़्यन्त्र रचे, र योआशलाई सिल्लाको ओरालोमा भएको मिल्लोको घरमा मारे। 21 किनकि उनका सेवकहरू अर्थात् शिमातको छोरा योजाकार र शोमेरको छोरा यहोजाबादले उनलाई हिर्काए, र उनी मरे। अनि तिनीहरूले उनलाई उनका पितापुर्खाहरूसित दाऊदको शहरमा गाड़िदिए; अनि उनको सट्टामा उनका छोरा अमस्याहले राज्य गरे।