एलीशा र यर्दनमा खसेको त्यो बन्चरो
6
अनि भविष्यवक्ताहरूका शिष्यहरूले एलीशालाई भने: “अब हेर्नुहोस्! हामी तपाईंसँग बसेको यो ठाउँ हाम्रा निम्ति साँघुरो भएको छ। 2 हामी तपाईंलाई विन्ती गर्छौं, हामी यर्दनमा जाऔं, त्यहाँबाट हामी हरेकले एक-एकवटा बलोको काठ लैजाऔं र त्यहाँ हाम्रा निम्ति एउटा ठाउँ बनाऔं, जहाँ हामी बसौं!” तब उनले जवाफ दिए: “जाओ!” 3 अनि एकजनाले भने: “म तपाईंलाई विन्ती गर्छु, राजी हुनुहोस्, र तपाईंका दासहरूसित जानुहोस्!” अनि उनले जवाफ दिए: “ल, म जानेछु।” 4 तब उनी उनीहरूसँगै गए। अनि उनीहरू यर्दनमा पुगेर रूखहरू काट्न थाले। 5 अनि एकजनाले एउटा बलोको काठ ढाल्दै गर्दा बन्चरोक बिँड़बाट खुस्केर पानीभित्र खस्यो; र तिनले पुकारेर भने: “हाय, मेरा स्वामी! किनकि यो त मागेर ल्याइएको चीज थियो!” 6 अनि परमेश्वरको जनले भने: “त्यो कहाँ खस्यो?” अनि तिनले उनलाई त्यो ठाउँ देखाइदिए। तब उनले एउटा काठ काटेर त्यसभित्र फालिदिए; अनि त्यो फलाम तैरियो। 7 तब उनले भने: “त्यो आफूकहाँ उठाऊ!” अनि तिनले आफ्नो हात बढ़ाएर त्यो उठाए।एलीशा र अरामीहरू
8 अनि अरामका राजा इस्राएलसँग लड़ाइँ गरिरहेका थिए; अनि तिनले आफ्ना सेवकहरूसित यसो भन्दै सल्लाह गरे: “फलानो-फलानो ठाउँमा मेरो छाउनी हुनेछ।” 9 तब परमेश्वरको जनले इस्राएलका राजाकहाँ यसो भन्दै पठाए: “होशियार हुनुहोस्! तपाईं फलानो ठाउँबाट भएर नजानुहोस्! किनकि अरामीहरू तल त्यहीं आइरहेका छन्।” 10 अनि इस्राएलका राजाले त्यस ठाउँमा मानिसहरू पठाए, जुन ठाउँको विषयमा परमेश्वरको जनले तिनलाई बताएका र चेताउनी दिएका थिए, र त्यहाँ आफूलाई कतिपल्ट जोगाए। 11 यसैले यस विषयमा अरामका राजाको हृदय साह्रै विचलितख भयो; अनि आफ्ना सेवकहरूलाई बोलाएर तिनले तिनीहरूलाई भने: “हाम्रो बीचमा कोचाहिँ इस्राएलको राजाको पक्षमा छ, के तिमीहरूले मलाई त्यो बताउँदैनौ?” 12 तब तिनका सेवकहरूमध्ये एकजनाले भने: “हे मेरा प्रभु महाराज, कोही छैन; तर इस्राएलमा भएका भविष्यवक्ता एलीशाले तपाईंले आफ्नो सुत्ने कोठामा भन्नुभएका शब्दहरूधरि इस्राएलका राजालाई सुनाउँछन्।” 13 अनि तिनले भने: “जाऊ, र त्यो कहाँ छ, पत्ता लगाऊ, र म मानिसहरू पठाएर त्यसलाई पक्रनेछु।” अनि तिनलाई यसो भन्दै बताइयो: “हेर्नुहोस्, तिनी दोतानमा छन्।”
14 तब तिनले घोड़ाहरू, रथहरू र एउटा ठूलो फौज त्यहाँ पठाए; अनि तिनीहरू राति आए, र त्यस शहरलाई घेरे। 15 अनि जब परमेश्वरको जनको सेवक बिहान सबेरै उठेर बाहिर गयो, तब हेर, घोड़ाहरू र रथहरू, साथमा एउटा फौजले त्यस शहरलाई घेरेको रहेछ! अनि उनको सेवकले उनलाई भन्यो: “हाय, मेरा प्रभु! अब हामी के गरौं?” 16 तब उनले जवाफ दिए: “नडराऊ; किनकि हामीसित जो छन्, ती तिनीहरूसित भएकाहरूभन्दा बढ़ी छन्।” 17 अनि एलीशाले प्रार्थना गरेर यसो भने: “हे परमप्रभु, म तपाईंलाई विन्ती गर्छु, उसका आँखाहरू खोलिदिनुहोस्, र उसले देखोस्!” तब परमप्रभुले त्यस युवकका आँखाहरू खोलिदिनुभयो, र उसले देख्यो; अनि हेर, एलीशाको वरिपरि त्यस पहाड़भरि आगोका घोड़ाहरू र आगोका रथहरू रहेछन्!
