शिमोनको अधिकारको भाग
19
अनि दोस्रो गोला शिमोनका निम्ति अर्थात् शिमोनीहरूको कुलका निम्ति तिनीहरूका परिवारहरूअनुसार निस्क्यो। अनि तिनीहरूको अधिकारको भागचाहिँ यहूदाका सन्तानको अधिकारको भागको बीचमा पर्यो। 2 अनि तिनीहरूको अधिकारको भागमा तिनीहरूलाई परेका यिनै हुन्: बेर-शेबा, शेबा, मोलादा, 3 हसर-शूआल, बाला, एसेम, 4 एल्तोलद, बतूल, होर्मा, 5 सिक्लग, बेत-मर्काबोत, हसर-सूसा, 6 बेत-लबाओत र शारूहेन; तिनका गाउँबस्तीहरूसमेत तेह्र शहरहरू। 7 अनि ऐन, रिम्मोन, एतेर र आशान; तिनका गाउँबस्तीहरूसमेत चार शहरहरू; 8 अनि ती शहरहरूको वरिपरि भएका सबै गाउँबस्तीहरू बालत-बेर अर्थात् दक्षिणको रामासम्मै; तिनीहरूका परिवारहरूअनुसार शिमोनीहरूको कुलको अधिकारको भाग यही हो। 9 शिमोनीहरूको अधिकारको भाग त यहूदाका सन्तानको भागबाट दिइएको थियो; किनकि यहूदाका सन्तानको भाग उनीहरूका निम्ति बढ़ी थियो; यसकारण शिमोनीहरूले आफ्नो अधिकारको भाग उनीहरूको अधिकारको भागभित्र पाए।जबूलूनको अधिकारको भाग
10 अनि तेस्रो गोला जबूलूनीहरूका निम्ति तिनीहरूका परिवारहरूअनुसार निस्क्यो; अनि तिनीहरूको अधिकारको भागको सिमाना सारीदसम्म थियो। 11 अनि तिनीहरूको सिमाना पश्चिमतिर र मरलातिर उँभो लाग्यो र दब्बेशेतसम्म पुग्यो, अनि योक्नामको सामु भएको नदीसम्म पुग्यो; 12 अनि सारीदबाट त्यो पूर्वपट्टि घाम झुल्कने दिशातिर मोड़िएर किस्लोत-ताबोरको सिमानासम्म पुग्यो, र दाबरतमा निस्केर यापीअसम्म चढ़ेर गयो; 13 अनि त्यहाँबाट त्यो पूर्वपट्टि गित्ता-हपेरक र इत्ता-कासीनसम्म अघि बढ़ेर रिम्मोनमा निस्क्यो, जो नेआसम्म फैलिएको छख। 14 अनि सिमानाले त्यस ठाउँलाई हन्नातोनको उत्तरपट्टि फेरो मार्यो, र त्यसको टुङ्गो इफ्त्तह-एलको बेंसीमा थियो। 15 अनि कत्तात, नहलाल, शीम्रोन, इदलाह र बेत-लेहेम; तिनका गाउँबस्तीहरूसमेत बाह्र शहरहरू। 16 तिनीहरूका परिवारहरूअनुसार जबूलूनीहरूको अधिकारको भाग यी शहरहरू र यिनका गाउँबस्तीहरू हुन्।
इस्साकारको अधिकारको भाग
17 अनि चौथो गोला इस्साकारका निम्ति अर्थात् इस्साकारीहरूका निम्ति तिनीहरूका परिवारहरूअनुसार निस्क्यो। 18 अनि तिनीहरूको सिमाना यिज्रेएलतिर थियो, अनि कसुल्लोत, शूनेम, 19 हपरैम, शीओन, अनाहरात, 20 रब्बीत, किश्योन, एबेस, 21 रेमेत, एन्-गन्नीम, एन्-हद्दा र बेत-पसेस थियो। 22 अनि सिमाना ताबोर, शहसीमा र बेत-शेमेशसम्म पुग्यो; अनि तिनीहरूको सिमानाको अन्तचाहिँ यर्दनमा थियो; तिनका गाउँबस्तीहरूसमेत सोह्र शहरहरू। 23 इस्साकारीहरूको कुलको अधिकारको भाग तिनीहरूका परिवारहरूअनुसार शहरहरू र तिनका गाउँबस्तीहरू यी नै हुन्।
आशेरको अधिकारको भाग
