लेवीहरूका शहरहरू
21
तब लेवीहरूका बुबाहरूका अगुवाहरू पूजाहारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलीहरूका कुलहरूका बुबाहरूका अगुवाहरूको नजिक आएक; 2 र कनान देशको शीलोमा उनीहरूले तिनीहरूलाई यसो भने: “परमप्रभुले मोशाद्वारा हामीलाई बस्नका निम्ति शहरहरू र हाम्रा पशुहरूका निम्ति तिनका खुला जमिनहरू दिनू भनी आज्ञा गर्नुभएको थियो।” 3 अनि परमप्रभुको आज्ञाअनुसार इस्राएलीहरूले आ-आफ्ना अधिकारको भागबाट यी शहरहरू र यिनका खुला जमिनहरू लेवीहरूलाई दिए।4 अनि कहातीहरूका परिवारहरूका निम्ति गोला निस्क्यो। अनि पूजाहारी हारूनका सन्तानले, जो लेवीहरूमध्येका थिए, यहूदा कुलबाट, शिमोन कुलबाट र बिन्यामीन कुलबाट तेह्र शहरहरू गोला हालेर पाए। 5 अनि कहातका बाँकी सन्तानले एप्रैम कुलका परिवारहरूबाट, दान कुलबाट र मनस्सेको आधा कुलबाट दस शहरहरू गोला हालेर पाए। 6 अनि गेर्शोनीहरूले इस्साकार कुलका परिवारहरूबाट, आशेर कुलबाट, नप्ताली कुलबाट र बाशानमा मनस्सेको आधा कुलबाट तेह्र शहरहरू गोला हालेर पाए। 7 मरारीहरूले आफ्ना परिवारहरूअनुसार रूबेन कुलबाट, गाद कुलबाट र जबूलून कुलबाट बाह्र शहरहरू गोला हालेर पाए। 8 अनि परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएअनुसार इस्राएलीहरूले लेवीहरूलाई यी शहरहरू र यिनका खुला जमिनहरू गोला हालेर दिए।
9 अनि तिनीहरूले यहूदाका सन्तानको कुलबाट र शिमोनका सन्तानको कुलबाट यहाँ नाम लिइएका यी शहरहरू दिए; 10 यी शहरहरू हारूनका सन्तानका निम्ति थिए, जो कहातका परिवारहरूमध्येका थिए, जो लेवीका सन्तान थिए; किनकि पहिलो गोला उनीहरूकै नाममा निस्केको थियो। 11 अनि तिनीहरूले उनीहरूलाई यहूदाको पहाड़ी देशमा अनाकको बुबा अर्बाको शहरख, जो हेब्रोन हो, त्यसको वरिपरिका त्यसका खुला जमिनहरूसमेत दिए। 12 तर त्यस शहरका खेतबारीहरू र त्यसका गाउँबस्तीहरूचाहिँ तिनीहरूले यपून्नेका छोरा कालेबलाई तिनको अधिकारको भागको रूपमा दिए। 13 यसरी तिनीहरूले पूजाहारी हारूनका सन्तानलाई मार्नेका निम्ति शरणनगर हुनलाई हेब्रोन र त्यसका खुला जमिनहरू दिए, साथै लिब्ना र त्यसका खुला जमिनहरू, 14 यत्तीर र त्यसका खुला जमिनहरू, एश्तमोअ र त्यसका खुला जमिनहरू, 15 होलोन र त्यसका खुला जमिनहरू, दबीर र त्यसका खुला जमिनहरू, 16 ऐन र त्यसका खुला जमिनहरू, युत्ता र त्यसका खुला जमिनहरू, अनि बेत-शेमेश र त्यसका खुला जमिनहरू – ती दुई कुलहरूबाट नौवटा शहरहरू। 17 अनि बिन्यामीन कुलबाट गिबोन र त्यसका खुला जमिनहरू, गेबा र त्यसका खुला जमिनहरू, 18 अनातोत र त्यसका खुला जमिनहरू, अनि अल्मोन र त्यसका खुला जमिनहरू – चार शहरहरू। 19 पूजाहारी हारूनका सन्तानका सबै शहरहरू तिनका खुला जमिनहरूसमेत तेह्रवटा शहरहरू थिए।
