वाचाको सन्दुक इस्राएलकहाँ फिर्ता भएको
6
अनि परमप्रभुको सन्दुक पलिस्तीहरूको देशमा सात महिना रह्यो। 2 अनि पलिस्तीहरूले पूजाहारीहरू र जोखना हेर्नेहरूलाई यसो भन्दै बोलाए: “परमप्रभुको सन्दुकलाई हामी के गरौं? त्यसलाई हामी केसित आफ्नो ठाउँमा पठाऔं, सो हामीलाई बताउनुहोस्!” 3 अनि उनीहरूले भने: “तिमीहरू इस्राएलका परमेश्वरको सन्दुक पठाउँछौ भने त्यसलाई रित्तै नपठाओ; तर जसरी पनि तिमीहरूले उहाँलाई एउटा दोषबलि फर्काइदिनू! तब तिमीहरू निका हुनेछौ, र तिमीहरूबाट उहाँको हात किन हटेको छैन, सो तिमीहरूलाई थाहा लाग्नेछ।” 4 तब तिनीहरूले भने: “हामीले उहाँलाई फिर्ता दिनुपर्ने दोषबलि के होला?” अनि उनीहरूले जवाफ दिए: “पलिस्तीहरूका शासकहरूको संख्याअनुसार पाँचवटा सुनका गिर्खाहरूक र पाँचवटा सुनका मुसाहरू; किनकि तिमीहरू सबैमाथि र तिमीहरूका शासकहरूमाथि एउटै महामारी परेको छ। 5 यसैले तिमीहरूले आफ्ना गिर्खाहरूखका प्रतिमा बनाउनू, र देशलाई नाश गर्ने मुसाहरूका प्रतिमा बनाउनू; अनि तिमीहरूले इस्राएलका परमेश्वरलाई महिमा दिनू! शायद उहाँले आफ्नो हात तिमीहरूमाथिबाट, तिमीहरूका देवताहरूमाथिबाट र तिमीहरूको देशमाथिबाट हल्का पार्नुहुनेछ। 6 तब मिस्रीहरू र फाराओले आफ्ना हृदय कठोर पारेझैं तिमीहरू किन आफ्नो हृदय कठोर पार्छौ? जब उहाँले तिनीहरूको बीचमा कठोर व्यवहार गर्नुभयो, तब के तिनीहरूले इस्राएलीहरूलाईग जान दिएनन् र? अनि उनीहरू गइहाले। 7 यसकारण अब एउटा नयाँ गाड़ी बनाओ, कहिल्यै जुवामा ननारिएका दुईवटा दुहुना गाईहरू ल्याओ र ती गाईहरू गाड़ीमा नार! अनि तिनका बाछाहरू तिनको पछिबाट घरमा फर्काइदेओ! 8 अनि परमप्रभुको सन्दुक लिएर त्यसलाई यस गाड़ीमाथि राख; अनि त्यसको छेउमा एउटा बाकसभित्र सुनका सामानहरू राख, जुन सामानहरू तिमीहरूले उहाँलाई दोषबलिको रूपमा फिर्ता दिन्छौ! अनि त्यसलाई पठाओ, र त्यो जाओस्! 9 अनि हेर, यदि त्यो आफ्नो सिमानाको बाटो पक्रेर माथि बेत-शेमेशतिर गयो भने उहाँले नै हामीलाई यो ठूलो खराबी गर्नुभएको हो; तर गएन भने चाहिँ उहाँको हातले हामीलाई प्रहार गरेको होइन रहेछ; तर हामीलाई जे भयो, त्यो संयोगवश भएको हो रहेछ भनी हामी जान्नेछौं।”10 अनि मानिसहरूले त्यस्तै गरे; अनि दुईवटा दुहुना गाई ल्याए, र तिनीहरूले तिनलाई गाड़ीमा नारे, र तिनका बच्चाहरूलाई घरमा थुने। 