18 अनि जब अरामीहरूग तल उनीकहाँ आए, तब एलीशाले परमप्रभुसित प्रार्थना गरेर भने: “म तपाईंलाई विन्ती गर्छु, यी मानिसहरूलाई अन्धा पारिदिनुहोस्!”घ तब उहाँले एलीशाको वचनअनुसार तिनीहरूलाई अन्धा पारिदिनुभयो। 19 अनि एलीशाले तिनीहरूलाई भने: “बाटो यो होइन, न ता यो शहर नै हो। मलाई पछ्याओ, र म तिमीहरूलाई तिमीहरूले खोजेको मानिसकहाँ पुर्याइदिनेछु।” तर उनले तिनीहरूलाई सामरियामा ल्याइपुर्याए। 20 अनि यस्तो भयो: जब तिनीहरू सामरियामा पुगे, तब एलीशाले यसो भने: “हे परमप्रभु, यी मानिसहरूका आँखाहरू खोलिदिनुहोस्, र यिनीहरूले देखून्!” तब परमप्रभुले तिनीहरूका आँखाहरू खोलिदिनुभयो, र तिनीहरूले देखे; अनि हेर, तिनीहरू त सामरियाको बीचमा पो रहेछन्! 21 अनि इस्राएलका राजाले तिनीहरूलाई देखेर एलीशालाई भने: “हे मेरा पिता, के म यिनीहरूलाई प्रहार गरूँ? के म यिनीहरूलाई प्रहार गरूँ?” 22 तब उनले जवाफ दिए: “तपाईंले यिनीहरूलाई प्रहार नगर्नुहोस्! के तपाईंले आफ्नो तरवार र आफ्नो धनुले कैद गरेर ल्याएकाहरूलाई प्रहार गर्नुहुन्थ्यो? यिनीहरूको अगाड़ि रोटी र पानी राखिदिनुहोस्, र खाई-पिई गरेर यिनीहरू आफ्ना मालिककहाँ जाऊन्!” 23 अनि तिनले तिनीहरूका निम्ति ठूलो भोजभतेर तयार गरे। अनि तिनीहरूले खाई-पिई गरेपछि तिनले तिनीहरूलाई पठाइदिए, र तिनीहरू आफ्ना मालिककहाँ गए। यसरी अरामका फौजहरू फेरि इस्राएल देशभित्र आएनन्।
सामरियामा घोर अनिकाल
24 अनि त्यसपछि यस्तो भयो: अरामका राजा बेन-हददले आफ्नो सारा सेना भेला गरे, माथि गए, र सामरियालाई घेरा हाले। 25 अनि सामरियामा ठूलो अनिकाल लागेको थियो; अनि हेर, तिनीहरूले त्यसलाई यहाँसम्म घेरा हाले, कि गधाको एउटा टाउको चाँदीको अस्सी शेकेलमाङ र एक कबकोच एक चौथाइ परेवाको सुली चाँदीको पाँच शेकेलमाङ बिक्री गरिन्थ्यो। 26 अनि इस्राएलका राजा पर्खालमाथि हिँड़्दै गर्दा एउटी स्त्रीले यसो भन्दै तिनलाई पुकारी: “हे मेरा प्रभु महाराज, गुहार!” 27 अनि तिनले भने: “परमप्रभुले तिमीलाई गुहार गर्नुभएन भने म तिमीलाई कहाँबाट गुहार गरूँ? खलाबाट कि दाखको कोलबाट?” 28 अनि राजाले उसलाई भने: “तिमीलाई के भयो?” अनि उसले जवाफ दिई: “यस स्त्रीले मलाई भनेकी थिई, ‘तिम्रो छोरा दिइहाल, र आज हामी त्यसलाई खाऔं! अनि भोलि हामी मेरो छोरालाई खाऔंला।’ 29 तब हामीले मेरो छोरालाई पकायौं, र उसलाई खायौं। अनि भोलिपल्ट मैले यसलाई भनें, ‘तिम्रो छोरा देऊ, र हामी त्यसलाई खाऔं!’ तर यसले आफ्नो छोरालाई लुकाई।” 30 अनि यस्तो भयो: जब इस्राएलका राजाले त्यस स्त्रीका शब्दहरू सुने, तब तिनले आफ्ना वस्त्रहरू च्याते; अनि तिनी पर्खालमाथि हिँड़्दै गइरहेका थिए; र मानिसहरूले हेरे; अनि हेर, तिनले भित्रपट्टि आफ्नो शरीरमा भाङ्ग्राको लुगा पहिरेका रहेछन्! 31 अनि तिनले भने: “आजको दिन शापातको छोरा एलीशाको टाउको त्यसमाथि खड़ा रह्यो भने परमेश्वरले मलाई यसै गरून् र यसभन्दा बढ़ी गरून्!”
32 तर एलीशा आफ्नो घरमा बसिरहेका थिए, अनि उनको साथमा बूढ़ा प्रधानहरू बसिरहेका थिए। अनि राजालेछ आफ्नो अघि-अघि एकजना मानिसलाई पठाए, तर त्यो दूत उनीकहाँ आइपुग्नुभन्दा अघि नै उनले ती बूढ़ा प्रधानहरूलाई भने: “त्यस हत्याराको छोराले मेरो टाउको लैजानलाई मानिस पठाएको के तिमीहरूले देख्दैछौ? हेर, त्यो दूत आउँदाखेरि ढोका थुनिदेओ, र त्यसलाई ढोकामै रोकिराख! के त्यसको पछाड़ि त्यसका मालिकका खुट्टाको आवाज सुनिँदैन र?” 33 अनि उनले अझ उनीहरूसित कुरा गरिरहेकै बेलामा हेर, त्यो दूत तल उनीकहाँ आइपुग्यो; अनि राजालेछ भने: “हेर, यो विपत्ति परमप्रभुबाट भएको हो। म किन अझै परमप्रभुको बाटो हेरिरहूँ?”