शूनेमी स्त्रीको घर र जग्गाजमिन फिर्ता दिइएको
8
तब जुन स्त्रीको छोरालाई एलीशाले जीवित पारेका थिए, ती स्त्रीलाई उनले भने: “उठ, तिमी र तिम्रो घराना जाऊ, र जहाँ बसोबास गर्न सक्छौ, त्यहाँ बसोबास गर! किनकि परमप्रभुले अनिकाल डाक्नुभएको छ; र त्योचाहिँ सात वर्षसम्म यस देशमा पर्नेछ।” 2 तब ती स्त्री उठिन्, र परमेश्वरको जनको वचनअनुसार गरिन्; अनि तिनी गइन्, र आफ्नो घरानासित सात वर्षसम्म पलिस्तीहरूको देशमा बसोबास गरिन्। 3 अनि यस्तो भयो: सात वर्ष बित्न लाग्दा ती स्त्री पलिस्तीहरूको देशबाट फर्केर आइन्; अनि तिनी आफ्नो घर र आफ्नो जमिन फिर्ता पाउनलाई राजालाई निवेदन गर्नक गइन्। 4 अनि त्यस घड़ी राजाचाहिँ परमेश्वरको जनको सेवक गेहजीसित यसो भन्दै कुरा गरिरहेका थिए: “म तिमीलाई विन्ती गर्छु, एलीशाले गरेका सबै महान् कार्यहरूको विषयमा मलाई बताऊ!” 5 अनि यस्तो भयो: एलीशालेख त्यस मरेकोलाई जीवित पारेको कुरा उसले राजालाई सुनाउँदै गर्दा हेर, तिनै स्त्रीले, जसको छोरालाई उनले जीवित पारेका थिए, आफ्नो घर र आफ्नो जमिन फिर्ता पाउनलाई राजालाई निवेदन गर्नक लागिन्। तब गेहजीले भने: “हे मेरा प्रभु महाराज, यिनी नै ती स्त्री हुन्, र यिनको छोरा यही हो, जसलाई एलीशाले जीवित पारेका थिए।” 6 अनि राजाले ती स्त्रीलाई सोध्दाखेरि यिनले तिनलाई बताइदिइन्। तब राजाले यसो भन्दै तिनका निम्ति एकजना अधिकारीलाई खटाए: “यिनका जेजति थिए, त्यो सबै, साथै यिनले देश छोड़ेर गएको समयदेखि अहिलेसम्म खेतबारीका सबै उब्जनीहरू यिनलाई फर्काइदेऊ!”एलीशा र अरामी हजाएल
7 अनि एलीशा दमस्कस आए। अरामका राजा बेन-हदद बिरामी थिए; अनि परमेश्वरको जन यहाँ आइपुगेका छन् भन्दै तिनलाई सुनाइयो। 8 तब राजाले हजाएललाई भने: “तिम्रो हातमा एउटा सौगात लिएर परमेश्वरको जनलाई भेट्न जाऊ! अनि म यस रोगबाट निको हुन्छु कि हुँदिनँ, सो कुरा तिनीद्वारा परमप्रभुलाई सोधखोज गर!” 9 तब हजाएल उनलाई भेट्न गए, र आफ्नो साथमाग एउटा सौगात, अँ, दमस्कसको हरेक उत्तम थोक लिए – चालीसवटा ऊँटहरूको भारी; अनि त्यहाँ पुगेर तिनी उनको सामु उभिए, र भने: “तपाईंका छोरा, अरामका राजा बेन-हददले ‘म यस बिमारीबाट निको हुन्छु कि हुँदिनँ?’ भन्दै मलाई तपाईंकहाँ पठाउनुभएको छ।” 10 अनि एलीशाले तिनलाई भने: “जाऊ, र उनलाई भन, ‘तपाईं अवश्य निको हुनुहुनेछ’; तर परमप्रभुले उनी निश्चय नै मर्नेछन् भनी मलाई प्रकट गर्नुभएको छ।” 11 अनि हजाएलघ लज्जित नहोउन्जेल उनले एक टक लाएर हेरिरहे। तब परमेश्वरको जन रोए। 12 अनि हजाएलले भने: “हे मेरा प्रभु, तपाईं किन रुँदै हुनुहुन्छ?” अनि उनले जवाफ दिए: “किनकि जुन खराबी तिमीले इस्राएलीहरूलाई गर्नेछौ, त्यो म जान्दछु; उनीहरूका किल्लाहरूमा तिमीले आगो लगाइदिनेछौ, उनीहरूका जवान मानिसहरूलाई तिमीले तरवारले मार्नेछौ, उनीहरूका बालबच्चाहरूलाई तिमीले पछार्नेछौ र उनीहरूका गर्भवती स्त्रीहरूको पेट तिमीले चिर्नेछौ।” 