ओबद्याह र राजा अहाबसित एलियाको भेट
18
अनि धेरै दिनपछि यस्तो भयो: तेस्रो वर्षमा परमप्रभुको यसो भन्ने वचन एलियाकहाँ आयो: “जाऊ! आफूलाई अहाबकहाँ देखाऊ! अनि म पृथ्वीको सतहमाथि पानी बर्साइदिनेछु।” 2 तब एलिया अहाबकहाँ आफूलाई देखाउन गए। अनि सामरियामा घोर अनिकाल परेको थियो।3 अनि अहाबले आफ्नो घरका अधिकारी ओबद्याहलाई बोलाए। (अनि ओबद्याहले परमप्रभुको खूबै डर राख्थे; 4 किनकि यस्तो भएको थियो – जब इजेबेलले परमप्रभुका भविष्यवक्ताहरूलाई नाश गरिन्, तब ओबद्याहले एक सय भविष्यवक्ताहरूलाई लगेर उनीहरूलाई एउटा गुफामा पचास-पचास हुने गरी लुकाए, अनि उनीहरूलाई रोटी र पानी खुवाइरहे।) 5 अनि अहाबले ओबद्याहलाई भने: “देशभरि पानीका सबै मुहानहरू र सबै खोलानदीहरूकहाँ जाऊ, कतै घोड़ाहरू र खच्चरहरू जीवित राख्नलाई हामी घाँस पाउँछौं कि, र हामीले यी सबै पशुहरू गुमाउनु नपरोस्।” 6 तब देशभरि घुम्नलाई उनीहरूले देशलाई दुई भाग गरे; अनि अहाब अलग्गै एउटा बाटो लागे, र ओबद्याह अलग्गै अर्को बाटो लागे।
7 अनि ओबद्याह बाटोमा हुँदा हेर, एलियाले तिनलाई भेटे। अनि जब तिनले उनलाई चिने, तब तिनले भुइँसम्म आफ्नो शिर झुकाए र भने: “के तपाईं उही मेरा प्रभु एलिया हुनुहुन्छ?” 8 अनि उनले तिनलाई जवाफ दिए: “हो, म नै हुँ। जाऊ! तिम्रा मालिकलाई ‘हेर्नुहोस्, एलिया यहाँ छन्’ भनिदेऊ!” 9 तब तिनले भने: “मैले कुनचाहिँ पाप गरेको छु, र तपाईंले आफ्नो दासलाई, अहाबले मलाई मारून् भनेर तिनको हातमा सुम्पिदिन चाहनुहुन्छ? 10 परमप्रभु तपाईंका परमेश्वरको जीवनको शपथ! मेरा मालिकले तपाईंलाई खोज्न नपठाएको कुनै जाति वा राज्य नै छैन। अनि जब तिनीहरूले ‘उनी यहाँ छैनन्’ भनी जवाफ दिएक, तब तिनले त्यस राज्य वा जातिलाई शपथ पनि खान लगाए, कि तिनीहरूले तपाईंलाई नभेट्टाएकै हुन्। 11 अनि अब तपाईं ‘जाऊ, तिम्रा मालिकलाई “हेर्नुहोस्, एलिया यहाँ छन्” भनिदेऊ’, भन्नुहुन्छ। 12 अनि यस्तो होला: म तपाईंबाट जानेबित्तिकै परमप्रभुको आत्माले तपाईंलाई मैले नजानेको ठाउँमा लगिहाल्नुहुनेछ। अनि म गएर अहाबलाई भनुँला, तर तिनले तपाईंलाई भेट्टाउन सकेनन् भने तिनले मलाई मार्नेछन्। तर म, तपाईंको दास मेरो बालककालदेखिख नै परमप्रभुको डर मान्दछु। 13 इजेबेलले परमप्रभुका भविष्यवक्ताहरूलाई मार्दाखेरि मैले के गरें, मैले परमप्रभुका भविष्यवक्ताहरूमध्ये एक सयजनालाई, एउटा गुफामा पचास-पचास हुने गरी लुकाएँ र उनीहरूलाई रोटी र पानी खुवाएँ, के यो कुरा मेरा प्रभुलाई सुनाइएको छैन? 14 अनि अब तपाईं ‘जाऊ, तिम्रा मालिकलाई “हेर्नुहोस्, एलिया यहाँ छन्” भनिदेऊ’ भन्नुहुन्छ; अनि तिनले मलाई मार्नेछन्।” 15 तब एलियाले भने: “सेनाहरूका परमप्रभुको जीवनको शपथ, जसको सामु म खड़ा रहन्छु! निश्चय म आज तिनीकहाँ आफूलाई देखाउने नै छु।” 16 तब ओबद्याह अहाबलाई भेट्न गए, र तिनलाई बताए; अनि अहाब एलियालाई भेट्न गए।
एलिया कर्मेल पहाड़मा