24 अनि पाँचौं गोला आशेरीहरूको कुलका निम्ति तिनीहरूका परिवारहरूअनुसार निस्क्यो। 25 अनि तिनीहरूको सिमानाचाहिँ हेल्कत, हली, बेतेन, अक्साप, 26 अल्लम्मेलेक, अमाद र मिशाल थियो; अनि त्यो पश्चिमतिर कर्मेलसम्म र शीहोर-लिब्नातसम्म पुग्यो; 27 अनि त्यो घाम झुल्कने दिशातिर मोड़िएर बेत-दागोनतिर गयो र जबलूनसम्म पुग्यो, अनि बेत-एमेक र नइ-एलको उत्तरमा भएको यिप्तह-एलको बेंसीसम्म र देब्रे हातपट्टिग काबूलमा निस्क्यो; 28 अनि एब्रोन, रहोब, हम्मोन र काना भएर महा सिडोनसम्म; 29 अनि त्यसपछि सिमाना रामातिर र पर्खालले घेरिएको शहर टायरसम्म मोड़िएको थियो; अनि सिमाना होसातिर मोड़िएको थियो, अनि त्यसको टुङ्गोचाहिँ त्यस इलाकादेखि अक्जीबसम्म समुद्रमा थियो। 30 अनि उम्मा, अपेक र रहोब पनि; तिनका गाउँबस्तीहरूसमेत बाइस शहरहरू। 31 आशेरीहरूको कुलको अधिकारको भाग तिनीहरूका परिवारहरूअनुसार यी शहरहरू र यिनका गाउँबस्तीहरू हुन्।
नप्तालीको अधिकारको भाग
32 छैठौं गोला नप्तालीका सन्तानहरूका निम्ति, अँ, तिनीहरूका परिवारहरूअनुसार नप्तालीहरूका निम्ति निस्क्यो। 33 अनि तिनीहरूको सिमानाचाहिँ हेलेपमा भएको सानन्नीमको फलाँटको रूखदेखि अदामी-नेकेब र यब्नेएल लिएर लकूमसम्म थियो; अनि त्यसको टुङ्गो यर्दनमा थियो। 34 अनि त्यसपछि सिमाना पश्चिमतिर अज्नोत्त-ताबोरपट्टि मोड़ियो, र त्यहाँदेखि हुक्कोकमा निस्क्यो, अनि दक्षिणतिर जबूलूनमा पुग्यो, अनि पश्चिमतिर आशेरमा, र घाम झुल्कने दिशातिर यर्दनमा यहूदाको भागमा पुग्यो। 35 अनि पर्खालले घेरिएका शहरहरूचाहिँ सिद्दीम, सेर, हम्मत, रक्कत, किन्नरेत, 36 अदामा, रामा, हासोर, 37 केदेश, एद्रेई, एन्-हासोर, 38 यिरोन, मिग्दल-एल, होरेम, बेत-अनात र बेत-शेमेश हुन्; तिनका गाउँबस्तीहरूसमेत उन्नाइस शहरहरू। 39 नप्तालीहरूको कुलको अधिकारको भाग तिनीहरूका परिवारहरूअनुसार यी शहरहरू र यिनका गाउँबस्तीहरू हुन्।
दानको अधिकारको भाग
40 अनि सातौं गोला तिनीहरूका परिवारहरूअनुसार दानीहरूको कुलका निम्ति निस्क्यो। 41 अनि तिनीहरूको अधिकारको भागको सिमानाचाहिँ सोरा, एश्ताओल, इर-शेमेश, 42 शालब्बीन, अय्यालोन, इत्ला, 43 एलोन, तिम्ना, एक्रोन, 44 एल्तके, गिब्बतोन, बालात, 45 यहूद, बने-बरक, गत-रिम्मोन, 46 अनि मेयरकोन र यापोको सामु भएको इलाकासहित रक्कोन थियो। 47 अनि दानीहरूको सिमाना तिनीहरूका निम्ति कम निस्क्यो; यसकारण दानीहरू लेशेमकोघ विरुद्ध लड़ाइँ गर्न उक्ले, त्यसलाई कब्जा गरे, र त्यसलाई तरवारको धारले प्रहार गरे, अनि त्यसलाई अधिकार गरे, र त्यसमा बस्न लागे अनि तिनीहरूका पुर्खा दानको नामअनुसार लेशेमको नाम दान राखे। 48 दानीहरूको कुलको अधिकारको भाग तिनीहरूका परिवारहरूअनुसार यी शहरहरू र यिनका गाउँबस्तीहरू हुन्।
यहोशूको अधिकारको भाग
49 जब तिनीहरूले आ-आफ्ना सिमानाहरूअनुसार देशलाई अधिकारको भागको रूपमा बाँड़्ने काम सिद्ध्याए, तब इस्राएलीहरूले नूनका छोरा यहोशूलाई तिनीहरूको बीचमा एउटा अधिकारको भाग दिए। 50 परमप्रभुको वचनअनुसार तिनीहरूले उनलाई उनले मागेको शहर अर्थात् एप्रैमको पहाड़ी देशमा भएको तिम्नत-सेरह दिए; अनि उनले त्यो शहर निर्माण गरे, र त्यसमा बसे।
51 यी ती अधिकारका भागहरू हुन्, अधिकारका भागहरूचाहिँ पूजाहारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलीहरूका कुलहरूका बुबाहरूका अगुवाहरूले शीलोमा, भेट हुने पालको ढोकामा, परमप्रभुको सामु गोला हालेर अधिकारको भागको रूपमा बाँड़ेका थिए। यसरी तिनीहरूले देश बाँड़्ने काम सिद्ध्याए।