यहूदाको अधिकारको भाग
15
अनि यहूदाका सन्तानको भाग तिनीहरूका परिवारहरूअनुसार यो थियो: दक्षिणपट्टि एदोमको सिमानासम्म जीनको उजाड़स्थानचाहिँ दक्षिणी सिमानाको सबभन्दा तल्‍लो भाग थियो। 2 अनि तिनीहरूको दक्षिणी सिमानाचाहिँ क्षार समुद्रको अन्तदेखि, दक्षिणतर्फ घुम्‍ने खाड़ीदेखि थियो। 3 अनि दक्षिणतर्फ यो अक्रब्बीमको उकालो भएर जीन हुँदै दक्षिणपट्टिबाट कादेश-बर्नेअतिर चढ्‍यो, र हेस्रोन हुँदै अद्‌दारतिर उँभो लाग्यो र कर्काआपट्टि फेरो मारेको थियो। 4 त्यहाँबाट यो अज्मोनतिर अघि बढ्यो र मिस्रको नदीमा निस्क्यो; अनि यस सिमानाको टुङ्गो समुद्र थियो; “योचाहिँ तिमीहरूको दक्षिणी सिमाना हुनेछ।” 5 अनि पूर्वी सिमानाचाहिँ क्षार समुद्र अर्थात् यर्दनको पुच्छरसम्म थियो; अनि तिनीहरूको उत्तरी भागको सिमानाचाहिँ यर्दनको पुच्छरमा भएको समुद्रको खाड़ीदेखि थियो। 6 अनि सिमाना बेत-होग्ला हुँदै चढ्‍यो र बेत-अराबाको उत्तरपट्टि भएर अघि बढ्यो; अनि सिमाना रूबेनको सन्तान बोहनको ढुङ्गासम्म चढ़्दै गयो। 7 अनि सिमाना आकोरको बेंसीदेखि दबीरतिर उकालो लाग्यो, र उत्तर हुँदै गिल्गालतर्फ लाग्यो, जोचाहिँ घाटीको दक्षिणतिर भएको अदुम्मीमको उकालोको सामु छ; अनि सिमाना एन्-शेमेशको पानीतिर अघि बढ्यो र त्यसको टुङ्गोचाहिँ एन्-रोगेलमा थियो। 8 अनि सिमाना हिन्‍नोमको छोराको बेंसी हुँदै यबूसीको दक्षिणपट्टि उकालो लाग्यो; त्यही नै यरूशलेम हो; अनि सिमाना त्यस पहाड़को टाकुरामा चढ्‍यो, जुन पहाड़ पश्‍चिमपट्टि हिन्‍नोमको बेंसीको सामु छ, जुन पहाड़ उत्तरपट्टि रपाईहरूको बेंसीको अन्तमा पर्दछ। 9 अनि सिमाना त्यस पहाड़को टाकुराबाट नेप्‍तोहको पानीको धारासम्म तनियो र एप्रोन पहाड़का शहरहरूसम्म निस्केर गयो; अनि सिमाना बालासम्म तनियो, जो किर्यत-यारीम हो। 10 अनि सिमाना बालादेखि सेईर पहाड़सम्म पश्‍चिमपट्टि फेरो मारेर उत्तरपट्टिबाट यारीम डाँड़ाको छेउ हुँदै गयो, जो कसालोन हो, र बेत-शेमेशतिर ओरालो लाग्यो र तिम्‍नासम्म पुग्यो। 11 अनि सिमाना उत्तरतिर एक्रोनको छेउ हुँदै गयो, अनि सिमाना शिक्‍करोनसम्म तनियो, र बाला पहाड़ हुँदै गयो, अनि यब्नेलसम्म पुग्यो; अनि सिमानाको टुङ्गोचाहिँ समुद्र थियो। 12 अनि पश्‍चिमी सिमानाचाहिँ महासमुद्र र त्यसको किनार थियो। तिनीहरूका परिवारहरूअनुसार यहूदाका सन्तानको चारैतिरको सिमाना यही हो।
हेब्रोन र दबीरमाथि कालेबको विजय
13 अनि यहोशूलाई गरिएको परमप्रभुको आज्ञाअनुसार उनले यपून्‍नेका छोरा कालेबलाई यहूदाका सन्तानको बीचमा एक भाग दिए अर्थात् अनाकका बुबा अर्बाको शहर, जो हेब्रोन हो। 14 अनि कालेबले त्यहाँबाट अनाकका तीनै छोरा शेशै, अहिमान र तल्मैलाई अर्थात् अनाकका सन्तानहरूलाई निकालिदिए। 15 अनि त्यहाँबाट उनी दबीरका बासिन्दाहरूमाथि जाइलागे; अनि दबीरको नाम पहिले किर्यत-सेपेर थियो। 16 अनि कालेबले भने: “जसले किर्यत-सेपेरलाई हमला गरेर त्यसलाई कब्जा गर्छ, उसैसँग म आफ्नी छोरी अक्साको विवाह गरिदिनेछु।” 