शाऊल इस्राएलका प्रथम राजा
9
अनि बिन्यामिनका एकजना कीश नाम भएका मानिस थिए, जो अबिएलका छोरा, जरोरका नाति, बेकोरतका पनाति, अपिहका खनाति थिए; अपिह एक शक्तिशाली, धनी बिन्यामिनी मानिस थिए। 2 कीशकाक एकजना छोरा थिए, जसको नाम शाऊल थियो; तिनी एक विशेष र सुन्दर जवान मानिस थिए; इस्राएलीको बीचमा तिनीभन्दा सुन्दर मानिस अरू कोही थिएन; तिनी सबै मानिसहरूभन्दा आफ्नो कुमदेखि उँभै अग्ला थिए।3 अनि शाऊलका बुबा कीशका गधाहरूख हराए। अनि कीशले आफ्नो छोरा शाऊललाई भने: “अब नोकरहरूमध्ये एकजनालाई साथमा लैजाऊ, र उठेर जाऊ; यी गधाहरू खोज!” 4 अनि तिनी एप्रैमको पहाड़ी देशबाट भएर अघि बढ़े, र शलीशाको मुलुकबाट भएर अघि बढ़े, तर तिनीहरूले ती पाएनन्; तब तिनीहरू शालीमको देशबाट भएर अघि बढ़े, तर त्यहाँ पनि ती थिएनन्; अनि तिनी बिन्यामिनीहरूको देशबाट भएर अघि बढ़े, तर तिनीहरूले ती भेट्टाएनन्। 5 अनि जब तिनीहरू जूफको देशमा आए, तब शाऊलले आफ्नो साथमा भएको नोकरलाई भने: “आऊ, हामी फर्कौं; नत्र मेरा पिताले यी गधाहरूको फिक्री गर्न छोड़ेर हाम्रो विषयमा पो सुर्ता गर्लान्।” 6 अनि उसले तिनलाई भन्यो: “अब हेर्नुहोस्, यस शहरमा एकजना परमेश्वरको जन हुनुहुन्छ; अनि उहाँ एक आदरणीय मानिस हुनुहुन्छ; उहाँले भन्नुभएका सबै कुराहरू निश्चय पूरा हुन्छन्; अब हामी त्यहाँ जाऔं! कतै उहाँले हामीले जानुपर्ने बाटो हामीलाई बताउन सक्नुहुन्छ कि?” 7 तब शाऊलले आफ्नो नोकरलाई भने: “तर हेर, हामी गयौं भने हामी ती मानिसलाई के लगिदिऔं त? किनकि हाम्रा भाँड़ाहरूको रोटी सिद्धियो, र परमेश्वरको जनकहाँ लैजान केही उपहार छैन; हामीसँग के छ?” 8 अनि त्यस नोकरले शाऊललाई फेरि जवाफ दिएर भन्यो: “हेर्नुहोस्, मेरो हातमा यहाँ एक चौथाइ शेकेल चाँदी छ; हामीलाई हाम्रो बाटो बताइमाग्न म परमेश्वरको जनलाई त्यही दिनेछु।” 9 (पहिले-पहिले इस्राएलमा जब कोही मानिस परमेश्वरलाई सोधखोज गर्न जान्थ्यो, तब उसले यसो भन्थ्यो: ‘आऊ, हामी दर्शीकहाँ जाऔं’; किनकि जसलाई अहिलेग भविष्यवक्ता भनिन्छ, उनलाई पहिले दर्शी भनिन्थ्यो।) 10 तब शाऊलले आफ्नो नोकरलाई भने: “तिम्रो कुरा राम्रो छ; आऊ, हामी जाऔं!” तब तिनीहरू परमेश्वरको जन भएको शहरमा गए। 11 अनि तिनीहरू त्यस शहरको उकालो जाँदै गर्दा तिनीहरूले पानी भर्न निस्किरहेका जवान केटीहरूलाई भेटे, र उनीहरूलाई भने: “दर्शी यहीं हुनुहुन्छ?” 12 अनि उनीहरूले तिनीहरूलाई जवाफ दिएर भने: “उहाँ हुनुहुन्छ; हेर्नुहोस्, उहाँ तपाईंकै सामु हुनुहुन्छ; अब छिटो गर्नुहोस्; किनभने उहाँ आज शहरमा आउनुभएको छ; किनकि आज उच्च स्थानमा मानिसहरूका निम्ति एउटा बलिदान छ। 13 तपाईंहरू शहरमा पुग्नेबित्तिकै उहाँ माथि उच्च स्थानमा भोजन गर्न जानुभन्दा अघि तपाईंहरूले उहाँलाई भेट्टाउनुहुनेछ; किनभने उहाँ नआउन्जेल मानिसहरूले खानेछैनन्; किनकि उहाँले त्यस बलिदानका निम्ति धन्यवाद दिनुहुन्छ; अनि त्यसपछि निम्त्याइएकाहरूले खानेछन्। यसैले अब उँभो लाग्नुहोस्; किनभने यही समयमा तपाईंहरूले उहाँलाई भेट्टाउनुहुन्छ।” 