20 अनि कहातीहरूका परिवारहरू अर्थात् ती लेवीहरू, जो कहातका सन्तानबाट बाँकी रहेका थिए, उनीहरूले पनि एप्रैम कुलबाट आफ्नो भागमा पर्ने शहरहरू पाए। 21 किनकि तिनीहरूले उनीहरूलाई एप्रैमको पहाड़ी देशमा मार्नेका निम्ति शरणनगर हुनलाई शेकेम र त्यसका खुला जमिनहरू दिए, साथै गेजेर र त्यसका खुला जमिनहरू, 22 किब्सैम र त्यसका खुला जमिनहरू अनि बेत-होरोन र त्यसका खुला जमिनहरू – चार शहरहरू। 23 अनि दान कुलबाट एल्तके र त्यसका खुला जमिनहरू, गिब्बतोन र त्यसका खुला जमिनहरू, 24 अय्यालोन र त्यसका खुला जमिनहरू, अनि गत-रिम्मोन र त्यसका खुला जमिनहरू – चार शहरहरू। 25 अनि मनस्सेको आधा कुलबाट तानाक र त्यसका खुला जमिनहरू, अनि गत-रिम्मोन र त्यसका खुला जमिनहरू – दुई शहरहरू। 26 बाँकी रहेका कहातीहरूका परिवारहरूका निम्ति तिनका खुला जमिनहरूसमेत सबै शहरहरू दसवटा थिए।
27 अनि लेवीका परिवारहरूमध्येका गेर्शोनीहरूका निम्ति तिनीहरूले मनस्सेको अर्को आधा कुलबाट मार्नेका निम्ति शरणनगर हुनलाई बाशानमा गोलान र त्यसका खुला जमिनहरू, अनि बेश्तरा र त्यसका खुला जमिनहरू – दुईवटा शहरहरू दिए। 28 अनि इस्साकार कुलबाट किश्योन र त्यसका खुला जमिनहरू, दाबरत र त्यसका खुला जमिनहरू, 29 यर्मूत र त्यसका खुला जमिनहरू, अनि एन्-गन्नीम र त्यसका खुला जमिनहरू – चार शहरहरू। 30 अनि आशेर कुलबाट मिशाल र त्यसका खुला जमिनहरू, अब्दोन र त्यसका खुला जमिनहरू, 31 हेल्कात र त्यसका खुला जमिनहरू, अनि रहोब र त्यसका खुला जमिनहरू – चार शहरहरू। 32 अनि नप्ताली कुलबाट मार्नेका निम्ति शरणनगर हुनलाई गालीलमा केदेश र त्यसका खुला जमिनहरू, साथै हम्मोत-डोर र त्यसका खुला जमिनहरू, अनि कर्तान र त्यसका खुला जमिनहरू – तीनवटा शहरहरू। 33 गेर्शोनीहरूका परिवारहरूअनुसार उनीहरूका सबै शहरहरू तिनका खुला जमिनहरूसमेत तेह्रवटा शहरहरू थिए।
34 अनि बाँकी रहेका लेवीहरू अर्थात् मरारीका परिवारहरूका निम्ति जबूलून कुलबाट योक्नाम र त्यसका खुला जमिनहरू, कर्त्ता र त्यसका खुला जमिनहरू, 35 दिम्ना र त्यसका खुला जमिनहरू, अनि नहलाल र त्यसका खुला जमिनहरू – चार शहरहरू। 36 अनि रूबेन कुलबाट बेसेर र त्यसका खुला जमिनहरू, यहसा र त्यसका खुला जमिनहरू, 37 कदेमोत र त्यसका खुला जमिनहरू, अनि मेपात र त्यसका खुला जमिनहरू – चार शहरहरू। 38 अनि गाद कुलबाट मार्नेका निम्ति शरणनगर हुनलाई गिलादमा रामोत र त्यसका खुला जमिनहरू, साथै महनैम र त्यसका खुला जमिनहरू, 39 हेश्बोन र त्यसका खुला जमिनहरू, अनि याजेर र त्यसका खुला जमिनहरू – जम्मा चार शहरहरू। 40 यसरी लेवीहरूका परिवारहरूका बाँकी मरारीहरूका निम्ति उनीहरूका परिवारहरूअनुसार आफ्नो भागमा पर्ने सबै शहरहरू बाह्रवटा शहरहरू थिए।
41 इस्राएलीहरूको अधिकारको भागको बीचमा लेवीहरूका सबै शहरहरू र तिनका खुला जमिनहरू जम्मा अठचालीसवटा शहरहरू थिए। 42 यी शहरहरू हरेक तिनको वरिपरि आ-आफ्ना खुला जमिनहरूसमेतका थिए; यी सबै शहरहरू यस्तै थिए।
43 अनि परमप्रभुले इस्राएललाई त्यो सारा देश दिनुभयो, जसको विषयमा उहाँले तिनीहरूका पितापुर्खाहरूलाई दिन्छु भनेर शपथ खानुभएको थियो। अनि तिनीहरूले त्यसलाई अधिकार गरे, र त्यसमा बसे। 44 अनि परमप्रभुले तिनीहरूका पितापुर्खाहरूसँग शपथ खानुभएका सबै कुराहरूअनुसार तिनीहरूलाई चारैतिरबाट विश्राम दिनुभयो; अनि तिनीहरूका सबै शत्रुहरूमध्ये एउटै पनि तिनीहरूको सामु खड़ा रहन सकेन। परमप्रभुले तिनीहरूका सबै शत्रुहरूलाई तिनीहरूको हातमा सुम्पिदिनुभयो। 45 परमप्रभुले इस्राएलको घरानालाई भन्नुभएको असल कुराहरूमा एउटै पनि विफल भएन; सबै पूरा भए।