17 अनि यस्तो भयो: जब अहाबले एलियालाई देखे, तब तिनले उनलाई भने: “के तिमी उही इस्राएललाई कष्ट दिनेहारा हौ त?” 18 अनि उनले जवाफ दिए: “मैले इस्राएललाई कष्ट दिएको होइन, तर तपाईं र तपाईंको पिताको घरानाले कष्ट दिनुभएको हो; किनकि तपाईंहरूले परमप्रभुका आज्ञाहरूलाई त्याग्नुभएको हो, र तपाईंचाहिँ बाल देवताहरूको पछि लाग्नुभएको छ। 19 यसकारण अब दूतहरू पठाउनुहोस्, र सारा इस्राएललाई, साथै इजेबेलको टेबलमा खाने त्यस बाल देवताका चार सय पचास भविष्यवक्ताहरू र त्यस अशेरा देवीका चार सय भविष्यवक्ताहरूलाई कर्मेल पहाड़मा मकहाँ भेला गराउनुहोस्!” 20 तब अहाबले सबै इस्राएलीहरूकहाँ पठाए, र ती भविष्यवक्ताहरूलाई कर्मेल पहाड़मा भेला गरे।
21 अनि एलिया ती सबै मानिसहरूको नजिक आए, र भने: “तिमीहरू कहिलेसम्म दोधारमा अल्झिरहन्छौ? परमप्रभु परमेश्वर हुनुहुन्छ भने उहाँको पछि लाग, तर बाल परमेश्वर हो भने त्यसको पछि लाग!” तर मानिसहरूले उनलाई एक शब्द पनि जवाफ दिएनन्। 22 तब एलियाले ती मानिसहरूलाई भने: “परमप्रभुको भविष्यवक्ता त, म मात्र बाँकी रहेको छु; तर बाल देवताका भविष्यवक्ताहरू चार सय पचासजना छन्। 23 यसकारण मानिसहरूलेग हामीलाई दुईवटा बहर दिऊन्; अनि एउटा बहरचाहिँ तिनीहरूले आफ्ना निम्ति छानून्, त्यसलाई काटेर टुक्रा-टुक्रा पारून् र दाउरामाथि राखून्, तर त्यसमुनि आगोचाहिँ नलगाऊन्! अनि अर्को बहरचाहिँ म तयार गर्नेछु, अनि दाउरामाथि राख्नेछु, र त्यसमुनि आगो लगाउनेछैनँ। 24 अनि तिमीहरूले आफ्ना देवताहरूको नाम पुकार, र मचाहिँ परमप्रभुको नाम पुकार्नेछु; अनि जुन ईश्वरले आगोद्वारा जवाफ दिनुहुनेछ, त्यो ईश्वर नै परमेश्वर हुनुहुनेछ।” तब सबै मानिसहरूले जवाफ दिएर भने: “यो कुरा ठीक हो!” 25 अनि एलियाले बाल देवताका भविष्यवक्ताहरूलाई भने: “पहिले तिमीहरूले आफ्ना निम्ति एउटा बहर छानेर तयार गर; किनकि तिमीहरू धेरै छौ; अनि आफ्ना देवताहरूको नाम पुकार, तर त्यसमुनि आगोचाहिँ नलगाओ!” 26 अनि तिनीहरूलाई दिइएको बहर तिनीहरूले लगे, त्यसलाई तयार गरे र बिहानदेखि मध्यदिनसम्म यसो भन्दै बाल देवताको नाम पुकारे: “हे बाल, हाम्रो विन्ती सुनिदेऊ!” तर त्यहाँ न कुनै वाणी आयो, न जवाफ दिने कोही निस्क्यो। तब तिनीहरू त्यस बनाइएको वेदीको वरिपरि उफ्रन लागे। 27 अनि मध्यदिनमा यस्तो भयो: एलियाले तिनीहरूलाई ठट्टा गरेर भने: “ठूलो सोरले कराओ; किनकि उनी त देवता हुन्! उनी ध्यानमा बसेका होलान्, कतै गएका होलान्, वा यात्रामा पो छन् कि? हुन सक्छ, उनी सुतिरहेका छन्, र बिउँझाउनैपर्छ।” 28 तब तिनीहरू ठूलो सोरले कराउन थाले, अनि आफूमाथि रगतको धारा नबगुन्जेल आफ्नो दस्तुरअनुसार तरवार र भालाहरूले आफू-आफूलाई काट्न-घोंच्न लागे। 29 अनि यस्तो भयो: मध्यदिन नाघेपछि तिनीहरूले बेलुकीको बलिदान चढ़ाउने बेलासम्म भविष्यवाणी गरिरहे; र पनि त्यहाँ न ता कुनै वाणी आयो, न जवाफ दिने कोही निस्क्यो, न ता ध्यान दिने कोही थियो।