11 अनि तिनीहरूले परमप्रभुको सन्दुक, साथै सुनका मुसाहरू र तिनीहरूका गिर्खाहरूघका प्रतिमा राखिएको बाकस त्यस गाड़ीमाथि राखे। 12 अनि ती गाईहरू सीधा बेत-शेमेशको बाटो पक्रेर मूलबाटै-बाटो, हिँड़्दा ब्वाँ-ब्वाँ गर्दै र दाहिने-देब्रे कतै नलागी हिँड़े; अनि पलिस्तीहरूका शासकहरू बेत-शेमेशको सिमानासम्मै तिनको पछि-पछि गए। 13 बेतशेमेशकाहरूले बेंसीमा आफ्नो गहुँका कटनी गरिरहेका थिए; अनि उनीहरूले आफ्ना आँखाहरू उठाएर हेरे, र त्यो सन्दुक देखे, अनि त्यो देख्न पाउँदा रमाए। 14 अनि त्यो गाड़ी एकजना बेतशेमेशी यहोशूको बारीमा आइपुग्यो, र त्यहाँ अड़ियो, जहाँ एउटा ठूलो ढुङ्गा थियो; अनि उनीहरूले त्यस गाड़ीको काठ चिरे, र ती गाईहरू परमप्रभुलाई होमबलि चढ़ाए। 15 अनि लेवीहरूले परमप्रभुको सन्दुक र त्यससित भएको बाकस उतारे, जसभित्र सुनका ती जिनिसहरू थिए, र तिनलाई त्यस ठूलो ढुङ्गामाथि राखिदिए; अनि बेतशेमेशका मानिसहरूले त्यही दिन परमप्रभुका निम्ति होमबलिहरू चढ़ाएङ र बलिहरू चढ़ाएच। 16 अनि जब ती पलिस्तीहरूका पाँचजना शासकहरूले यो देखे, तब तिनीहरू त्यही दिन एक्रोनमा फर्के।
17 अनि पलिस्तीहरूले परमप्रभुलाई दोषबलिको रूपमा फिर्ता दिएका सुनका गिर्खाहरूछ यी हुन्: अश्दोदका निम्ति एउटा, गाजाका निम्ति एउटा, अश्कलोनका निम्ति एउटा, गातका निम्ति एउटा र एक्रोनका निम्ति एउटा; 18 साथै पाँचजना शासकहरू भएका पलिस्तीहरूका सबै शहरहरूको संख्याअनुसार सुनका मुसाहरू अर्थात् पर्खालले घेरिएका शहरहरूदेखि लिएर गाउँबस्तीहरूसम्म, अँ, अबेलको ठूलो ढुङ्गासम्म, जसमाथि उनीहरूले परमप्रभुको सन्दुक राखे; जुन ढुङ्गो आजको दिनसम्म बेतशेमेशी यहोशूको बारीमा छँदैछ। 19 अनि उहाँले बेतशेमेशका मानिसहरूलाई प्रहार गर्नुभयो; किनकि उनीहरूले परमप्रभुको सन्दुकभित्र हेरे; यसकारण उहाँले मानिसहरूमध्ये पचास हजार सत्तरी जनालाई मार्नुभयो; अनि ती मानिसहरूले विलाप गरे, किनभने परमप्रभुले मानिसहरूमध्ये धेरैजनालाई ठूलो संहार गरी मार्नुभएको थियो। 20 अनि बेतशेमेशका मानिसहरूले भने: “यति पवित्र परमप्रभु परमेश्वरको सामु को उभिन सक्छ र? अनि उहाँ हामीबाट कसकहाँ जानुहुनेछ?” 21 अनि उनीहरूले किर्यत-यारीमका बासिन्दाहरूकहाँ दूतहरूलाई यसो भनिपठाए: “पलिस्तीहरूले परमप्रभुको सन्दुक फेरि ल्याएका छन्; तल आओ, र यो माथि आफूकहाँ लैजाओ!”