राजा बाशाको मृत्यु
16
अनि बाशाको विरोधमा हनानीका छोरा येहूकहाँ परमप्रभुको यसो भन्ने वचन आयो: 2 “तिमीलाई मैले धूलोबाट उठाएर मेरो प्रजा इस्राएलमाथि शासक तुल्याएको थिएँ; तर यारोबामको चालमा हिँड़ेर तिमीले मेरो प्रजा इस्राएललाई, तिनीहरूका पापहरूद्वारा मलाई रिस उठाउन भनी पाप गर्न लगायौ; 3 यसकारण हेर, म बाशाको वंशलाईक र त्यसको घरानाको वंशलाईक बढ़ारेर फ्याँक्नेछु; अनि म तेरो घरानालाई नबातको छोरा यारोबामको घरानाजस्तै तुल्याइदिनेछु। 4 बाशाको जोसुकै होस् – शहरमा मर्नेलाई कुकुरहरूले खानेछन्, र मैदानमा मर्नेलाई आकाशका चराहरूले खानेछन्।”5 अब बाशाका अरू बाँकी कामकुराहरू, तिनले गरेको काम र तिनको वीरता – के ती कुराहरू इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र? 6 अनि बाशा आफ्ना पितापुर्खाहरूसित सुते, र तिर्सामा गाड़िए; अनि तिनको सट्टामा तिनका छोरा एलाले राज्य गरे। 7 अनि यारोबामको घरानाजस्तै भएर आफ्नै हातहरूको कामद्वारा उहाँलाई रिस उठाएर तिनले परमप्रभुको दृष्टिमा गरेको सबै खराबीको कारणले, साथै तिनले उनलाई मारेकोख कारणले नै बाशा र तिनको घरानाको विरोधमा परमप्रभुको वचन हनानीका छोरा भविष्यवक्ता येहूद्वारा पनि आएको थियो।
इस्राएलमा एलाको शासन
8 यहूदाका राजा आसाको छब्बीसौं वर्षमा बाशाका छोरा एलाले इस्राएलमाथि राज्य गर्न लागे; अनि तिनले तिर्सामा दुई वर्ष राज्य गरे। 9 अनि तिनका सेवक जिम्रीले, जो आधा रथहरूका सेनापति थिए, तिनको विरोधमा एउटा षड़्यन्त्र रचे; त्यस समय तिनीचाहिँ तिर्सामा थिए; तिर्सामा, आफ्नो घरका अधिकारी अर्साको घरमा पिएर तिनी मातिरहेका थिए। 10 अनि यहूदाका राजा आशाको सत्ताइसौं वर्षमा जिम्री भित्र पसेर तिनलाई प्रहार गरे, तिनलाई मारे र तिनको सट्टामा राज्य गरे। 11 अनि यस्तो भयो: आफू राजा भएर सिंहासनमाथि बस्नेबित्तिकै उनले बाशाको सम्पूर्ण घरानालाई मारे; उनले तिनका निम्ति एउटै पुरुषलाईग पनि बाँकी राखेनन्, न ता तिनका कुटुम्बहरूबाट, न तिनका साथीहरूबाट कसैलाई बाँकी राखे। 12 यसरी भविष्यवक्ता येहूद्वारा बाशाको विरोधमा परमप्रभुले भन्नुभएको उहाँको वचनअनुसार जिम्रीले बाशाको सम्पूर्ण घरानालाई नाश पारे; 13 बाशाका सबै पापहरू र तिनका छोरा एलाका पापहरूको कारणले, जुन पापहरू तिनीहरूले गरे, र जुन पापहरूद्वारा तिनीहरूले इस्राएललाई पाप गर्न लगाएर उनीहरूका व्यर्थका कुराहरूद्वारा परमप्रभु इस्राएलका परमेश्वरलाई रिस उठाए। 14 अनि एलाका अरू बाँकी कामकुराहरू, अँ, तिनले जे गरे, के ती कुराहरू इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
इस्राएलमा जिम्रीको शासन
