सामरियामा प्रशस्त अन्न
7
तब एलीशाले भने: “तिमीहरू परमप्रभुको वचन सुन! परमप्रभु यसो भन्नुहुन्छ, भोलि यति बेला सामरियाको मूलढोकामा एक शेकेलमाक एक सआख मैदा र एक शेकेलमाक दुई सआक जौ बिक्री हुनेछ।” 2 अनि जुन उच्च अधिकारीको हातमा राजाले अड़ेस लिन्थे, तिनले परमेश्वरको जनलाई जवाफ दिएर भने: “हेर, परमप्रभुले स्वर्गमा झ्यालहरू बनाउनुभएको भए पनि के यो कुरा हुन सक्ला?” तब उनले भने: “हेर, तिमीले यो कुरा आफ्नै आँखाहरूले देख्नेछौ, तर यसबाट खान पाउनेछैनौ।”3 अनि त्यस मूलढोकाको पस्ने ठाउँमा चारजना कोरीहरू थिए। अनि तिनीहरूले एक-अर्कालाई भन्न लागे: “हामी किन मरुन्जेल यहीं बसेको? 4 हामीले ‘त्यस शहरमा पसौं’ भन्यौं भने पनि शहरमा अनिकाल लागेको छ, र हामी त्यहाँ मर्नेछौं; अनि यहीं बसिरह्यौं भने पनि हामी मर्ने नै छौं। यसकारण अब आओ, हामी अरामीहरूको छाउनीमा शरण लिऔं! तिनीहरूले हामीलाई जीवित छोड़िराखे भने हामी बाँचौंला; अनि तिनीहरूले हामीलाई मारे भने के, हामीले मर्नु नै छ!” 5 अनि मिरमिरे साँझमा तिनीहरू अरामीहरूको छाउनीमा जानलाई उठे; अनि तिनीहरू अरामीहरूको छाउनीको छेउमा पुग्दा हेर, त्यहाँ कोही पनि रहेनछ! 6 किनकि परमप्रभुले अरामीहरूको सेनालाई रथहरूको आवाज र घोड़ाहरूको आवाज, अँ, एउटा ठूलो फौजको आवाज सुनाउनुभयो। अनि तिनीहरूले एक-अर्कालाई भन्न लागे: “हेर, इस्राएलका राजाले हामीमाथि चढ़ाइ गर्नलाई हाम्रो विरोधमा हित्तीहरूका राजाहरू र मिस्रीहरूका राजाहरूलाई भाड़ामा लिएछन्।” 7 यसैकारण तिनीहरू मिरमिरे साँझमा उठेर भागे, अनि आफ्ना पालहरू, आफ्ना घोड़ाहरू र आफ्ना गधाहरू, अँ, त्यो छाउनी नै त्यत्तिकै छोड़ेर आफ्नो ज्यान बचाउन भागे। 8 अनि जब ती कोरीहरू त्यस छाउनीको छेउमा पुगे, तब तिनीहरू एउटा पालभित्र पसे, र खाई-पिई गरेर त्यहाँबाट चाँदी, सुन र लुगाफाटा लगेर गए, र ती चीजहरू लुकाए; अनि तिनीहरू फर्केर अर्को पालभित्र पसे, र त्यहाँबाट पनि लगेर गए, र ती चीजहरू लुकाए।
9 तब तिनीहरूले एक-अर्कालाई भने: “हामीले ठीक काम गरिरहेका छैनौं। आजको दिन शुभ समाचारको दिन हो; तर हामी चुपै लागिरहेका छौं। हामी बिहान उज्यालो होउन्जेल पर्खिरह्यौं भने हामीमाथि कुनै विपत्ति आइपर्ला; यसकारण अब आओ, हामी गएर राजाको घरानालाई बताइदिऔं!” 10 तब तिनीहरू आए, र शहरको ढोकेलाई बोलाए, अनि यसो भन्दै उनीहरूलाई बताए: “हामी अरामीहरूको छाउनीमा पुग्यौं; अनि हेर, त्यहाँ कुनै मानिस थिएन, र कुनै मानिसको सोर पनि सुनिएन; तर घोड़ाहरू र गधाहरू बाँधिएका थिए, अनि पालहरू त्यत्तिकै थिए।” 11 अनि उसले अरू ढोकेहरूलाई बोलायो; अनि उनीहरूले भित्र राजाको घरानालाई सुनाए।