30 तब एलियाले सबै मानिसहरूलाई भने: “मेरो नजिक आओ!” अनि सबै मानिसहरू उनको नजिक गए। तब उनले परमप्रभुको वेदी, जो भत्किएको थियो, मर्मत गरे। 31 अनि याकूबका छोराहरूका कुलहरूको संख्याअनुसार एलियाले बाह्रवटा ढुङ्गा लिए, जुन याकूबकहाँ ‘तिम्रो नाम इस्राएल हुनेछ’ भन्ने परमप्रभुको वचन आएको थियो। 32 अनि ती ढुङ्गाहरू लिएर उनले परमप्रभुको नाममा एउटा वेदी बनाए; अनि त्यस वेदीको वरिपरि दुई सआजतिघ बीउ अटाउने खाड़ल बनाए। 33 अनि उनले दाउरा मिलाए, त्यो बहर काटेर टुक्रा-टुक्रा पारे र दाउरामाथि राखे, अनि भने: “चार गाग्रीङ पानी भर, र त्यस होमबलि र दाउरामाथि खन्याइदेओ!” 34 फेरि उनले भने: “दोस्रोपल्ट पनि त्यस्तै गर!” अनि तिनीहरूले दोस्रोपल्ट पनि त्यसै गरे। अनि उनले भने: “तेस्रोपल्ट पनि त्यस्तै गर!” अनि तिनीहरूले तिस्रोपल्ट पनि त्यसै गरे। 35 अनि पानी वेदीको वरिपरि बग्यो; अनि उनले खाड़ल पनि पानीले भरिदिए।
36 अनि बेलुकीको बलिदान चढ़ाउने बेला भएपछि यस्तो भयो: भविष्यवक्ता एलियाले नजिक गएर भने: “हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर, इस्राएलमा तपाईं नै परमेश्वर हुनुहुन्छ, र मचाहिँ तपाईंको दास हुँ, अनि मैले यी सबै कुराहरू तपाईंको वचनअनुसार गरेको हुँ भनेर आज थाहा होस्! 37 मेरो विन्ती सुनिदिनुहोस्च, हे परमप्रभु! मेरो विन्ती सुनिदिनुहोस्च, र तपाईं नै परमप्रभु परमेश्वर हुनुहुन्छ, र तपाईंले नै यिनीहरूको हृदयलाई फर्काउनुभएको छ भनी यी मानिसहरूले जानून्!” 38 तब परमप्रभुको आगो झर्यो, र त्यसले त्यो होमबलि, त्यो दाउरा, ती ढुङ्गाहरू र त्यो माटो भस्म पार्यो, अनि खाड़लमा भएको पानी पनि चाटिदियो। 39 अनि जब सबै मानिसहरूले त्यो देखे, तब उनीहरूले भुइँसम्म आफ्नो शिर झुकाएर यसो भने: “परमप्रभु, उहाँ नै परमेश्वर हुनुहुन्छ! परमप्रभु, उहाँ नै परमेश्वर हुनुहुन्छ!!” 40 अनि एलियाले उनीहरूलाई भने: “त्यस बालका भविष्यवक्ताहरूलाई पक्र; तिनीहरूमध्ये एउटै पनि उम्कन नपाओस्!” अनि उनीहरूले तिनीहरूलाई पक्रे; अनि एलियाले तिनीहरूलाई तल किशोन खोलामा लगे, र त्यहाँ तिनीहरूलाई मारे।
41 अनि एलियाले अहाबलाई भने: “उठ्नुहोस्, खानपान गर्नुहोस्; किनकि घनघोर वर्षाको आवाज हुँदैछ।” 42 तब अहाब खानपान गर्न उठे। तर एलियाचाहिँ कर्मेल पहाड़को टाकुरामा चढ़े; अनि भुइँमा घोप्टो परेर उनले आफ्नो मुख आफ्ना घुँड़ाहरूको बीचमा राखे, 43 र आफ्नो सेवकलाई भने: “अब माथि जाऊ, र समुद्रतिर हेर!” अनि ऊ माथि गयो, र हेरेर भन्यो: “त्यहाँ केही पनि छैन।” अनि सातपल्ट उनले ‘फेरि पनि जाऊ’ भने। 44 अनि सातौं पल्टमा यस्तो भयो: उसले भन्यो: “हेर्नुहोस्, समुद्रबाट मान्छेको हातजत्रो एउटा सानो बादल उठिरहेछ।” तब उनले भने: “माथि गएर अहाबलाई यसो भन, ‘आफ्नो रथ तयार पार्नुहोस् र तल झरिहाल्नुहोस्, नत्र ता त्यस पानीले तपाईंलाई रोक्नेछ।’ ” 45 अनि त्यस बेलासम्म यस्तो भयो: बादलहरू र हावाबतासले गर्दा आकाश कालो भयो, र घनघोर पानी पर्यो। अनि अहाब रथमा चढ़ेर यिज्रेएलतिर गए। 46 अनि परमप्रभुको हात एलियामाथि थियो; अनि उनले आफ्नो कम्मर कसे, र यिज्रेएलको मूलढोकासम्मछ अहाबको अघि-अघि दगुरे।