मोशाले जितेका राजाहरू
12
अब त्यस देशका राजाहरू यी हुन्, जसलाई इस्राएलीहरूले मारे, र जसको देश तिनीहरूले कब्जा गरे – यर्दनपारि घाम झुल्कने दिशामा अर्नोन नदीदेखि हेर्मोन पहाड़सम्म र पूर्वपट्टिको सारा मैदानक। 2 एमोरीहरूका राजा सीहोन, जो हेश्बोनमा बस्थे र जसले अर्नोन नदीको किनारमा अवस्थित भएको अरोएरदेखि र नदीको माझदेखि यब्बोक नदीसम्मै आधा गिलादमाथि राज्य गर्थे, यब्बोकचाहिँ अम्मोनीहरूको सिमाना हो; 3 साथै पूर्वमा त्यो मैदानक किन्नरेतको समुद्रसम्म र त्यस मैदानकोग समुद्र अर्थात् क्षार समुद्रसम्म; पूर्वमा, बेत-यशीमोतको बाटोसम्म र दक्षिणमा पिस्गाका पाखाहरूमुनिसम्म राज्य गर्थे। 4 अनि बाशानका राजा ओगका सिमाना – तिनी बचेका रपाईहरूमध्येघ एक थिए, अनि अश्तारोत र एद्रेईमा बस्थे। 5 अनि हेर्मोन पहाड़, सल्का र सारा बाशानमा र गशूरीहरू र माकातीहरूको सिमानासम्म र हेश्बोनका राजा सीहोनको सिमानासम्म आधा गिलादमाथि राज्य गर्थे। 6 तिनीहरूलाई नै परमप्रभुका दास मोशा र इस्राएलीहरूले मारे; अनि परमप्रभुका दास मोशाले रूबेनीहरू, गादीहरू र मनस्सेको आधा कुललाई त्यो देश अधिकारको भागको रूपमा दिए।यहोशूले जितेका राजाहरू
7 अनि यस देशका राजाहरू यी हुन्, जसलाई पश्चिममा यर्दनको यतापट्टि, लबानोनको बेंसीमा भएको बाल-गाददेखि सेईरको उकालोमा भएको हालाक पहाड़सम्म यहोशू र इस्राएलीहरूले मारे, र जसको देश यहोशूले इस्राएलका कुलहरूलाई तिनीहरूका भाग-भागअनुसार अधिकारको भागको रूपमा दिए: 8 पहाड़ी देशमा, तराईमा, मैदानमाघ, पाखाहरूमा, उजाड़स्थानमा र दक्षिण देशमाङ बस्ने हित्तीहरू, एमोरीहरू, कनानीहरू, परिज्जीहरू, हिव्वीहरू र यबूसीहरू; 9 यरिहोका राजा, एक; बेतएलको छेउमा भएको ऐका राजा, एक; 10 यरूशलेमका राजा, एक; हेब्रोनका राजा, एक; 11 यर्मूतका राजा, एक; लाकीशका राजा, एक; 12 एग्लोनका राजा, एक; गेजेरका राजा, एक; 13 दबीरका राजा, एक; गेदेरका राजा, एक; 14 होर्माका राजा, एक; अरादका राजा, एक; 15 लिब्नाका राजा, एक; अदुल्लामका राजा, एक; 16 मक्केदाका राजा, एक; बेतएलका राजा, एक; 17 तप्पूहका राजा, एक; हेपेरका राजा, एक; 18 अपेकका राजा, एक; लश्शारोनकाच राजा, एक; 19 मादोनका राजा, एक; हासोरका राजा, एक; 20 शिम्रोन-मरोनका राजा, एक; आक्षापका राजा, एक; 21 तानाकका राजा, एक; मगिद्दोका राजा, एक; 22 कादेशका राजा, एक; कर्मेलको योक्नामका राजा, एक; 23 डोरको उच्चाइमा भएको डोरका राजा, एक; गिल्गालका जातिहरूका राजा, एक; 24 तिर्साका राजा, एक; सबै गरेर एकतीस राजाहरू।