शमूएलको बोलावट
3
अनि बालक शमूएल एलीको सामु परमप्रभुको सेवा गर्थे। अनि ती दिनहरूमा परमप्रभुको वचन कम पाइन्थ्योक; खुला दर्शन थिएन।2 अनि त्यस समयमा यस्तो भयो: जब एली आफ्नो ठाउँमा ढल्किरहेका थिए; अनि उनका आँखाहरू धमिला हुन थालेका थिए, र उनले देख्न सक्दैनथिए; 3 अनि परमेश्वरको बत्ती निभ्नभन्दा अघि, अनि परमप्रभुको मन्दिरमा, जहाँ परमेश्वरको सन्दुक थियो, शमूएल सुत्नलाई ढल्केका थिए; 4 तब परमप्रभुले शमूएललाई बोलाउनुभयो; अनि तिनले जवाफ दिए: “म यहाँ छु।” 5 अनि तिनी एलीकहाँ दगुरे, र भने: “म यहाँ छु; किनकि तपाईंले मलाई बोलाउनुभयो।” अनि उनले भने: “मैले त बोलाइनँ; फेरि सुत!” तब तिनी गए र ढल्के। 6 अनि परमप्रभुले फेरि पनि बोलाउनुभयो: “शमूएल!” अनि शमूएल उठेर एलीकहाँ गए, र भने: “म यहाँ छु; किनकि तपाईंले मलाई बोलाउनुभयो।” अनि उनले जवाफ दिए: “मैले बोलाइनँ, मेरो छोरा; फेरि सुत!” 7 अनि शमूएलले अझसम्म परमप्रभुलाई चिनेका थिएनन्, न ता अझसम्म परमप्रभुको वचन नै तिनीकहाँ प्रकट भएको थियो। 8 अनि परमप्रभुले शमूएललाई तेस्रो पल्ट फेरि बोलाउनुभयो। तिनी उठेर एलीकहाँ गए, र भने: “म यहाँ छु; किनकि तपाईंले मलाई बोलाउनुभयो।” तब परमप्रभुले यस बालकलाई बोलाउनुभएको रहेछ भनी एलीले थाहा गरे। 9 यसकारण एलीले शमूएललाई भने: “जाऊ, सुत! अनि यस्तो हुनेछ: उहाँले तिमीलाई बोलाउनुभयो भने तिमीले यसो भन्नू, ‘बोल्नुहोस्, परमप्रभु; किनकि तपाईंको दासले सुन्दैछ।’ ” तब शमूएल गए, र आफ्नो ठाउँमा ढल्के।
10 अनि परमप्रभु आउनुभयो, उभिनुभयो र अरू बेलाजस्तै बोलाउनुभयो: “शमूएल! शमूएल!” तब शमूएलले जवाफ दिए: “बोल्नुहोस्; किनकि तपाईंको दासले सुन्दैछ।” 11 अनि परमप्रभुले शमूएललाई भन्नुभयो: “हेर, इस्राएलमा म एउटा काम गर्नेछु, कि यसको विषयमा सुन्ने हरेकका दुवै कानहरू झनझनाउनेछन्। 12 त्यस दिन म एलीको विरुद्ध सबै कुराहरू पूरा गर्नेछु, जुन कुराहरू मैले उसको घरानाको सम्बन्धमा बोलेको छु; जब म शुरु गर्छु, तब म अन्त पनि गर्नेछु। 13 किनभने उसले जानेको अपराधका निम्ति म उसको घरानालाई सदा-सर्वदा न्याय गर्नेछु भनी मैले उसलाई भनेको थिएँ; किनकि उसका छोराहरूले आफैलाई दुष्टख बनाए, अनि उसले तिनीहरूलाई रोकेनग। 14 अनि यही कारणले मैले एलीको घरानासँग शपथ खाएको छु – एलीको घरानाको अपराध कुनै बलिदानद्वारा वा कुनै भेटीद्वारा सर्वदा शुद्ध हुनेछैनघ।”
15 अनि शमूएल बिहानसम्म ढल्किरहे, र परमप्रभुको भवनका ढोकाहरू खोले। अनि एलीलाई त्यो दर्शन बताउन शमूएल डराए। 16 तब एलीले शमूएललाई बोलाएर भने: “मेरो छोरा, शमूएल!” तिनले जवाफ दिए: “म यहाँ छु।” 17 अनि उनले भने: “परमप्रभुले तिमीलाई भन्नुभएको वचन के थियो? म विन्ती गर्छु, मबाट यो कुरा नलुकाऊ! उहाँले तिमीलाई भन्नुभएका सबै कुराहरूमध्ये केही तिमीले मबाट लुकायौ भने परमेश्वरले तिमीलाई त्यस्तै र त्यसभन्दा ज्यादा गरून्!” 18 तब शमूएलले उनलाई सबै कुराहरू बताइदिए, र उनीबाट केही लुकाएनन्। अनि उनले भने: “उहाँ त परमप्रभु हुनुहुन्छ; उहाँलाई जे असल लाग्छ, उहाँले त्यही गरून्!”
19 अनि शमूएल बढ़े, अनि परमप्रभु तिनको साथमा हुनुहुन्थ्यो, र तिनको कुनै पनि वचन भुइँमा खस्न दिनुहुन्नथियो। 20 अनि दानदेखि बेरशेबासम्मको सारा इस्राएलले शमूएल परमप्रभुको भविष्यवक्ताको रूपमा स्थापित भएका छन् भनी जाने। 21 अनि परमप्रभु शीलोमा फेरि देखा पर्नुभयो; किनकि शीलोमा परमप्रभुको वचनद्वारा परमप्रभुले आफूलाई शमूएलकहाँ प्रकट गर्नुभयो।