यहूदामा रानी अतल्याहको दुःशासन
11
अनि जब अहज्याहकी आमा अतल्याहले आफ्नो छोरा मरेका देखिन्, तब तिनी उठिन्, र सम्पूर्ण राजवंशलाई नाश पारिदिइन्। 2 तर राजा योरामकी छोरी अर्थात् अहज्याहकी बहिनीक यहोशेबाले अहज्याहका छोरा योआशलाई लिइन् र उनलाई मारिन लागेका राजाका छोराहरूको बीचबाट चोरेर लगिन्; अनि तिनीहरूले उनलाई – उनलाई र उनकी धाईलाई सुत्ने कोठामा अतल्याहको सामुबाट लुकाइराखे; यसरी उनी मारिएनन्। 3 अनि तिनीसित उनी छ वर्षसम्म परमप्रभुको भवनभित्र लुकेर बसे। अनि अतल्याहले चाहिँ देशमाथि राज्य गरिन्।4 अनि सातौं वर्षमा यहोयादाले पठाए, अङ्गरक्षकहरू र पहरेदारहरूसित सय-सयमाथिका कप्तानहरूलाई बोलाए, उनीहरूलाई परमप्रभुको भवनभित्र आफूकहाँ ल्याए, उनीहरूसित वाचा बाँधे, परमप्रभुको भवनभित्र उनीहरूलाई शपथ खान लगाए र उनीहरूलाई राजाको छोरा देखाइदिए। 5 अनि तिनले उनीहरूलाई यसो भन्दै आज्ञा गरे: “तिमीहरूले गर्नुपर्ने कुरा यही हो: तिमीहरूमध्ये एक तिहाइ, जो विश्रामदिनमा भित्र पस्छौ, राजभवनको पहरा दिनेहरू होओ! 6 अनि एक तिहाइ सूर नामक मूलढोकामा बस्नू, र अर्को एक तिहाइचाहिँ पहरेदारहरूको पछिल्तिरको मूलढोकामा बस्नू! यसरी त्यो भवन तोड़फोड़ नहोस् भनेर तिमीहरूले त्यसको पहरा दिनू! 7 अनि तिमीहरूमध्ये दुई भागचाहिँ अर्थात् सबैजना जो विश्रामदिनमा बाहिर निस्कन्छन्, तिनीहरूले चाहिँ राजाको वरिपरि परमप्रभुको भवनको पहरा दिऊन्! 8 अनि तिमीहरू हरेकले आफ्नो हातमा आफ्ना हातहतियारहरू लिएर राजालाई चारैतिरबाट घेर्नू! जो पङ्क्तिहरूमा पस्छ, त्यो मारियोस्! अनि तिमीहरूचाहिँ राजा बाहिर जाँदा र राजा भित्र आउँदा तिनको साथमा रहो!”
9 तब पूजाहारी यहोयादाले आज्ञा गरेका सबै कुराअनुसार ती सय-सयमाथिका कप्तानहरूले गरे; अनि उनीहरू हरेकले विश्रामदिनमा बाहिर निस्कने मानिसहरूको साथमा विश्रामदिनमा भित्र पस्ने आ-आफ्ना मानिसहरूलाई लिए, र पूजाहारी यहोयादाकहाँ आए। 10 अनि ती पूजाहारीले सय-सयमाथिका कप्तानहरूलाई राजा दाऊदका भालाहरू र ढालहरू दिए, जुन भाला र ढालहरू परमप्रभुको भवनभित्र थिए। 11 अनि ती पहरेदारहरू हरेक आ-आफ्ना हातमा आ-आफ्ना हातहतियारहरूसित भवनको दाहिने छेउदेखि भवनको देब्रे छेउसम्म वेदीपट्टि र भवनपट्टि राजाको वरिपरि उभिए। 12 तब तिनले राजाका छोरालाई बाहिर ल्याए, उनीमाथि मुकुट पहिराइदिए र उनलाई साक्षीख दिए; अनि तिनीहरूले उनलाई राजा तुल्याए, र उनलाई अभिषेक गरे। अनि उनीहरूले ताली बजाएर यसो भने: “राजा अमर रहून्!”
13 अनि पहरेदारहरू र मानिसहरूको आवाज सुनेर अतल्याह परमप्रभुको भवनभित्र ती मानिसहरूकहाँ आइन्। 14 अनि तिनले हेर्दा हेर, दस्तुरअनुसार राजा खाँबाको छेउमा उभिरहेका थिए, अनि राजाको छेउमा कप्तानहरू र तुरही फुक्नेहरू थिए; अनि देशका सबै मानिसहरूचाहिँ हर्षित, र तुरहीहरू फुकिरहेका थिए। तब अतल्याहले आफ्ना वस्त्रहरू च्यातिन् र कराएर भनिन्: “राजद्रोह! राजद्रोह!” 15 तर पूजाहारी यहोयादाले सय-सयमाथिका कप्तानहरूलाई अर्थात् सेनाका अफिसरहरूलाई आज्ञा गरे, र उनीहरूलाई भने: “यिनलाई पङ्क्तिहरूको बीचबाट बाहिर लैजाओ, र यिनको पछि लाग्नेलाई तरवारले मारिदेओ!” किनकि पूजाहारीले भनेका थिए: ‘परमप्रभुको भवनभित्र यिनी नमारिऊन्!’ 16 अनि उनीहरूले यिनीमाथि हात हाले, र जुन ढोकाबाट घोड़ाहरू राजभवनमा पस्थे, त्यही बाटो भएर यिनी गइन्; अनि त्यहीं यिनी मारिइन्।
17 अनि यहोयादाले ‘हामी परमप्रभुको प्रजा बनिरहनेछौं’ भनेर परमप्रभु, राजा र प्रजाको बीचमा, साथै राजा र प्रजाको बीचमा पनि एउटा वाचा बाँधे। 18 तब देशका सबै मानिसहरू बालको भवनभित्र पसे, र त्यसलाई भत्काइदिए, अनि त्यसका वेदीहरू र त्यसका मूर्तिहरू टुक्रा-टुक्रा पारिदिए, र बालको पूजाहारी मत्तानलाई ती वेदीहरूको अगाड़ि मारे। तब पूजाहारीले परमप्रभुको भवनमाथि अधिकारीहरू नियुक्त गरे। 19 अनि तिनले सय-सयमाथिका कप्तानहरू, अङ्गरक्षकहरू र पहरेदारहरू अनि देशका सबै मानिसहरूलाई साथमा लिए; अनि उनीहरूले राजालाई परमप्रभुको भवनबाट तल ल्याए, र पहरेदारहरू बस्ने मूलढोकाको बाटोबाट भएर राजभवनमा आए। तब उनी राजाहरूको सिंहासनमाथि बसे। 20 तब देशका सबै मानिसहरूले आनन्द मनाए, र शहर शान्त थियो। अनि उनीहरूले अतल्याहलाई राजभवनको छेउमा तरवारले मारे। 21 राज्य गर्न शुरु गर्दा योआश सात वर्षका थिए।