नाबोतको दाखबारी
21
अनि यी कुराहरूपछि यस्तो भयो: सामरियाका राजा अहाबको महलको छेउमा यिज्रेएली नाबोतको एउटा दाखबारी थियो, जो यिज्रेएलमा थियो। 2 अनि अहाबले नाबोतलाई यसो भने: “तिम्रो दाखबारी मलाई दिइहाल, र त्यो मेरो सागसब्जीको बारी होस्; किनभने त्यो मेरो घरको छेवैमा छ; अनि म तिमीलाई त्यसको सट्टामा त्योभन्दा असल दाखबारी दिनेछु; अथवा तिमीलाई राम्रो लाग्यो भने म त्यसको दाममा पैसै दिनेछु।” 3 तर नाबोतले अहाबलाई भने: “के म मेरा पितापुर्खाहरूको अधिकारको भाग तपाईंलाई दिऊँ? मेरा निम्ति परमप्रभुबाट यस्तो कुरा कदापि नहोस्!” 4 तब यिज्रेएली नाबोतले उनलाई भनेको वचनले गर्दा अहाब उदासक र क्रोधित भएर आफ्नो घर पुगे; किनकि नाबोतलेख ‘मेरा पितापुर्खाहरूको अधिकारको भाग म तपाईंलाई दिन्नँ’ भनेका थिए; अनि तिनी आफ्नो पलङमा ढल्के, आफ्नो अनुहार अर्कोतिर फर्काए अनि खाना खान मानेनन्।5 तर उनकी पत्नी इजेबेलले उनीकहाँ आएर उनलाई भनिन्: “तपाईंको मनग किन यति उदासक छ, कि तपाईं खानै खानुहुन्न?” 6 तब उनले तिनलाई भने: “किनभने मैले यिज्रेएली नाबोतसित कुरा गरें, र त्यसलाई भनें, ‘मलाई तिम्रो दाखबारी पैसैमा दिइहाल! अथवा तिमी चाहन्छौ भने त्यसको सट्टामा म तिमीलाई अर्कै दाखबारी दिउँला।’ तर त्यसले मलाई जवाफ दियो, ‘म मेरो दाखबारी तपाईंलाई दिन्नँ।’ ” 7 अनि उनकी पत्नी इजेबेलले उनलाई भनिन्: “हालैमा इस्राएलमाथि राज्य गर्ने तपाईं हुनुहुन्छ, होइन र? उठ्नुहोस्, खाना खानुहोस्, र तपाईंको हृदय आनन्दित होस्! मचाहिँ तपाईंलाई त्यस यिज्रेएली नाबोतको दाखबारी दिनेछु।” 8 तब यिनले अहाबको नाममा चिट्ठीहरू लेखिन्, तिनमा अहाबकोघ सहीछाप लगाइन्, र ती चिट्ठीहरू नाबोतको शहरमा तिनीसँग बस्ने बूढ़ा प्रधानहरू र भारदारहरूकहाँ पठाइन्। 9 यिनले ती चिट्ठीहरूमा यसो भन्दै लेखेकी थिइन्: “उपवासको घोषणा गर, र नाबोतलाई मानिसहरूको बीचमा उच्च स्थानमा बसाओ! 10 अनि त्यसको सामु दुईजना अधम मानिसहरूलाई बसाओ, र तिनीहरूले ‘तैंले परमेश्वर र राजाको निन्दा गरिस्ङ’ भन्दै त्यसको विरोधमा गवाही दिऊन्! तब त्यसलाई बाहिर लैजाओ, र त्यसलाई ढुङ्गाले हान, र त्यो मरोस्!” 11 अनि तिनको शहरका मानिसहरूले, अँ, तिनको शहरमा बस्ने बूढ़ा प्रधानहरू र भारदारहरूले इजेबेलले तिनीहरूलाई भनिपठाएअनुसार, र ती चिट्ठीहरूमा लेखिएअनुसार गरे, जुन चिट्ठीहरू यिनले तिनीहरूकहाँ पठाएका थिइन्। 12 तिनीहरूले उपवासको घोषणा गरे, र नाबोतलाई मानिसहरूको बीचमा उच्च स्थानमा बसाए। 13 अनि दुईजना अधम मानिसहरू आए, र उसको सामु बसे; अनि ती अधम मानिसहरूले मानिसहरूको सामु तिनको विरोधमा, अँ, नाबोतको विरोधमा यसो भन्दै गवाही दिए: “नाबोतले परमेश्वर र राजाको निन्दा गर्यो।” तब तिनीहरूले तिनलाई शहरबाहिर लगे, र तिनलाई ढुङ्गाले हाने, र तिनी मरे। 14 तब तिनीहरूले इजेबेलकहाँ यसो भनिपठाए: “नाबोत ढुङ्गाले हानियो, र त्यो मर्यो।” 15 अनि यस्तो भयो: जब नाबोत ढुङ्गाले हानिए, र तिनी मरे भन्ने कुरा इजेबेलले सुनिन्, तब इजेबेलले अहाबलाई भनिन्: “उठ्नुहोस्, यिज्रेएली नाबोतले पैसामा तपाईंलाई दिन नमानेको त्यसको दाखबारी अधिकार गरिहाल्नुहोस्! किनकि नाबोत जिउँदो छैन, त्यो मर्यो।”