12 अनि राजा राति नै उठे, र आफ्ना सेवकहरूलाई भने: “ती अरामीहरूले हामीसित के गरेका हुन्, सो म अब तिमीहरूलाई बताउँछु: तिनीहरूलाई थाहा छ, हामी भोकाएका छौं; यसैकारण तिनीहरू मैदानमा लुकेर बस्नलाई यसो भन्दै छाउनीबाट निस्केर गएका हुन्: ‘जब तिनीहरू शहरबाट बाहिर निस्कन्छन्, तब हामी तिनीहरूलाई जिउँदै पक्रनेछौं, र त्यस शहरभित्र पस्नेछौं।’ ” 13 अनि तिनका सेवकहरूमध्ये एकजनाले जवाफ दिएर भने: “म तपाईंलाई विन्ती गर्छु, केही मानिस यस शहरमा बचेका घोड़ाहरूमध्ये पाँचवटा, जो बाँकी रहेका छन्, लिएर जाऊन्! (हेर्नुहोस्, तिनीहरूग यस शहरभित्रघ बचेको इस्राएलको सारा भीड़जस्तै हुन्! हेर्नुहोस्, तिनीहरू नष्ट भइसकेको इस्राएलको सारा भीड़जस्तै हुन्!) अनि तिनीहरूलाई पठाएर हामी पत्ता लगाऔंङ!” 14 यसकारण उनीहरूले दुईवटा रथ र तिनका घोड़ाहरू लिए। अनि राजाले यसो भन्दै अरामीहरूको सेनाको पछि-पछि पठाए: “जाओ, र हेर!” 15 अनि उनीहरूले तिनीहरूलाई यर्दनसम्म पछ्याए; अनि हेर, सारा बाटो अरामीहरूले हतारमा फ्याँकिराखेका लुगाफाटा र हातहतियारहरूले भरिएको थियो। अनि ती दूतहरू फर्के, र राजालाई त्यो कुरा सुनाए। 16 अनि मानिसहरू निस्के, र अरामीहरूका पालहरू लुटे। तब परमप्रभुको वचनअनुसार एक सआ मैदा एक शेकेलमा र दुई सआ जौ एक शेकेलमा बिक्री भयो।
17 अनि जुन उच्च अधिकारीको हातमा राजाले अड़ेस लिन्थे, ती उच्च अधिकारीलाई तिनले शहरको मूलढोकाको अभिभारामाथि अधिकारीको रूपमा नियुक्त गरे। अनि मानिसहरूले तिनलाई मूलढोकामा कुल्चीमिल्ची पारे, र तिनी मरे, परमेश्वरको जनले भनेअनुसार, जसले राजा तल उनीकहाँ आएको बेलामा यो भनेका थिए। 18 हो, यो त्यस्तो भयो, जस्तो परमेश्वरको जनले राजालाई यसो भनेका थिए: ‘भोलि यति बेला सामरियाको मूलढोकामा दुई सआ जौ एक शेकेलमा, र एक सआ मैदा एक शेकेलमा बिक्री हुनेछ।’ 19 अनि ती उच्च अधिकारीले परमेश्वरको जनलाई जवाफ दिएर भनेका थिए: ‘हेर, परमप्रभुले स्वर्गमा झ्यालहरू बनाउनुभएको भए पनि के यस्तो कुरा हुन सक्ला?’ तब उनले भनेका थिए: ‘हेर, तिमीले यो कुरा आफ्नै आँखाहरूले देख्नेछौ, तर यसबाट खान पाउनेछैनौ!’ 20 अनि तिनलाई त्यस्तै भयो; किनकि मानिसहरूले तिनलाई मूलढोकामा कुल्चीमिल्ची पारे, र तिनी मरे।