मीका र त्यसका मूर्तिहरू
17
अनि एप्रैमको पहाड़ी देशमा एकजना मानिस थियो, जसको नाम मीका थियो। 2 अनि उसले आफ्नी आमालाई भन्यो: “तपाईंबाट लगिएका ती एघार सय शेकेल चाँदी, जसको विषयमा तपाईंले सराप्नुभयो, र मैले सुन्ने गरीक बोल्नुभयो, हेर्नुहोस्, त्यो चाँदी मसित छ। मैले नै त्यो लगेको थिएँ।” तब त्यसकी आमाले भनिन्: “हे मेरो छोरो, परमप्रभुबाट तिमीलाई आशिष् होस्!” 3 अनि जब त्यसले ती एघार सय शेकेल चाँदी आफ्नी आमालाई फर्काइदियो, तब त्यसकी आमाले भनिन्: “मैले यो चाँदी मेरा छोराकै निम्ति एउटा खोपिएको मूर्ति र ढालेर बनाएको मूर्ति बनाऊँ भनेर मेरो हातबाट परमप्रभुलाई सम्पूर्ण रूपले अर्पण गरेकी थिएँ। यसकारण अब म यो तिमीलाई फर्काइदिनेछु।” 4 तैपनि उसले त्यो चाँदी आफ्नी आमालाई फर्काइदियो, र उसकी आमाले दुई सय शेकेल चाँदी लिएर एउटा सुनारलाई दिइन्, जसले तीबाट एउटा खोपिएको मूर्ति र एउटा ढालेर बनाइएको मूर्ति बनायो; अनि ती मीकाको घरमा थिए। 5 अनि यो मीका भन्ने मानिसको एउटा देवता-थान थियो, र उसले एउटा एपोदख र घर-देवताहरू बनायो, र आफ्ना छोराहरूमध्ये एकजनालाई अर्पण गर्यो, जो उसको पूजाहारी बन्यो।6 ती दिनहरूमा इस्राएलमा कुनै राजा थिएनन्; तर हरेक मानिसले आफ्नो दृष्टिमा जे ठीक लाग्थ्यो, त्यही गर्थ्यो।
7 अनि यहूदाको बेतलेहेमबाट यहूदा घरानाको एकजना जवान लेवी थियो, जो त्यहाँ परदेशी भएर बसेको थियो। 8 अनि यो मानिस त्यस शहरबाट, अर्थात् यहूदाको बेतलेहेमबाट ‘जहाँ ठाउँ पाउँछु, त्यहीं परदेशी भएर बस्छु’ भनी निस्क्यो; अनि ऊ यात्रा गर्दा-गर्दै एप्रैमको पहाड़ी देशमा मीकाको घरमा आइपुग्यो। 9 अनि मीकाले उसलाई भन्यो: “तिमी कहाँबाट आएको?” र उसले त्यसलाई भन्यो: “म यहूदाको बेतलेहेमको एउटा लेवी हुँ, र ‘जहाँ ठाउँ पाउँछु, त्यहीं परदेशी भएर बस्छु’ भनी म जाँदैछु।” 10 अनि मीकाले उसलाई भन्यो: “मसँग बस, र मेरा निम्ति एउटा बुबा र एउटा पूजाहारी होऊ, र म तिमीलाई वर्षैपिच्छे दस-दस शेकेल चाँदी र एक-एक जोड़ा लुगा अनि तिम्रा खानेकुरा दिनेछु।” यसकारण यो लेवी भित्र पस्यो। 11 अनि यो लेवी त्यस मानिससँग बस्न राजी भयो; अनि यो जवान मानिस मीकाका निम्ति त्यसका छोराहरूमध्ये एकजनाजस्तै भयो। 12 अनि मीकाले यस लेवीलाई अर्पण गर्यो, र यो जवान मानिस मीकाको घरमा त्यसको पूजाहारी भएर बस्यो। 13 तब मीकाले भन्यो: “अब म जान्दछु, परमप्रभुले मेरो भलाइ गर्नुहुनेछ; किनकि एकजना लेवी मेरो पूजाहारी भएको छ।”