14 अनि तिनीहरू माथि शहरमा गए; अनि जब तिनीहरू शहरभित्र पसे, तब हेर, उच्च स्थानमा जानलाई शमूएल निस्केर तिनीहरूतिर आइरहेका थिए। 15 अब शाऊल आउनुभन्दा एकदिन अघि परमप्रभुले शमूएललाई उनको कानमा यसो भन्नुभएको थियो: 16 ‘भोलि, यही समयमा म तिमीकहाँ बिन्यामिनको देशबाट एकजना मानिसलाई पठाउनेछु, र तिमीले उसलाई मेरो प्रजा इस्राएलमाथि अगुवा हुनलाई अभिषेक गर्नू, र उसले मेरो प्रजालाई पलिस्तीहरूको हातबाट बचाओस्; किनभने मैले आफ्नो प्रजामाथि दृष्टि लगाएको छु; किनकि तिनीहरूको क्रन्दन मकहाँ आइपुगेको छ।’ 17 अनि जब शमूएलले शाऊललाई देखे, तब परमप्रभुले उनलाई भन्नुभयो: “हेर, त्यो मानिस, जसको विषयमा मैले तिमीलाई भनेको थिएँ। उसैले मेरो प्रजामाथि शासन गर्नेछ।”
18 तब शाऊल मूलढोकामा शमूएलको नजिक आए, र भने: “मलाई बताउनुहोस्, म विन्ती गर्छु, दर्शीको घर कहाँ छ?” 19 अनि शमूएलले शाऊललाई जवाफ दिएर भने: “दर्शी म नै हुँ; मेरो अघि-अघि माथि उच्च स्थानमा जाऊ; किनभने आज तिमीहरूले मसँग खानेछौ, अनि भोलि म तिमीलाई जान दिनेछुघ, र तिम्रो हृदयमा जे छ, त्यो सबै तिमीलाई बताउनेछु। 20 र तीन दिनअघि हराएका तिम्रा गधाहरूको सम्बन्धमा चाहिँ – तिनीहरूप्रति आफ्नो मन नलगाऊ; किनकि ती फेला परिसके। अनि इस्राएलको सम्पूर्ण चाहना को माथि छ? के तिमीमाथि र तिम्रा बुबाको सारा घरानामाथि होइन र?” 21 तब शाऊलले जवाफ दिएर भने: “के म इस्राएलका कुलहरूमा सबभन्दा सानो कुलको एक बिन्यामिनी होइनँ र? अनि मेरो घरानाचाहिँ बिन्यामिन कुलका घरानाहरूमध्ये सबैभन्दा नगण्य होइन र? तब के कारणले तपाईंले मसँग यस्तो कुरा गर्नुहुन्छ?” 22 अनि शमूएलले शाऊल र तिनको नोकरलाई लिएर तिनीहरूलाई एउटा ठूलो कोठामा लगे, र निम्त्याइएकाहरूमध्ये सबैभन्दा उच्च स्थानमाङ तिनीहरूलाई बसाए, जो लगभग तीसजना मानिसहरू थिए। 23 तब शमूएलले भान्सेलाई भने: “त्यो भाग ल्याऊ, जुन भाग मैले तिमीलाई दिएँ, जसको विषयमा मैले ‘त्यो तिमीसँग राख!’ भनी तिमीलाई भनेको थिएँ!” 24 अनि त्यस भान्सेले फिला र त्यसमाथि भएको कुरा उठाएर शाऊलको सामु राख्यो। अनि शमूएललेच भने: “हेर, त्यो जोगाइराखेको चीज! त्यसलाई आफ्नो सामु राख, र खाऊ; किनभने मैले यी मानिसहरूलाई निम्त्याएको छु भनी भनेको समयदेखि यस तोकिएको घड़ीसम्म यो तिम्रै निम्ति राखिएको हो।” तब त्यस दिन शाऊलले शमूएलसँग खाए।
25 अनि उनीहरू उच्च स्थानबाट तल शहरमा झरेपछि शमूएलले कौसीमा शाऊलसँग बातचित गरे। 26 अनि उनीहरू बिहानै उठे; अनि यस्तो भयो: उज्यालो खस्न लाग्दा शमूएलले यसो भन्दै शाऊललाई कौसीमा बोलाए: “उठ, म तिमीलाई बिदा गर्छुछ!” अनि शाऊल उठे र ती दुवै, तिनी र शमूएल, बाहिर निस्के। 27 अनि उनीहरू शहरको छेउतिर झरिरहेको बेलामा शमूएलले शाऊललाई भने: “तिम्रो नोकरलाई हाम्रो सामु अघि बढ़्ने आज्ञा देऊ!” (अनि त्यो अघि बढ्यो) “तर तिमीचाहिँ एकछिन उभिरह, र म तिमीलाई परमेश्वरको वचन सुनाउँछु!”