मनस्सेको आधा कुलको अधिकारको भाग
17
अनि मनस्से कुलका निम्ति भाग यो थियो; किनकि उनी यूसुफका जेठा छोरा थिए; मनस्सेका जेठा छोरा, गिलादका बुबा माकीरका निम्ति; किनकि तिनी योद्धा थिए; यसैले तिनले गिलाद र बाशान पाए। 2 अनि मनस्सेका बाँकी सन्तानका निम्ति पनि तिनीहरूका परिवारहरूअनुसार एक-एक भाग थियो, अबीएजेरका सन्तानका निम्ति, हेलेकका सन्तानका निम्ति, अस्रीएलका सन्तानका निम्ति, शेकेमका सन्तानका निम्ति, हेपेरका सन्तानका निम्ति र शमीदाका सन्तानका निम्ति; तिनीहरूका परिवारहरूअनुसार यूसुफका छोरा मनस्सेका पुरुषसन्तान यिनीहरू नै हुन्। 3 तर मनस्सेका छोरा माकीरका छोरा गिलादका छोरा हेपेरका छोरा सलोफादका छोराहरू थिएनन्, तर छोरीहरू मात्र थिए। अनि तिनका छोरीहरूका नाम यिनै हुन्: महला, नोआ, होग्ला, मिल्का र तिर्सा। 4 अनि तिनीहरू पूजाहारी एलाजार, नूनका छोरा यहोशू र शासकहरूको सामु यसो भन्दै आए: “हामीलाई हाम्रा दाजुभाइहरूको बीचमा अधिकारको भाग दिनू भनेर परमप्रभुले मोशालाई आज्ञा दिनुभएको थियो।” यसकारण परमप्रभुको आज्ञाअनुसार उनले तिनीहरूलाई तिनीहरूका बुबाका दाजुभाइहरूको बीचमा अधिकारको भाग दिए। 5 अनि मनस्सेलाई यर्दनपारिका गिलाद देश र बाशानबाहेक दस भाग पर्यो। 6 किनभने मनस्सेका छोरीहरूले उनका छोराहरूको बीचमा अधिकारको भाग पाएका थिए; अनि मनस्सेका बाँकी छोराहरूले गिलाद देश पाए।7 अनि मनस्सेको सिमानाचाहिँ आशेरदेखि शेकेमको सामु अवस्थित मिक्मतातसम्म थियो; अनि सिमाना दाहिनेतिरक हुँदै एन्-तप्पूहका बासिन्दाहरूसम्म गयो। 8 अब मनस्सेले तप्पूहको मुलुक पाए, तर मनस्सेको सिमानामा भएको तप्पूहचाहिँ एप्रैमका सन्तानको थियो। 9 अनि सिमाना काना नदीतिर, त्यस नदीको दक्षिणपट्टि झर्यो; (एप्रैमका यी शहरहरू मनस्सेका शहरहरूको बीचमा थिए।) अनि मनस्सेको सिमानाचाहिँ नदीको उत्तरपट्टि थियो, र त्यसको टुङ्गो समुद्रमा थियो। 10 दक्षिणतिर त्यो एप्रैमको थियो, तर उत्तरतिरचाहिँ मनस्सेको थियो; अनि तिनको सिमाना समुद्र थियो; अनि ती सिमानाहरू उत्तरमा आशेरसँग र पूर्वमा इस्साकारसँग जोड़िए। 11 अनि इस्साकार र आशेरमा बेत-शान र त्यसका बस्तीहरू, यिब्लाम र त्यसका बस्तीहरू, डोरका बासिन्दाहरू र त्यसका गाउँबस्तीहरू र एन्-डोरका बासिन्दाहरू र त्यसका गाउँबस्तीहरू, तानाकका बासिन्दाहरू र त्यसका गाउँबस्तीहरू, अनि मगिद्दोका बासिन्दाहरू र त्यसका गाउँबस्तीहरू अर्थात् तीन मुलुकहरू मनस्सेका थिए। 12 तर मनस्सेका सन्तानले ती शहरहरूका बासिन्दाहरूलाई निकाल्न सकेनन्; तर ती कनानीहरू त्यस देशमा बसि नै रहेख। 13 तरै पनि यस्तो भयो: जब इस्राएलीहरू सामर्थी भए, तब तिनीहरूले ती कनानीहरूलाई बेगारी काममा लगाए, तर तिनीहरूलाई पूर्ण रूपले निकालेनन्।
14 तब यूसुफका सन्तानले यहोशूलाई यसो भने: “परमप्रभुले मलाई यहाँसम्म आशिष् दिनुभएको हुनाले म एउटा ठूलो संख्या भएको जाति हुँ; तैपनि किन तपाईंले मलाई अधिकारको भागको रूपमा एउटै भाग र एउटै हिस्सा मात्र दिनुभयो?” 15 तब यहोशूले तिनीहरूलाई जवाफ दिए: “तिमी ठूलो संख्या भएको जाति हौ भने, र एप्रैम पहाड़ तिम्रा निम्ति साँघुरो हुन्छ भने माथि जङ्गलमा जाऊ, अनि परिज्जीहरू र रपाईहरूकोग देशमा आफ्ना निम्ति त्यहाँ फाँड़!” 16 अनि यूसुफका सन्तानले भने: “त्यो पहाड़ी देश हाम्रा निम्ति पर्याप्त छैन; अनि बेत-शान र त्यसका बस्तीहरूमा बस्नेहरू र यिज्रेएलको बेंसीमा बस्नेहरू दुवैसँग अर्थात् बेंसीको इलाकामा बस्ने सबै कनानीहरूसँग फलामका रथहरू छन्।” 17 तब यहोशूले यूसुफका घरानालाई अर्थात् एप्रैम र मनस्सेलाई यसो भने: “तिमी ठूलो संख्या भएको जाति हौ, र तिम्रो सामर्थ्य धेरै पनि छ; तिम्रो एउटै मात्र भाग हुनेछैन; 18 तर पहाड़ पनि तिम्रै हुनेछ; किनकि त्यो त जङ्गल हो; अनि तिमीले त्यसलाई फाँड़्नू! र त्यसका छेउछाउहरू पनि तिम्रै हुनेछन्; किनभने तिनीहरूसँग फलामका रथहरू भए पनि र तिनीहरू बलिया भए पनि तिमीले ती कनानीहरूलाई निकाल्नेछौ।”