15 अनि यहूदाका राजा आसाको सत्ताइसौं वर्षमा जिम्रीले तिर्सामा सात दिनसम्म राज्य गरे। अनि मानिसहरूले पलिस्तीहरूको गिब्बतोनको विरुद्ध छाउनी हालेका थिए। 16 अनि छाउनी हाल्ने मानिसहरूले यसो भनेको सुने: “जिम्रीले षड़्यन्त्र रचेर राजालाई पनि मारेछन्।” यसैले त्यस दिन सारा इस्राएलले छाउनीमा सेनापति ओम्रीलाई इस्राएलमाथि राजा बनाए। 17 अनि ओम्री र तिनको साथमा सारा इस्राएल गिब्बतोनबाट माथि गए; अनि उनीहरूले तिर्साको विरोधमा घेरा हाले। 18 अनि यस्तो भयो: जब जिम्रीले शहर कब्जा भइसकेको देखे, तब उनी राजभवनको महलमा पसेर आफूमाथि राजभवनलाई आगोले जलाएर मरे; 19 उनका ती पापहरूको कारणले, जुन पापहरू परमप्रभुको दृष्टिमा खराबी गरेर उनले गरे, जब उनी यारोबामको चालमा र तिनको त्यस पापमा हिँड़े, जुन पापहरूद्वारा तिनले इस्राएललाई पाप गर्न लगाएका थिए। 20 अनि जिम्रीका अरू बाँकी कामकुराहरू, अँ, तिनले रचेको षड़्यन्त्र – के ती कुराहरू इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
इस्राएलमा ओम्रीको शासन
21 तब इस्राएलका मानिसहरू दुई भागमा बाँड़िए; आधा मानिसहरू गीनतका छोरा तिब्नीलाई राजा बनाउन उनको पछि लागे; अनि आधाचाहिँ ओम्रीको पछि लागे। 22 तर ओम्रीको पछि लाग्ने मानिसहरू गीनतका छोरा तिब्नीको पछि लाग्ने मानिसहरूमाथि प्रबल भए। त्यसो हुँदा तिब्नी मरे, र ओम्रीले राज्य गरे। 23 यहूदाका राजा आसाको एकतीसौं वर्षमा ओम्री इस्राएलमाथि राज्य गर्न लागे; अनि तिनले बाह्र वर्ष राज्य गरे; छ वर्षचाहिँ तिनले तिर्सामा राज्य गरे। 24 अनि तिनले दुई किक्करघ चाँदीमा शेमेरबाट सामरियाको पहाड़ किने, त्यस पहाड़लाई निर्माण गरे र आफूले निर्माण गरेको त्यस शहरको नाम त्यस पहाड़का मालिक शेमेरको नाममा सामरिया राखे। 25 तर ओम्रीले परमप्रभुको दृष्टिमा खराबी गरे, र तिनीभन्दा अघिका सबैले भन्दा बढ़ी दुष्ट काम गरे। 26 किनकि तिनी नबातका छोरा यारोबामको सबै चालमा र उनको त्यस पापमा हिँड़े, जसद्वारा उनले इस्राएललाई पाप गर्न लगाएर तिनीहरूका व्यर्थका कुराहरूद्वारा परमप्रभु इस्राएलका परमेश्वरलाई रिस उठाए। 27 अनि अब ओम्रीका अरू बाँकी कामकुराहरू, जो तिनले गरे, र तिनले देखाएको वीरता – के ती कुराहरू इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
इस्राएलमा अहाबको शासन
28 तब ओम्री आफ्ना पितापुर्खाहरूसित सुते, र सामरियामा गाड़िए; अनि तिनको सट्टामा तिनका छोरा अहाबले राज्य गरे। 29 अनि यहूदाका राजा आसाको अठतीसौं वर्षमा ओम्रीका छोरा अहाबले इस्राएलमाथि राज्य गर्न लागे; अनि ओम्रीका छोरा अहाबले सामरियामा इस्राएलमाथि बाइस वर्ष राज्य गरे। 30 अनि ओम्रीका छोरा अहाबले परमप्रभुको दृष्टिमा आफूभन्दा अघिका सबैले भन्दा बढ़ी खराबी गरे। 31 अनि यस्तो भयो: नबातका छोरा यारोबामका पापहरूमा हिँड़्नु त तिनका निम्ति मामुली कुरा हो जस्तै गरी तिनले सिडोनीहरूका राजा एत-बालकी छोरी इजेबेललाई विवाह गरे, र तिनी गए, अनि तिनले बालको पूजा गरे र त्यसलाई दण्डवत् गरे। 32 अनि तिनले सामरियामा आफूले बनाएको बालको मन्दिरमाङ बालका निम्ति एउटा वेदी खड़ा गरे। 33 अनि अहाबले एउटा अशेरा बनाए; अनि परमप्रभु इस्राएलका परमेश्वरलाई रिस उठाउनलाई अहाबले आफूभन्दा अघिका इस्राएलका सबै राजाहरूले भन्दा बढ़ी गरे। 34 अनि तिनको समयमा बेतएलवासी हीएलले यरिहो निर्माण गरे। नुनका छोरा यहोशूद्वारा परमप्रभुले भन्नुभएको उहाँको वचनअनुसार आफ्नो जेठा छोरा अबिराममाच उनले त्यसको जग बसाले, अनि आफ्नो कान्छा छोरा सगुबमा त्यसका मूलढोकाहरू खड़ा गरे।