एलियाको सेवकाइ
17
अनि गिलादका बासिन्दाहरूमध्येक एकजना तिश्बी एलियाले अहाबलाई भने: “परमप्रभु इस्राएलका परमेश्वरको जीवनको शपथ, जसको सामु म खड़ा रहन्छु! मेरो वचनविना यी वर्षहरूमा न शीत पर्नेछ, न पानी।”एलियालाई करीत खोलामा पठाइन्छ
2 अनि परमप्रभुको यसो भन्ने वचन उनीकहाँ आयो: 3 “यहाँबाट गइहाल, र पूर्वपट्टि लाग, अनि यर्दनको सामु भएकोख करीत खोलामा लुकिबस! 4 अनि यस्तो हुनेछ: तिमीले त्यस खोलाको पानी पिउनेछौ; अनि त्यहाँ तिमीलाई खानेकुरा खुवाउनलाईग मैले कागहरूलाई आज्ञा गरेको छु।” 5 तब उनी गए र परमप्रभुको वचनअनुसार गरे; किनकि उनी गए, र यर्दनको सामु भएकोख करीत खोलामा बसे। 6 अनि कागहरूले उनलाई बिहान रोटी र मासु ल्याइदिन्थे अनि बेलुकी रोटी र मासु ल्याइदिन्थे; अनि उनले त्यस खोलाको पानी पिउँथे। 7 अनि केही समयपछि यस्तो भयो: देशमा पानी नपरेको कारणले त्यो खोला सुक्यो।
एलियालाई सारेपतकी विधवाकहाँ पठाइन्छ
8 अनि परमप्रभुको यसो भन्ने वचन उनीकहाँ आयो: 9 “उठ, सिडोनको सारेपतमा जाऊ र त्यहाँ बस! हेर, तिम्रो खानेकुरा जुटाउनलाईग मैले त्यहाँ एउटी विधवालाई आज्ञा गरेको छु।” 10 तब उनी उठे, र सारेपतमा गए। अनि उनी त्यस शहरको मूलढोकामा आइपुग्दा हेर, एउटी विधवा त्यहाँ झिक्राझिक्रीघ बटुलिरहेकी रहिछन्! अनि उनले तिनलाई बोलाएर भने: “म विन्ती गर्छु, मेरा निम्ति एउटा भाँड़ामा अलिकति पानी ल्याइदेऊ र म पिऊँ!” 11 अनि तिनी त्यो लिन जाँदै गर्दा उनले तिनलाई बोलाएर भने: “म विन्ती गर्छु, मेरा निम्ति तिम्रो हातमा एक गाँस रोटी पनि ल्याइदेऊ ल!” 12 तब तिनले भनिन्: “परमप्रभु तपाईंका परमेश्वरको जीवनको शपथ! माटोको भाँड़ामा एक मुठी पीठो र सुराहीमा अलिकति तेलबाहेक मसित एउटा रोटी पनि छैन; अनि हेर्नुहोस्, भित्र गएर मेरो र मेरो छोराका निम्ति म त्यसलाई बनाउँला, र हामी त्यसलाई खाऔंला, र मरौंला भनी म दुई टुक्रा दाउरा बटुल्दैछु।” 13 अनि एलियाले तिनलाई भने: “नडराऊ! जाऊ, र तिमीले भनेझैं गर! तर पहिले मेरा निम्ति त्यसबाट एउटा सानो फुरौला बनाऊ, त्यो मकहाँ ल्याऊ; त्यसपछि तिम्रो र तिम्रो छोराका निम्ति बनाऊ! 14 किनकि परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘जुन दिनसम्म परमप्रभुले पृथ्वीमाथि पानी बर्साउनुहुन्न, त्यस दिनसम्म त्यस माटोको भाँड़ाको पीठो सिद्धिनेछैन, न ता त्यस सुराहीको तेलको घटी नै हुनेछ।’ ” 15 अनि तिनी गइन्, र एलियाले भनेअनुसार गरिन्; तब विधवालेङ, एलियालेच र तिनको घरानाले धेरै दिनसम्म खाइरहे। 16 अनि परमप्रभुले एलियाद्वारा भन्नुभएको उहाँको वचनअनुसार माटोको भाँड़ाको पीठो सिद्धिएन, न ता सुराहीको तेलको घटी नै भयो।
एलियाद्वारा सारेपतकी विधवाको छोरा मरेकोबाट बौराइयो
17 अनि यी कुराहरूपछि यस्तो भयो: त्यस घरकी मालिक्नी अर्थात् ती स्त्रीको छोरा बिरामी भयो; अनि उसको बिमारी यति साह्रो भयो, कि उसमा सासै रहेन। 18 अनि तिनले एलियालाई भनिन्: “हे परमेश्वरको जन, तपाईंसित मेरो के काम छ र? के तपाईं मेरो पापको सम्झना गराउन र मेरो छोरालाई मार्न मकहाँ आउनुभएको हो?” 19 अनि उनले तिनलाई भने: “तिम्रो छोरा मलाई देऊ!” अनि उसलाई तिनको छातीबाट उठाएर उनले उसलाई माथि त्यस माथिल्लो कोठामा बोकेर लगे, जहाँ उनी बसेका थिए, र उसलाई आफ्नो पलङमाथि सुताए। 20 अनि उनले परमप्रभुलाई पुकारेर भने: “हे परमप्रभु मेरा परमेश्वर, जुन विधवाकहाँ म परदेशी भएर बस्दैछु, के तिनको छोरालाई मारेर तपाईंले तिनीमाथि पनि खराबी ल्याउनुभएको हो?” 21 अनि उनी तीनपल्ट त्यस बालकमाथि लमतन्न भई पस्रे, र परमप्रभुलाई पुकारेर भने: “हे परमप्रभु मेरा परमेश्वर! म तपाईंलाई विन्ती गर्छु, यस बालकको प्राण उसभित्र फर्केर आओस्!” 22 अनि परमप्रभुले एलियाको सोर सुन्नुभयो, र त्यस बालकको प्राण उसभित्र फर्केर आयो, र ऊ जिउँदो भयो। 23 अनि एलियाले त्यस बालकलाई लिएर त्यस माथिल्लो कोठाबाट तल घरमा ल्याए, र उसलाई उसकी आमाकहाँ सुम्पिदिए। अनि एलियाले भने: “हेर, तिम्रो छोरा जिउँदै छ।” 24 तब ती स्त्रीले एलियालाई भनिन्: “अब यसैबाट मैले थाहा पाएँ, तपाईं परमेश्वरको जन हुनुहुन्छ, र तपाईंको मुखमा परमप्रभुको वचन सत्य छ।”