भविष्यवक्ता नातानले दाऊदको पापको दोष प्रकट गरे
12
अनि परमप्रभुले नातानलाई दाऊदकहाँ पठाउनुभयो। अनि तिनी उनीकहाँ आए, र उनलाई भने: “एउटा शहरमा दुईजना मानिसहरू थिए – एकजना धनी र अर्कोचाहिँ गरिब। 2 त्यस धनी मानिससँग अति धेरै भेड़ाबाख्राहरू र गाईबस्तुहरू थिए; 3 तर यस गरिब मानिससित आफूले किनेर स्याहारेको एउटा भेड़ाको पाठीबाहेक केही थिएन; अनि त्यो ऊसँग र उसका छोराछोरीहरूसँगै एकसाथ बढ़ेर ठूलो भएको थियो; त्यसले उसको खानेकुराबाट खाने गर्थ्यो, उसको कचौराबाट पिउने गर्थ्यो, उसको छातीमा एकसाथ सुत्थ्यो र उसका निम्ति छोरी तुल्य थियो।4 अनि त्यस धनी मानिसकहाँ एउटा यात्री आयो; अनि त्यसले आफूकहाँ आएको यात्रीका निम्ति तयार गरिदिनलाई आफ्ना भेड़ाबाख्राहरू र आफ्ना गाईबस्तुहरूबाट लिएन, तर जोगाएर राख्यो; तर यस गरिब मानिसको पाठी लिएर त्यसलाई आफूकहाँ आएको मानिसका निम्ति तयार गरिदियो।” 5 तब दाऊदको क्रोध त्यस मानिसप्रति ज्यादै दन्कियो; अनि उनले नातानलाई भने: “परमप्रभुको जीवनको शपथ! यस्तो काम गर्ने त्यो मान्छे निश्चय मर्नेछ; 6 अनि त्यसले यस पाठीको चार गुणा फिर्ता दिनुपर्छ; किनभने त्यसले यस्तो काम गर्यो, र त्यसले दया देखाएन।”
7 तब नातानले दाऊदलाई भने: “त्यो मानिस तपाईं नै हुनुहुन्छ। परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, मैले तिमीलाई इस्राएलमाथि राजा अभिषेक गरें, र मैले नै तिमीलाई शाऊलको हातबाट छुटकारा दिलाएँ; 8 अनि मैले तिमीलाई तिम्रा मालिकको घर र तिम्रा मालिकका पत्नीहरू तिम्रो छातीमा दिएँ, साथै तिमीलाई इस्राएल र यहूदाको घराना पनि दिएँ; अनि यो थोरै भएको भए मैले तिमीलाई यस्ता-यस्ता थोकहरू थपिदिनेथिएँ। 9 उहाँको दृष्टिमा खराबी गर्न तिमीले किन परमप्रभुको आज्ञालाई तुच्छ ठान्यौ? तिमीले हित्ती उरियाहलाई तरवारले मारेका छौ, उसकी पत्नीलाई आफ्नी पत्नी तुल्याएका छौ र उसैलाई अम्मोनीहरूको तरवारले मारेका छौ। 10 यसकारण अब तिम्रो घरानाबाट तरवार कहिल्यै हट्नेछैन; किनभने तिमीले मलाई तुच्छ ठानेका छौ, र उरियाहकी पत्नीलाई लिएर आफ्नी पत्नी तुल्याएका छौ। 11 परमप्रभु यसो भन्नुहुन्छ: हेर, म तिम्रै घरानाबाट तिम्रो विरुद्ध खराबी खड़ा गर्नेछु; अनि म तिम्रै आँखाको सामु तिम्रा पत्नीहरू लिएर तिनीहरूलाई तिम्रा छिमेकीलाई दिनेछु, र ऊ दिउँसैक तिम्रा पत्नीहरूसित सुत्नेछ। 12 किनभने तिमीले यो गुप्तमा गर्यौ; तर मचाहिँ यो काम सारा इस्राएलको सामु, र उज्यालोमाख गर्नेछु।”
13 अनि दाऊदले नातानलाई भने: “मैले परमप्रभुको विरोधमा पाप गरेको छु।” अनि नातानले दाऊदलाई भने: “परमप्रभुले पनि तिम्रो पाप हटाइदिनुभएको छ; तपाईं मर्नुहुनेछैन। 14 तरै पनि यस कामले गर्दा तपाईंले परमप्रभुका शत्रुहरूलाई निन्दा गर्ने ठूलो अवसर दिनुभएको छ; यसैले तपाईंका निम्ति जन्मेको त्यो छोरा पनि निश्चय मर्नेछ।”
दाऊदको यो बालक मर्यो
15 अनि नातान आफ्नो घर गए। अनि परमप्रभुले उरियाहकी पत्नीले दाऊदका निम्ति जन्माएको नानीलाई हिर्काउनुभयो, र त्यो साह्रै बिरामी भयो। 16 तब दाऊदले त्यस बालककाग निम्ति परमेश्वरलाई विन्ती चढ़ाए; अनि दाऊद उपवास बसे, र भित्र गएर रातभरि भुइँमा पस्रिरहे। 17 अनि उनको घरका बूढ़ा प्रधानहरू उठे, र उनलाई भुइँबाट उठाउन भनी उनीकहाँ गए; तर उनले मानेनन्, न ता तिनीहरूसित भोजन नै खाए।
