दाऊदका लड़ाइँहरू
8
अनि त्यसपछि यस्तो भयो: दाऊदले पलिस्तीहरूलाई प्रहार गरे, र तिनीहरूलाई वशमा पारे; अनि दाऊदले मेतेग-अम्माहक पलिस्तीहरूको हातबाट लिए।2 अनि उनले मोआबलाई प्रहार गरे, र तिनीहरूलाई भुइँमा सुताएर एउटा नाप्ने डोरीले नापे; उनले मार्नलाई दुईवटा डोरीले नापे, र जीवित राख्नलाई एउटा पूरै डोरीले नापे। यसरी मोआबीहरू दाऊदका दासहरू बने, र कर ल्याए।
3 यूफ्रेटिस नदीमा आफ्नो सिमाना फर्काएर ल्याउन जाँदा दाऊदले जोबाहका राजा रहोबका छोरा हदद-एजेरलाई प्रहार गरे। 4 अनि दाऊदले तिनीबाट एक हजार रथ, सात सय घोड़चढ़ी र बीस हजार पैदल सिपाहीलाई कब्जा गरे; अनि दाऊदले सबै रथका घोड़ाहरूको ढाड़नशा काटिदिए, तर तीबाट उनले एक सय रथका निम्ति छोड़िराखे।
5 तर जब दमस्कसका अरामीहरू जोबाहका राजा हदद-एजेरलाई सहायता गर्न आए, तब दाऊदले अरामीका बाइस हजार मानिसहरूलाई मारे। 6 तब दाऊदले दमस्कसको अराममा सेना-चौकीहरू राखे; अनि अरामीहरू दाऊदका दासहरू बने, र कर ल्याए। यसरी परमप्रभुले दाऊदलाई, उनी जहाँ-जहाँ गए, ती सबै ठाउँमा सुरक्षित राख्नुभयो। 7 अनि दाऊदले हदद-एजेरका कर्मचारीहरूका सुनका ढालहरू लिए, र तिनलाई यरूशलेममा ल्याए। 8 अनि राजा दाऊदले हदद-एजेरका शहरहरू बेतह र बेरोतइबाट अति धेरै पित्तल ल्याए।
9 जब हमातका राजा तोइले दाऊदले हदद-एजेरको सारा सेनालाई परास्त गरेको कुरा सुने, 10 तब तोइले आफ्ना छोरा योरामलाई राजा दाऊदकहाँ, उनलाई अभिवादन गर्न र उनलाई धन्यवाद चढ़ाउन पठाए; किनकि उनले हदद-एजेरको विरोधमा लड़ाइँ गरेर तिनलाई परास्त गरेका थिए; किनभने तोइसँग हदद-एजेरका लड़ाइँहरू भइरहन्थे। अनि योरामले साथमाख चाँदीका भाँड़ाहरूग, सुनका भाँड़ाहरूख र पित्तलका भाँड़ाहरूघ ल्याए – 11 ती थोकहरू पनि राजा दाऊदले त्यो चाँदी र सुनसित परमप्रभुलाई अर्पण गरेङ, जुन चाँदी र सुन उनले आफूले अधीन गरेका सबै जातिहरूबाट अर्पणच गरेका थिए; 12 अर्थात् अराम, मोआब, अम्मोनीहरू, पलिस्तीहरू र अमालेकीहरू, साथै जोबाहका राजा रहोबका छोरा हदद-एजेरको लुटको मालबाट।
13 अनि नुनको बेंसीमा अरामीहरूका अठार हजारलाई मारेर फर्केपछि दाऊदले एउटा सुनाम कमाए। 14 अनि उनले एदोममा सेना-चौकीहरू राखे; एदोमभरि नै उनले सेना-चौकीहरू राखे, र सबै एदोमीहरू दाऊदका दासहरू बने। अनि परमप्रभुले दाऊदलाई, उनी जहाँ-जहाँ गए, ती सबै ठाउँमा सुरक्षित राख्नुभयो।
दाऊदका कर्मचारीहरू
15 अनि दाऊदले सारा इस्राएलमाथि राज्य गरे; अनि दाऊदले आफ्नो सारा प्रजाका निम्ति न्याय र धार्मिकता कायम राखे। 16 अनि सरूयाका छोरा योआब सेनापतिछ थिए; अनि अहिलूदका छोरा यहोशापात इतिहास लेखक थिए। 17 अहितूबका छोरा सादोक र अबियातारका छोरा अहिमेलेक पूजाहारीहरू थिए; अनि सरायाह सचिवज थिए। 18 अनि यहोयादाका छोरा बनायाह करेतीहरूझ र पलेतीहरूका३९) कमान्डर थिए; र दाऊदका छोराहरूचाहिँ सल्लाहकारहरू थिए।