17 अनि कालेबका भाइ कनजका छोरा ओत्‍निएलले त्यसलाई कब्जा गरे; अनि उनले तिनीसँग आफ्नी छोरी अक्साको विवाह गरिदिए 18 अनि यस्तो भयो: जब अक्सा ओत्‍निएलकहाँ आइन्, तब तिनले उनलाई तिनका बुबासँग एउटा जमिन माग्‍न सुर्‍याइन्; अनि तिनी आफ्नो गधाबाट ओर्लिन्; तब कालेबले तिनलाई भने: “तिमी के चाहन्छ्यौ?” 19 अनि तिनले जवाफ दिइन्: “मलाई एउटा आशिष्‌ दिनुहोस्; किनकि तपाईंले मलाई दक्षिणको जग्गा त दिनुभएको छ; मलाई पानीका मुहानहरू पनि दिनुहोस्!” तब उनले तिनलाई माथिल्‍ला मुहानहरू र तल्‍ला मुहानहरू दिए।
20 यहूदाका सन्तानको कुलको अधिकारको भाग तिनीहरूका परिवारहरूअनुसार यही हो।
21 अनि दक्षिणपट्टि एदोमको सिमानातिर यहूदाका सन्तानको कुलको पल्‍लो छेउका शहरहरू यी नै हुन्: कब्सेल, एदेर, यागूर, 22 कीना, दीमोना, अदादा, 23 केदेश, हासोर, यित्रान, 24 जीप, तेलेम, बालोत, 25 हासोर-हादत्ता, किर्य्योत र हेस्रोन, जो हासोर हो, 26 अमाम, शेमा, मोलादा, 27 हसर-गद्दा, हेश्मोन, बेत-पालेत, 28 हसर-शूआल, बेरशेबा, बिज्योत-याह, 29 बाला, ईम, एसेम, 30 एल्तोलद, कसील, होर्मा, 31 सिक्लग, मद्‌मन्‍ना, सन्सन्‍ना, 32 लबाओत, शिल्हीम, ऐन र रिम्मोन। तिनका गाउँबस्तीहरूसमेत सबै उन्तीस शहरहरू छन्।
33 अनि तराईमा एश्ताओल, सोरा, अश्ना, 34 जानोह, एन्-गन्‍नीम, तप्पूह, एनाम, 35 यर्मूत, अदुल्‍लाम, सोको, अजेका, 36 शारैम, अदीतैम, गदेरा र गदेरोतैम; तिनका गाउँबस्तीहरूसमेत चौध शहरहरू। 37 सनान, हदाशा, मिग्दल-गाद, 38 दिलान, मिस्पा, योक्त-एल, 39 लाकीश, बोस्कत, एग्लोन, 40 कब्बोन, लहमाम, कित्लीश, 41 गदेरोत, बेत-दागोन, नामा र मक्‍केदा; तिनका गाउँबस्तीहरूसमेत सोह्र शहरहरू। 42 लिब्‍ना, एतेर, आशान, 43 यिप्‍ताह, अश्ना, नसीब, 44 कीला, अक्जीब र मारेशा; तिनका गाउँबस्तीहरूसमेत नौ शहरहरू। 45 त्यसका शहरहरू र त्यसका गाउँबस्तीहरूसमेत एक्रोन; 46 एक्रोनदेखि लिएर समुद्रसम्म अश्दोदनिर भएका सबै शहरहरू तिनका गाउँबस्तीहरूसमेत; 47 अश्दोद त्यसका शहरहरू र त्यसका गाउँबस्तीहरूसमेत; गाजा त्यसका शहरहरू र त्यसका गाउँबस्तीहरूसमेत, मिस्रको नदी र महासमुद्र र त्यसको किनारसम्मै।
48 अनि पहाड़ी देशमा शामीर, यत्तीर, सोको, 49 दन्‍ना, किर्यत-सन्‍ना, जो दबीर हो, 50 अनाब, एश्तमोअ, आनीम, 51 गोशेन, होलोन र गीलोह; तिनका गाउँबस्तीहरूसमेत एघार शहरहरू। 52 अरब, दुमा, एशान, 53 यानूम, बेत-तप्पूह, अपेका, 54 हुम्ता, किर्यत-अर्बा, जो हेब्रोन हो, र सीओर; तिनका गाउँबस्तीहरूसमेत नौ शहरहरू। 55 माओन, कर्मेल, जीप, यूता, 56 यिज्रेएल, योक्दाम, जानोह, 57 कयिन, गिबा र तिम्‍ना; तिनका गाउँबस्तीहरूसमेत दस शहरहरू। 58 हल्हूल, बेत-सूर, गदोर, 59 मारात, बेत-अनोत र एल्तकोन; तिनका गाउँबस्तीहरूसमेत छ शहरहरू। 60 किर्यत-बाल, जो किर्यत-यारीम हो, र रब्बा; तिनका गाउँबस्तीहरूसमेत दुई शहरहरू।
61 उजाड़स्थानमा बेत-अराबा, मिद्दीन, सकाका, 62 निब्शान, नुनको शहर र एन्-गदी; तिनका गाउँबस्तीहरूसमेत छ शहरहरू।
63 तर यबूसीहरू अर्थात् यरूशलेमका बासिन्दाहरूलाई चाहिँ यहूदाका सन्तानले निकाल्न सकेनन्; अनि यसैले यबूसीहरू आजको दिनसम्म यहूदाका सन्तानसँगै यरूशलेममा बस्छन्।