13 अनि हजाएलले भने: “तर तपाईंको दास, यो कुकुर के हो, कि यसले यस्तो ठूलो काम गर्न सक्छ?” अनि एलीशाले जवाफ दिए: “परमप्रभुले मलाई प्रकट गर्नुभएको छ: तिमी नै अरामका राजा हुनेछौ।” 14 तब तिनी एलीशाबाट हिँड़े, र आफ्ना मालिककहाँ आए। अनि यिनले तिनलाई भने: “एलीशाले तिमीलाई के भने?” अनि तिनले जवाफ दिए: “उनले मलाई बताए कि तपाईं अवश्य निको हुनुहुनेछ।” 15 अनि भोलिपल्ट यस्तो भयो: तिनले एउटा बाक्लो कपड़ा लिए, त्यसलाई पानीमा चोबे र यिनको मुखमाथि फैलाइदिए, र यिनी मरे; अनि यिनको सट्टामा हजाएलले राज्य गरे।
यहूदामा यहोरामको शासन
16 अनि इस्राएलका राजा अहाबका छोरा योरामको पाँचौं वर्षमा – जब यहोशापात यहूदाका राजा थिए – यहूदाका राजा यहोशापातका छोरा यहोराम यहूदामाथि राज्य गर्न थाले। 17 राज्य गर्न शुरु गर्दा तिनी बत्तीस वर्षका थिए; अनि तिनले यरूशलेममा आठ वर्ष राज्य गरे। 18 अनि अहाबको घरानाझैं तिनी इस्राएलका राजाहरूको चालमा हिँड़े; किनकि तिनकी पत्नी अहाबकी छोरी थिइन्। अनि तिनले परमप्रभुको दृष्टिमा खराबी गरे। 19 तर परमप्रभुले आफ्ना दास दाऊदको खातिर यहूदालाई नाश गर्न चाहनुभएन; जसरी उनलाई, साथै उनका सन्तानलाई सधैं एउटा बत्ती दिनेछु भनी उहाँले उनीसित प्रतिज्ञा गर्नुभएको थियो।
20 तिनको पालोमा एदोमले यहूदाको अधीनता फालेर विद्रोह गर्यो, र तिनीहरूले आफूमाथि एउटा राजा बनाए। 21 तब यहोराम सबै रथहरूको साथमा पारि जाइरमा गए; अनि तिनी राति उठे, र आफ्नो वरिपरि घेरा हालिरहेका ती एदोमीहरूलाई र ती रथहरूका कप्तानहरूलाई प्रहार गरे। तब मानिसहरू आ-आफ्ना पालहरूतिर भागे। 22 तापनि एदोमले यहूदाको अधीनता फालेर आजको दिनसम्म विद्रोह गरिरह्यो। तब लिब्नाले पनि विद्रोह गर्यो।
23 अनि यहोरामका बाँकी कामकुराहरू, र तिनले गरेका सबै कामहरू – के ती कुराहरू यहूदाका राजाहरूको इतिहासकोङ पुस्तकमा लेखिएका छैनन् र? 24 अनि यहोराम आफ्ना पितापुर्खाहरूसित सुते, र तिनका पितापुर्खाहरूसँग दाऊदको शहरमा गाड़िए; अनि तिनको सट्टामा तिनका छोरा अहज्याहले राज्य गरे।
यहूदामा अहज्याहको शासन
25 इस्राएलका राजा अहाबका छोरा यहोरामको बाह्रौं वर्षमा यहूदाका राजा यहोरामका छोरा अहज्याहले राज्य गर्न थाले। 26 राज्य गर्न शुरु गर्दा अहज्याह बाइस वर्षका थिए; अनि तिनले यरूशलेममा एक वर्ष राज्य गरे। अनि तिनकी आमाको नाम अतल्याह थियो, जो इस्राएलका राजा ओम्रीकी नातिनीच थिइन्। 27 अनि तिनी अहाबको घरानाको चालमा हिँड़े, र अहाबको घरानाले झैं तिनले परमप्रभुको दृष्टिमा खराबी गरे; किनकि तिनी अहाबको घरानाको जुवाइँ थिए। 28 अनि तिनी अहाबका छोरा यहोरामको साथमा रामोत-गिलादमा अरामका राजा हजाएलसित लड़ाइँ गर्न गए; अनि अरामीहरूले यहोरामलाई घाइते पारे। 29 अनि अरामका राजा हजाएलसित लड़ाइँ गर्दा रामामा अरामीहरूले तिनलाई लगाएका चोटहरूबाट यिज्रेएलमा निको हुनलाई राजा यहोराम फर्के। अनि यहूदाका राजा यहोरामका छोरा अहज्याहचाहिँ यिज्रेएलमा अहाबका छोरा योरामलाई हेर्न तल झरे; किनकि तिनी बिरामी थिए।