16 अनि यस्तो भयो: जब अहाबले नाबोत मरेको खबर सुने, तब अहाब यिज्रेएली नाबोतको दाखबारी अधिकार गर्नलाई तल त्यसमा जान भनी उठे।
17 अनि तिश्बी एलियाकहाँ परमप्रभुको यसो भन्ने वचन आयो: 18 “उठ, सामरियामा बस्ने इस्राएलका राजा अहाबलाई भेट्न तल जाऊ! हेर, त्यो नाबोतको दाखबारीमा छ; त्यसलाई अधिकार गर्न त्यो त्यहाँ झरेको छ। 19 अनि तिमीले त्यसलाई यसो भन्नू, ‘परमप्रभु यसो भन्नुहुन्छ, तैंले हत्या गरिस्, र अधिकार पनि गरिहालिस्?’ अनि तिमीले त्यसलाई यसो भन्नू, ‘परमप्रभु यसो भन्नुहुन्छ, जुन ठाउँमा कुकुरहरूले नाबोतको रगत चाटे, त्यही ठाउँमा कुकुरहरूले तेरो रगत, अँ, तेरो रगत चाट्नेछन्।’ ” 20 अनि अहाबले एलियालाई भने: “ए मेरो शत्रु, के तैंले मलाई भेट्टाइस्?” अनि तिनले जवाफ दिए: “अँ, मैंले भेट्टाएँ; किनकि परमप्रभुको दृष्टिमा खराबी गर्नलाई तैंले आफैलाई बेचिस्। 21 हेर्, म तँमाथि विपत्ति ल्याउनेछु, र तेरो वंशलाईच मेटाइदिनेछु, अनि इस्राएलमा चाहे त्यो कैदीछ होस् वा स्वतन्त्र, म अहाबबाट हरेक पुरुषलाईज नाश गर्नेछु; 22 अनि त्यस रिस उठाउने कामले गर्दा, जसद्वारा तैंले मलाई रिस उठाएको छस्, र इस्राएललाई पाप गर्न लगाएको छस्, म तेरो घरानालाई नबातको छोरा यारोबामको घराना र अहियाहको छोरा बाशाको घरानाजस्तै बनाइदिनेछु।” 23 अनि इजेबेलको विषयमा पनि परमप्रभुले यसो भन्नुभएको छ: “कुकुरहरूले इजेबेललाई यिज्रेएलको पर्खालनिर खानेछन्। 24 अहाबको जोसुकै होस् – शहरमा मर्नेलाई कुकुरहरूले खानेछन्, र मैदानमा मर्नेलाई आकाशका चराहरूले खानेछन्।”
25 तर अहाबजस्तो अरू कोही भएन, जसले परमप्रभुको दृष्टिमा दुष्ट काम गर्न आफैलाई बेचे, जसलाई उनकी पत्नी इजेबेलले सुर्याएकी थिइन्। 26 अनि जुन एमोरीहरूलाई परमप्रभुले इस्राएलीहरूको सामुबाट निकालिदिनुभएको थियो, तिनीहरूले गरेका सबै कामअनुसार मूर्तिहरूको पछि लागेर अहाबलेझ अति नै घिनलाग्दो काम गरे।
27 अनि यस्तो भयो: जब अहाबले यी शब्दहरू सुने, तब उनले आफ्ना लुगाहरू च्याते, आफ्नो शरीरमा भाङ्ग्राको लुगा लगाए, उपवास बसे र भाङ्ग्राको लुगामा सुते, अनि नम्र चाललेञ हिँड़े। 28 तब तिश्बी एलियाकहाँ परमप्रभुको यसो भन्ने वचन आयो: 29 “अहाबले मेरो सामु आफूलाई नम्र तुल्याएको के तिमीले देख्यौ? उसले मेरो सामु आफूलाई नम्र तुल्याएको हुनाले म उसको जीवनकालमा त्यो विपत्ति ल्याउनेछैनँ; तर उसको छोराका दिनहरूमा म उसको घरानामाथि त्यो विपत्ति ल्याउनेछु।”