18 अनि सातौं दिनमा यस्तो भयो: त्यो बालक मर्यो। अनि दाऊदका नोकरहरू त्यो बालक मरेको कुरा उनलाई बताउन डराए; किनभने तिनीहरू भन्थे: “हेर, बालक जिउँदो हुँदा नै हामीले उहाँसँग कुरा गर्यौं, र उहाँले हाम्रो कुरा मान्नुभएनघ भने हामीले ‘बालक मर्यो’ भनी कसरी भन्न सक्छौं? निश्चय उहाँले आफूलाई केही खराबी गर्नुहुनेछ।” 19 तर जब दाऊदले आफ्ना नोकरहरूले आपसमा कानेखुसी गरेका देखे, तब दाऊदले त्यो बालक मरेछ भनी थाहा गरे; यसैले दाऊदले आफ्ना नोकरहरूलाई भने: “के त्यो बालक मर्यो?” अनि तिनीहरूले भने: “ऊ मर्यो।” 20 तब दाऊद भुइँबाट उठे, नुहाए, तेल लगाए, वस्त्र फेरे र परमप्रभुको भवनमा आएर दण्डवत् गरे; त्यसपछि उनी आफ्नो घरमा आए; अनि जब उनले मागे, तब तिनीहरूले उनको सामु खानेकुरा राखिदिए, र उनले खाए। 21 तब उनका नोकरहरूले उनलाई भने: “हजुरले गर्नुभएको यो कुरा के हो? जब त्यो बालक जिउँदो थियो, तब हजुर उसका निम्ति उपवास बस्नुभयो, र रुनुभयो; तर जब त्यो बालक मर्यो, तब हजुर उठ्नुभयो र भोजन गर्नुभयो।” 22 तब उनले भने: “जब त्यो बालक जिउँदै थियो, तब म उपवास बसें, र रोएँ; किनकि म भन्थें: ‘कसले भन्न सक्छङ, परमेश्वर मप्रति कृपालु बन्न पनि सक्नुहुन्छ, र त्यो बालक बाँच्छ?’ 23 तर अब त त्यो मर्यो; यसैले म किन उपवास बसूँ? के म उसलाई फर्काएर ल्याउन सक्छु र? म उसकहाँ जानेछु, तर ऊचाहिँ मकहाँ फर्केर आउनेछैन।”
सुलेमानको जन्म
24 अनि दाऊदले आफ्नी पत्नी बेतशेबालाई सान्त्वना दिए, तिनीकहाँ गए, र तिनीसँग सुते; अनि तिनले एउटा छोरा जन्माइन्, र उनले उसको नाम ‘सुलेमान’च राखे; अनि परमप्रभुले उसलाई प्रेम गर्नुभयो। 25 अनि उहाँले भविष्यवक्ता नातानको हातमा वचन पठाउनुभयो; अनि परमप्रभुको खातिर दाऊदलेछ उसको नाम यदिदियाहज राखे।
अम्मोनीहरूको रब्बा शहर कब्जा गरियो
26 अनि योआबले अम्मोनीहरूको रब्बाको विरोधमा लड़ाइँ गरे, र त्यो राजकीय शहर कब्जा गरे। 27 अनि योआबले दाऊदकहाँ दूतहरू पठाएर भने: “मैले रब्बाको विरोधमा लड़ाइँ गरें, र पानीको शहर कब्जा गरें। 28 यसकारण अब बाँकी मानिसहरूलाई भेला गर्नुहोस्, र त्यस शहरको विरोधमा छाउनी हालेर त्यसलाई कब्जा गर्नुहोस्; नत्रभने म त्यस शहरलाई कब्जा गरुँला, र मेरो नाममा त्यसको नाम राखिएला।” 29 तब दाऊदले सबै मानिसहरूलाई भेला गरे र रब्बामा गएर त्यसको विरोधमा लड़ाइँ गरे र त्यसलाई कब्जा गरे। 30 अनि उनले तिनीहरूका राजाको शिरबाट तिनको मुकुट उतारे; त्यसको वजन एक टालेन्टझ थियो, अनि त्यसमा एउटा बहुमूल्य पत्थर पनि थियो; अनि त्यो दाऊदको शिरमा लगाइयो। अनि उनले प्रशस्त मात्रामा त्यस शहरको लुटको माल ल्याए। 31 अनि उनले त्यसभित्र भएका मानिसहरूलाई बाहिर ल्याए, र तिनीहरूलाई आरा, चुच्चा-चुच्चा धार भएका फलामे हतियारहरू र फलामे बन्चराहरूमा लगाए अनि इँटाका भट्टीबाट भएर हिँड़ाए; अनि उनले अम्मोनीहरूका सबै शहरहरूसित त्यस्तै गरे। तब दाऊद र सबै मानिसहरू यरूशलेममा फर्के।