एप्रैमीहरूमाथि यिप्तहको विजय
12
अनि एप्रैमका मानिसहरू भेला भएर उत्तरतिर अघि बढ़े, र यिप्तहलाई यसो भने: “किन तिमी अम्मोनीहरूसँग लड़ाइँ गर्न अघि बढ़िहाल्यौ, र हामीलाई तिमीसँग जानलाई बोलाएनौ? हामी तिम्रो घर तिमीमाथि आगोले जलाइदिनेछौं।” 2 अनि यिप्तहले उनीहरूलाई भने: “अम्मोनीहरूसँग म र मेरा जनहरूको ठूलो संघर्ष भएको थियो; अनि मैले तिमीहरूलाई बोलाउँदा पनि तिमीहरूले मलाई तिनीहरूको हातबाट छुटकारा दिएनौ। 3 अनि जब तिमीहरूले मलाई नछुटाउने रहेछौ भनी मैले थाहा पाएँ, तब मैले आफ्नो ज्यान आफ्नो हत्केलामा राखेर म अम्मोनीहरूको विरुद्ध अघि बढ़ें; अनि परमप्रभुले तिनीहरूलाई मेरो हातमा सुम्पिदिनुभयो। तब किन तिमीहरू आजको दिनमा मसँग लड़ाइँ गर्न मकहाँ आउँछौ?” 4 तब यिप्तहले गिलादका सबै मानिसहरूलाई भेला गरे, र एप्रैमसँग लड़ाइँ गरे। अनि गिलादका मानिसहरूले एप्रैममाथि प्रहार गरे; किनभने उनीहरूले यसो भनेका थिए: “तिमी गिलादीहरूचाहिँ एप्रैमीहरू र मनस्सेलीहरूको बीचमा बस्ने एप्रैमका शरणार्थीहरू हौ।” 5 अनि गिलादीहरूले एप्रैमीहरूपट्टि जाने यर्दनका घाटहरू कब्जा गरे। अनि यस्तो भयो: जब उम्केका एप्रैमीहरूले ‘मलाई पारि जान देओ!’ भन्थे, तब गिलादका मानिसहरूले त्यसलाई भन्थे: ‘के तिमी एप्रैमी हौ?’ त्यसले ‘होइन’ भन्यो भने, 6 उनीहरूले त्यसलाई ‘ “शिब्बोलेत” कभन त!’ भन्थे; अनि त्यसले ‘सिब्बोलेत’ भन्थ्यो; किनकि त्यसले ठीकसँग उच्चारण गर्न सक्दैनथियो। तब उनीहरूले त्यसलाई पक्रन्थे, र यर्दनका घाटमा त्यसलाई मारिदिन्थे; अनि त्यस बेला एप्रैमीहरूका ब्यालीस हजार मानिस मारिए। 7 अनि यिप्तहले छ वर्षसम्म इस्राएलको न्याय गरे। त्यसपछि गिलादी यिप्तह मरे, र गिलादका शहरहरूमध्ये कुनै एउटा शहरमा तिनी गाड़िए।दसौं न्यायकर्ता: इब्सान
8 अनि तिनीपछि बेतलेहेमका इब्सानले इस्राएलको न्याय गरे। 9 तिनका तीसजना छोराहरू थिए, र तीसजना छोरीहरू थिए, जसलाई तिनले विवाह गर्न बाहिरख पठाइदिए, अनि आफ्ना छोराहरूका निम्ति तिनले बाहिरबाट तीसजना छोरीहरूलाई ल्याइदिए। अनि तिनले सात वर्षसम्म इस्राएलको न्याय गरे। 10 त्यसपछि तिनी मरे, र बेतलेहेममा गाड़िए।
एघारौं न्यायकर्ता: एलोन
11 अनि तिनीपछि एकजना जबूलूनी एलोनले इस्राएलको न्याय गरे; अनि दस वर्षसम्म तिनले इस्राएलको न्याय गरे। 12 अनि जबूलूनी एलोन मरे, र जबूलून देशको अय्यालोनमा गाड़िए।
बाह्रौं न्यायकर्ता: अब्दोन
13 अनि तिनीपछि पिरातोनी हिल्लेलका छोरा अब्दोनले इस्राएलको न्याय गरे। 14 अनि तिनका चालीसजना छोराहरू र तीसजना नातिहरू थिए, जो सत्तरीवटा गधाका बछेड़ाहरूमाथि सवारी हुन्थे। अनि तिनले आठ वर्षसम्म इस्राएलको न्याय गरे। 15 अनि पिरातोनी हिल्लेलका छोरा अब्दोन मरे, र अमालेकीहरूको पहाड़ी देशमा, एप्रैमको इलाकामा पर्ने पिरातोनमा गाड़िए।